इनरुवा÷जिल्ला प्रहरी कार्यालय सुनसरीले ६ जना वंगलादेशी नागरिकलाई नक्कली नागरिकतासहित कार्तिक १९ गते पक्राउ गरिएको छ ।
६ जनालाई प्रक्राउ गरे पनि मंगलबार कार्तिक २३ गते दुईजनालाई मात्र प्रहरीले हाल सार्वजनिक गरेको छ । अन्य चार जनाका सम्बन्धमा अनुसन्धान भइरहेकोले हाल सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।
पक्राउ परेका सबै वंगलादेशी नागरिक भएको पुष्टि भएको छ, डिएसपीले भने, उनीहरु बंगालीबाहेक अँगे्रजी, हिन्दी, नेपाली लगायत कुनै भाषा पनि बुझ्दैनन् । उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा इनरुवाको जमजम होटलबाट पक्राउ गरेको थियो । गिरोहका नाइके प्रहरीको घेरा तोडेर भागेकोले प्रहरीले ६ जनालाई मात्र प्रक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले जानकारी दिनुभयो । मुख्य नाइके भागेपछि यतिबेला प्रहरीको अप्रेशनमाथि नै आशंका गरिएको छ ।
यता प्रहरीले घट्नाको गहिरो अनुसन्धान भइरहेको जनाएको छ ।
गिरोहमा कतिजना थिए भन्ने कुरामा प्रहरी नै अन्यौलमा छ । फरारहरुलाई प्रक्राउ गर्न प्रहरीले छुट्टै टोली परिचालन गरेको जनाएको छ । प्रक्राउ परेकाहरु कुन उद्देश्यले नेपाल आएका हुन भन्ने पनि खुलेको छैन । तर प्रहरीले भने उनीहरु हतियार र लागु औषध कारोबारी भएको जनाएको छ । एसपी पोख्रेल भन्नुहुन्छ प्रक्राउ परेकाहरु मुस्लिम अतिवादी संगठन लस्कर ए तोइबा, मुजादिद्धिन र जेएमए मोहम्मद समूहका हुन सक्छन् । यद्यपि यो अहिले अनुसन्धानकै क्रममा भएकोले यसै भन्न सक्ने अवस्था छैन ।
प्रहरीले २३ गते सार्वजनिक गरेका दुईजनामा एक जना वंगलादेशको ट्याङग्याल स्थायी ठेगाना भएका हयात मियाँ भनिने असान मिया र बगलादेशकै पावना जिल्ला स्थायी ठेगाना भएका समशेर भन्ने रिजारोल मल्लिकलाई सार्वजनिक गरेको हो । मियाँले सुनसरी जिल्ला पश्चिम कुसाहा गाविस वडा नं. ९ का इनुस भन्ने व्यक्तिलाई बुबा बनाई बंशजको आधारमा ३०४५÷२५६६ नम्बरको र मल्लिकले सोही गाविस वडा नं. ४ का सुलेमान मियालाई बाबु बनाई वंशजको आधारमा ३०४५÷२८८४ नम्बरको नागरिकता जिल्ला प्रशासन कार्यालय सुनसरीबाट निकालेको प्रहरीले जनाएको छ । सुनसरीको पश्चिम कुसाहा, पूर्वी कुसाहा, हरिनगरा, भुटाहा, हरिपुर, लौकही, भोक्राहा, श्रीपुर लगायका गाविस मुस्लिम वाहुल्य क्षेत्र हुन् । यी गाविसहरुमा पाकिस्तानी आतंककारीहरु समेत मस्जिद र मदरसामा आएर महिनौसम्म बस्ने गरेका छन् । प्रहरीले यो गाविसहरुमा आफ्नो गतिविधि बढाउन सकेको छैन ।
यहाँ स्मरणीय कुरा के छ भने गत साउन १० गतेका दिन भारतको विहार स्थित सुपौल जिल्लाका डिष्ट्रिक मजिस्ट्रेड वैधनाथ यादवले स्लामिक अतिवादी संगठन (आइएस) ले कोशी व्यारेज उडाइदिने चेतावनी दिएको भन्दै मोरङ, सुनसरी, सप्तरीका प्रमुख जिल्ला
अधिकारीलाई पत्रै लेखेर सुरक्षा सावधानी अपनाउन आग्रह गरेका थिए ।
