घण्टाघरबाट हेर्दा

मान्दै नमान्ने रे
झालेमालेका रोग्या अध्यक्षेले आफ्ना कार्जेकर्तालाई मुलुकभरि आन्दोलनको आँधीबेहरी ल्याउन निर्देशन दे’छन् । सरकारले संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराउन लागेसी’त्यसलाई मान्दै नमान्ने भन्दै खप्रओले त्यस्तो निर्देशन द्या हुन् । आफू पर्धानमन्तरी हुँदा अलिकति संसोधन गरेको उन्ले भुसुुक्कै बिर्सेछन् । आफूले गर्दाचाहिँ ठीक अरुले गर्दाचाहिँ मान्दैं नमान्ने पनि कहीँ हुन्छ , धेरै दिनदेखि नेपाली जन्ताले सडकमा टायर बालेको, चक्काजाम गरेको, नारा जुलुस लगाएको देख्या देनन् । अब भने उनेरुले देख्न पाउने भएका छन् । हुन त झलेमालेको तीन काम नारा जुलुस चक्काजाम भनेर उखानै बन्या छ । अझ जगबको कुरा त के छ भने नेपालाँ टायर बाल्ने, ढुंगामुढा गर्ने, चक्काजाम गर्ने महान सँस्कृति झालेमालेले नै भिœयाएको हो । आफूले भिœयाएको कुरालाई समय समयमा निरन्तरता त दिनै प¥यो । कि कसो हौ ?
बलिदान
नेपालको संविधानको नामै बदलेर बलिदान राख्नु पर्ला जस्तो छ । २००४ सालदेखि ०६३ सम्म आइपुग्दा नेपालको सवै संविधानले ६ पटक मृत्युवरण गरिसकेको छ । त्यसबेला राजा महाराजाहरुले संविधान बनाएकोले ६ वटा संविधानले अल्पआयुमै मृत्युवरण गरेको भन्दै लुटेराहको झुण्डले सडक थर्काए । जनताको जिउज्यान लिए, बैंक फोडे । त्यसपछि सबैलाई होला नि त हौ जस्तो लाग्यो । त्यसपछि सविधानसभाबाट संविधान बनाउने भने । दुईपटक चुनाव भयो र ८ बर्षमा ३७ अर्ब डकारेर एक थान संविधान कनेर निकाले । ८ बर्षमा निकालेको संविधान पनि लंगडो जन्माएपछि अहिले त्यसलाई उपचार माने संसोधन गरेर सपांग बनाउन खोज्दैछन् । १५ महिनामा दुई पटक उपचार गर्नुपर्ने भइसक्यो । त्यसैले पनि यो संविधानको आयु साह«ै छ जस्तो छैन । अर्को संविधानका लागि बलिदान दिन फेरि गतिलै चहलपहल भा’छ, कि कसो हौं ?
गुम्ने खतरा रे
सत्ताको तालीको स्वाद लिएर बसेका जनता मारा, देश माराहरु यतिबेला लंगडो माने अपांग संविधान कार्यान्वयन नभए प्राप्त उपलब्धी गुम्ने खतरा भयो भन्दै विहान बेलुकै चिच्याउन थाल्या छन् । सात्तमा बस्नेले संविधानबाट उपलब्धी पाएका छन् त्यसैले उनीहरु चिच्याउँछन् । अरुले कुनै उपलब्धी नै पाएका छैनन् त्यसैले उनीहरु वास्तै गर्दैनन् । अस्तिका दिन प्रचण्डाउले भन्या यहाँ ठूलो प्रगतिगामी षड्यन्त्र भइरा’छ रे । संविधान संसोधन र चुनाउ समयमै नभए प्राप्त उपलब्धी गुम्छ रे । नेता, तीनका आउरे भाउुरे , भाते संगठनहरुबाहेक अरु कसैले केही उपलब्धी पाएजस्तो छैन । अनि फुइøयाँको गुम्नु र पाउनु ? जस्ले
राज्यको ढुकुटीबाट पेट कब्जियत हुँदा पिसाब पोल्दा, हाच्चिउ आउँदा, उपचार पाएका छन् उनीहरुको चाहिँ उपलब्धी गुम्छ । अरु त हिजो पनि टकनटाँक आज पनि टकनटाँक ।
दिन फिरेकै हो ?
राप्रपाका नेता कमलाउलाई प्रचण्डाउले महत्वपूर्ण मन्त्रालय सहित उपप्रधानमन्त्री बन्न आग्रह गरेछन् ।
राँडीका पनि दिन फिर्छ भन्या यही हो । हिजो तिनै कमलाउलाई कुकुरलाई गाली गरेजस्तो गरेर पञ्चे भनेर फलाक्थे । कही निस्कनु हुन्नथ्यो । तिनका बाँदरे कार्जेकर्तालाई ढुंगामुढा गर्न बन्दोबस्तीका सामान सहित पठाउँथे । आज तिनै चै लाई उपप्रधानमन्तरी बनिदिनु प¥यो भनेर किस्तीमा सन्देश पठाउँदै छन् । आफूलाई तीसमार सम्झने, ठूला क्रान्तिकारी भनाउँदाहरुले नै कमलाउलाई प्रस्ताव पठाएसी’ अब उनेरले आपूलाई फुइøयाँको क्रान्तिकारी भन्नु ?
