देउवा वम वम
नेप्लिज कँग्रेसका मुखिया आच्या सभापति शेरबहादुर देउवा धरानमा बम बम भएर उफ्रे । मञ्चमै काजी त्यसरी उफ्रेपछि मञ्चमा बसेकाहरु एकअर्काको मुखामुख गर्न थाले भने तल्तिर बसेकाहरु हल्ला नगरी खुतुतु–खुतुतु गरेर साग खाएर हरिया दाँत देखाएर रमाइलो मानिरहेका थिए । काजी त्यसरी किन बमबम भा’रैछन् भनेर घण्टाघरले यसो कुरा बुझ्या त कुरो गज्जबको रै’छ । भएछ के भने नेपाल विद्यार्थी संघका महामन्त्री सरोज थापाले काजीको धुँवाधार चाकडी गरेर भाषन गर्दा देउवालाई वेटिङ्ग प्रधानमन्त्री सम्म भन्न भ्याइदिएछन् । जगतलाई थाहा काजी वेटिङ्ग पर्धानमन्तरी हुन भनेर । तै पनि उनी बम बम भए । विचरा थापालाई नजिकै बोलाएर झार्नुसम्मको झाँको झारे । चिनी धेरै खायो भने तीतो हुन्छ भन्या यही हो । थापाले हदैसम्मको चाकडी गरेर वेटिङ्ग पर्धामन्तरी किन भन्नु प¥या हो । बरु भूपू पर्धानमन्तरी भन्द्या भए लन्ठै साफ हुन्थ्यो ।
बबुरो बाउराम
एकताका कपालमा जेल लगाएर खैरो ड्रेसमा मात्र मञ्चमा देखा पर्ने नयाँ बोतलमा पुरानै रक्सी हालेर पिउन थाल्या डा. बाबुराम हिजो आज बबुरो बाउराम भएका छन् । भारतमा गएर १२ बुँदे सम्झौता गर्नु ठूलो धोका भएको र त्यसैको परिणाम मुलुक आज यो अवस्थामा पुगेको भन्दै गोहीको आँशु झारेको देख्दा घण्टाघर आश्चर्यमा प¥या छ । यिन्को मति सपे्रको होकि बिग्रेको हो पत्तै पाउन नसकिने भयो । छेपारोले रंग फेरि झैँ दिनमा दश पटक रंग फेर्न सिपालु बबुरो बाउराम ठूलै नेता होलान्, १०÷२० बर्ष अगाडिको कुरा सोच्लान् भन्या त फुइøयाँ हुनु ? नामको अगाडिचाहिँ खुवै डा. लेख्छन् । डा. लेख्नेहरु बुझकी, विद्वान होलान् भन्या त के को हुनु । समरस्वाँठ पो रै’छन् । आँची गरिसक्यो अनि दैलो देखेर केगर्नु ?
बहुलाहा कुकुर
त्यो झापाली कुमाई माने मालेका मा’सचिव सिपी मैनाली अलिकति गिदीमा गुदी भएकै मान्छे हुन भन्या ठानेको के हो हुनु ? सडियल पो रै’छन् । अब हेरौ न संसदम तिनै कुमाईले पर्धानमन्तरी जस्तो मान्छेलई बहुला कुकुरले टोकेके छ भनेर प्याक्क के बोल्या थे त्यसले उत्पातै मच्चायो । सद्धे मान्छेलाई पनि त्यसरी बहुला कुकुरले टोकेको छ भन्न मिल्छ ? देउतीकटलागेर गोडचारेक सिट के जित्या थे यिन्ले आफ्नो ल्याकत नै बिर्सेर अपशब्द बोलेको देख्दा बहुला कुकुरले झापाली कुमाइलाई नै घरेको जस्तो पो देखियो । यो कुमाई बाजे कि त पुरै खुस्किएका छन् कि त यिन्लाई बल्खु तिरका भुसहा कुकुरले घरेको छ । जे भये भये रेविजको उपचारचाहिँ चाडै गरेको जाति होला है कुमाई बाजे ।
संघियता पाप
आÏनै घराँ आगो लगाएर खरानी घस्ने झालेमालेका नेता बाउदेउ गौतमले अस्तिका दिन भन्या संघियतामा सहमति गर्नु पर्ने पाप भएको छ । पहिला पहिला संघियता चाहिन्छ भनेर सुरुवाल उचाली उचाली भाषन ठोक्ने गौतमलाई हिजो आज पाप लाग्न थाल्नुको भित्री गाँठोचाहिँ के हो कुुिन्न ? उन्ले अस्तिका दिन भनया झालेमालेले संघियता चोकै थिएन । नचाहेको भए सहमतिमा ल्याप्चे किन ठोकेको त ? अघि राणले जानिन पछि राणले मानिन बाघ लाग्यो चिच्याउन राण लागी चिच्याउनु भनेझै अब पाप पखाल्ने उपाय खोज्नु प¥यो नि त । संघियता हुँदैन भनेर चित्रबहादुर केसीरुले कार्जेक्रम गर्दा आफ्नो भाते कार्जेकर्ता उफारेर ढुंगामुढा गर्न लगाउने बाउदेउके अबचाहिँ साँच्चिकै बुद्धि पलाएको हो कि बुझ पचाएका हुन् ? केही दिनमै घामजस्तै छर्लङ्ग हुनेछ ।
