नेपाली काँग्रेसभित्र सर्वाधिक धनाढ्य, सर्वाधिक भ्रष्ट, विवादास्पद व्यक्तिको रुपमा रहेकी केन्द्रीय सदस्य तथा पूर्व विदेशमन्त्री सुजाता कोइरालालाई स्तन क्यान्सर उपचारका लागि वर्तमान सरकारले ५० लाख रुपैयाँ दिएपछि यतिबेला पैसा लिने कोइराला र पैसा दिने सरकार दुवैको सर्वत्र चर्को विरोध भएको छ ।
सरकारको भन्दा पनि पैसा लिने कोइरालाको अझ चर्को विरोध देखिएको छ । यही पैसाकै कारण सुजताको राजनैतिक भविष्य समेत अनिश्चित बन्ने देखिएको छ । त्यसै पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा लउडा काण्ड, धमिजा काण्डबाट अरबौ रुपैया भ्रष्टाचार गरेको आरोपबाट सुजाता कोइराला (जेष्ठ) मुक्त भएकी छैनन् । त्यसमाथि उनको बंगलादेशी ज्वाइँ रुवेल चौधरीलाई भिआइपी
(कलवाइपास) काण्डमा सघाएकी सुजताले दुरसञ्चार संस्थानलाई अरबौ घाटा पु¥याएर रकम बटुलेकी थिइन ।
यतिमात्र हैन गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा र भष्टाचार आर्जन भएको रकम पनि सुजता जोष्ठकै जिम्मामा रहेको सबैलाई थाहा छ । काठमाण्डौमा मात्र अरबौको सम्पत्ति, सुविधायुक्त पजेरो, प्राडो, विराटनगरमा करोडौको सम्पत्ति भएकी जोष्ठको राज्यको ढुकुटीबाट ५० लाख रुपैया लिनु आफैमा लज्जास्पद कुरा हो । सामान्य स्तन क्यान्सर हुँदैमा विदेशमा उपचार गर्न वर्तमान निकम्बा सरकारले त्यतिको रुपैयाँ सुजातालाई के आधारमा दिएको हो ? सुजाताको नेपालमा के योगदान छ ? गिरिजाप्रसादकी छोरी र कोइराला परिवारको हो भनेर दिएको भए त्यसलाई थप विडम्बना मान्नुपर्छ । यतिबेला नेपालका सञ्चारमाध्यम, सामाजिक सञ्जाल सबैतिर ५० लाखले
राम्रै चर्चा पाएको छ ।
सुजताका केही भाते तथा हनुमानहरुले सञ्चारमाध्यममा आएका समाचारलाई बंग्याउन पुरै कसरत गरिरहेका छन् । केही हनुमानले नेपालमा प्रजातन्त्र स्थापनामा कोइराला परिवारको योगदनलाइ हेरेर पनि सरकारले सुजातालाई ५० लाख दिएको र उपचार खर्चवापत लिएको रकमको कुरा गर्नु बीपी, गिरिजाको अपमान गर्नु हो सम्म भन्न भ्याएको देखियो । सुजातालाई रकम दिँदा उनीहरुको सम्मान हुने नदिँदा अपमान हुने कस्तो हरिलठ्ठक तर्क हो त्यो । आज नेपालमा लाखौ महिलाहरु स्तन क्यान्सरबाट पीडित छन् । उनीहरु पेनकिलर समेत खान नपाएर छटपटाएका छन् । अैषधोपचारको अभावमा मृत्युु कुरेर बसेका छन् । धेरै टाढा किन जाने २०७२ वैसाख १२ गते गएको भुकम्पले घरबारविहीन भएकाहरु आज पनि थोत्रा त्रिपाल मुनि हिउँद, बर्षा काट्न विवश छन् । उनीहरुलाई घर पुनः निर्माणका लागि
सरकारले आफैले कवोल गरेको रु ५० हजार दिन हिच्किचाइरहेको छ । तर सुजाता जोष्ठलाई एकमुष्ठ ५० लाख रुपैयाँ दिने निर्णय गरेर आम सर्वसाधारण नेपालीलाई सरकारले आक्रोसित बनाएको छ । आज नेपालमै ठूला ठूला रोगको उपचार हुन्छ तर हाम्रा नेताहरुलाई अपच भयो, डकार आयो, पिसाबमा सामाय खराबी देखियो भने राज्यको ढुकुी बोकेर सिंगापुर, थाइल्याण्ड, अमेरिका, जापान पुग्छन् । राज्यको ढुकुटी यसरी दोहन गर्दा यिनलाई कुनै लज्जाबोध हुँदैन । यसको प्रमुख कारण आखिरी नेपाली नागरिक नै हुन । विकास निर्माणमा लगाउने
रकमले रोगी नेताहरुको उपचार गर्नु परेपछि मुलक कहिले समृद्ध
हुन्छ ?