नेताहरुको लर्को ?
यतिबेला हाम्रो देशका घगडान नेताहरुको राजधनीबाट छुटेर बीरगञ्ज पुगेर ठोक्किने गरेको छ । धमलाई अफिम भन्ने, हिजोका पुजारीको टुप्पी काट्ने, मन्दिर मुर्ति भत्काउनेहरुको त झन को पहिला वीरगञ्ज पुग्ने भनेर तँछाड मछाड नै चलेको छ । नेताहरुको लर्को किन त्यसरी लागेको होला भन्या त असली वात त अर्कै रहेछ । योग गुरु रामदेव बाबा केही दिनदेखि वीरगञ्जमा डेरा डण्डा जमाएर बसेको थाहा पाएसी आर्शीवाद लिन र स्यांक स्यांक, सुकसुक गरेर योग सिक्न पो त्यतातिर हाम फालेका रै’छन् । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्या यही हो । रोगले ग्रस्त भएको देशलाई निरोगी बनाउँलान, जन्तालाई सुख शान्ति देलान् भन्या त लोप्रियो । व्यहोराले साधु, सन्त हुनुपर्ने देशका नेताहरु सत्तामा बसेपछि फुइøयाँ निको हुन्थ्यो ? कि कसो हौ ?
प्रतिवाद गर्ने रे
झालेमालेका अध्येक्षे खप्रओले अस्तिका दिन निजगढतिर पुगेर मच्ची मच्ची संविधान संसोधन अरुकै आदेशमा हुन लागेकोले संसोधनमा आफूहरुले प्रतिवाद गर्ने भनेछन् । उखान टुक्के ओलीले किन कुरा चपाएर बोलेका होलान् ? कस्को आदेशमा संसोधन हुन लागेको हो भटाभट भन्दिनु नि † बोल्न त आँटी थिए खप्रओ तर हिजो आज अलि खस्केछन् क्यारे । नत्र प्याट्ट–प्याट्ट नामै लिएर भन्दिन्थे । अब संसोधन कस्को आदेशमा हुन लागेको हो भन्दिनु नि । नेप्लिज जनता पनि प्रष्ट हुन्थे । ससदमा संसोधन प्रस्ताव लगे त्यसको प्रतिवाद गर्ने रे । फुइøयाँको प्रतिवाद गर्नु ? हिजो पहिलो संसोधन ओलीले गर्दाचाहिँ कस्को आदेशमा ग¥या थे ? त्यो पनि प्रष्ट पार्दिए हुन्थ्यो । कि कसो हौ ?
आन्दोलन गर्ने ?
अब सद्भावना पार्टीका राष्ट्रिय अध्येक्षे राजिन्दर महतोले झालेमालेका विरुद्धमा सशक्त आन्दोलन गर्छन् रे । राजिन्दरले भनेपछि भने–भने । पहिला–पहिला आफ्ना माग पूरा गराउन
सरकारका विरुद्धमा आन्दोलन गर्दैे आएका थे । यसपटक झालेमाले विरुद्धमा आन्दोलन गर्ने घोषण गरेर आश्चर्यचकित बनाएका छन् । अब मधेशमा झलेमाले विरुद्धमा राजिन्दर खनिएपछि परेन फसद । उन्ले आन्दोलन गरेपछि मधेशबाट झलेमाले बढारिने भयो । सबै भन्दा ठूलो पार्टी बनाउँछु भनेर खप्रओ खुबै फुइँ लगाउँथे अब भने सिनित्तै हुने भयो ।
अन्तेमा
त्यो झापाली मण्डले कँग्रेस कृष्णे सिटौलाले अस्तिका दिन नबल
परासीतिर गएर खोकेछन् संविधान संसोधन गरे नि समाजवादी फोरमका अध्येक्षे उपिन्द्र जादवले मानदैनन् । हैन हौ सिटौलालाई उपिन्द्रले मान्दैनन् भनेर कसरी थाहा भयो । पक्कै पनि उपिन्दरसँग कानेखुशी ग¥या हुनुपर्छ, उपिन्द्रलाई भड्काएको हुनुपर्छ । कि त सिटौला धामी झाक्री हुनुपर्छ । हैन भने फलानोले मान्छ, फलानोले मान्दैन भनेर कसरी ठोकुवा गरेर भन्न
सक्या । पार्टीभित्र भाँड मच्चाउनेले उपिन्द्रलाई भाडेनन् भनेर कसरी पत्याउने ?

तपाईको प्रतिक्रिया