मानहरुको अपमान
पछिल्ला दिन यो मुलुकमा मानहरुको अपमान हुन थाल्या छ । सतिले सरापेको देश भन्थे हो रै’छ । अब हेरौ न ठूल माछा समात्न बल्छी थाप्न लागेका लोकमानलाई देशका हरिया झिँगा सै मिलेर यतिबेला थन्क्याएका छन् । त्यसपछि नेपाल विद्युत प्राधिकरणमा कुलमानसिंह घिसिङ्ग आए यतिबेला उन्लाई पनि लोकमान सिंहै हालतमा पु¥इाइदैछ । मानहरुलाई त देखि नसहने भए । राजनीतमा गणेशमान सिंहको पनि अपमन गरिएको थियो । नेपालम विद्युत छेलोखेलो पुग्छ भन्ने देखेर कुलमानले लोडसेडिङ्ग नै बन्द गरिदिए । इन्भटर, व्याट्रीका
व्यापारीबाट मासिक करोडौ डकार्नै आएका र मन्त्री सचिवलाई पनि मोटै रकम भागबण्डा पु¥याउदै अँध्यारो बेचेर दुःख दिने नेपाल विद्युत प्राधिकरणका मुकेशराज काÏले, शेरसिंह भाट, सुमित ढुंगेल, कन्यौलाला मानन्धर, लेखनाथ कोइराला, राम गोपाल शिवाकोटीलाई कस्ले छुने ? हरिया नोटको बुझो लगाइदिएपछि तै चूप मै चूप । कि कसो हौ ?
अनुहारै नहेर्ने रे ?
झालेमालेका अध्येक्षे माने उखान टुक्के झापाली खप्रओलाई पर्धानमन्तरी प्रचण्डाउको अनुहार देख्यो कि हिजो आज त्यसै त्यसै जंग चल्न थाल्या छ । अस्तिका दिन ससदमा खप्रओले भने मलार्य तपाईको अनुहार हेनेै मन लाग्दैन । किन हेर्नुप¥यो त सत्ताको जारीको अनुहार । आनन्दसागले आफूले सिंहदरबारको कुर्सी र वाल्वाटारको विस्तारामा रजाई गरिरहेको देख्न नसकेर असमयमै लघार्ने प्रचण्डउको अनुहार हेन त के कल्पना गर्दा पनि त्यसै त्यसै भाउन्न भएर आउँछ । सत्तामा छँदा करोडौ रुपैयाँको उपचार, भोज, विदेश भ्रमण गरेको खप्रओलाई झल्झल्ती सम्झना आउँछ । अरु भए बहुलाइ सक्थे । धन्न ओली भएरै अहिलेसम्म शरीरका इन्द्रियहरु कतै बटारिएका छैनन् ।
किन आउनु
पुषको पहिलो साता चीनका संस्कृति मन्त्री लुगो साभाङ्ग नेपालको भ्रमणमा आउने रे । हैन हौ चीनको सँस्कृति मन्त्री नेपाल किन आउनु ? नेपाल र चीनको सँस्कृति मिल्छ, न बोली मिल्छ, न रहनसहन मिल्छ, न छोरीबेटीको सम्बन्ध छ । केही नै नमिल्ने देशको त्यो पनि सँस्कृतिमन्त्री किन आउनु ? न तिन्ले बोलेको छ्याङ र छुङ्गछुङ्ग कसैले बुझु न नेपालीले बोलेको तिनका मगजमा घुसोसे । बरु अरु नै खाले मन्त्री आएको भए पनि त हुन्थ्यो नि । नेपालका नेताहरुलाई अथमन्त्री, राष्ट्रपति आइदिएको राम्रो । कमसेकम उनेर अए भने यसो दुई चार सय करोड रुपैयाँ दिन्छु भन्थे ।अब त्यो बेकामे सँसकृति मन्त्री आएर केह िझर्ने हैन क्या रे । तनैपनि कतै निचोर नाचर र्पाा झर्छ कि भनेर यहँकाले कोसिसचाहिँ गर्छन है ।
अन्तेमा
नेपालको ढुकुटीबाट ५० लाखको लटरी पारेर सिंगापुर, मलेसिया पुगेकी सुजाता जोष्ठको हिजोआज ठ्याम्मै चर्चा हुन छाड्या छ ।, उनी यता फर्किन कि उतै छिन् कुन्नि । तर ५० लाखले विचरी गरिबको उडाउनुसम्म खिल्ली उडाए । अफाूसँग भए कसैले दुईहात पसारेर कसैले अरुसँग माग्छ ?
विचरीले मागेजसत पनि पाइनन् । कति दुःख लाग्या होला । तै मर्ता क्या नही कर्ता भनेर विचरीले ५० हजार मुँ छोपेर वाल्वाटारको जकेलाबाट लिइन ए बाबा गिर्जाउकी पुत्री पो हुन त ? जोष्ठको अपमन गर्दा गिर्जाउको आत्माले शान्ति पाउँदैन भन्ने कुराको त अलिकति हेक्का राख्नुपथ्र्यो ? कि कसो र्हौ ?
