भारु रुपैयाका कारण नेपालीका रोदन

नेपालको छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काला बजारिया, अवैध रुपमा आर्जन गरी लुकाई राखिएको सम्पत्ति, पाकिस्तानीका कारण बढदो जालिनोटको कारोबारलाई निरुत्साहित गर्नका लागि गत मंगलबार अर्थात नोभेम्बर ८
तारेखका दिन अचानक ५ सय १ हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको ठूलो असर नेपालमा समेत परेको छ ।
नेपालमा भारु सटही धन्दाबाट कमिशन खानेहरु, द्विदेशीय व्यापारमा संलग्न भएकाहरुमात्र हैन वित्तीय संस्थाहरु समेत भारतीय प्रधानमन्त्री मोदीको घोषणाले स्तब्ध भएका छन् । यतिमात्र हैन भरतीय रुपैयाँको जाली नोटको कारोबारका लागि काठमाण्डौलाई ट्रान्जिष्ट प्वाइन्ट बनाउदै आएका पाकिस्तानी, नेपालमा रहेका तिनका एजेन्टहरु यतिबेला तिम्मिलएका छन् ।
आन्तरिक रुपमा नेपालमा भारतीय रुपैयाँको अवैध कारोबार उच्च रहेको व्यापारीहरु बताउँछन । यहाँका उच्च व्यापारिक घरानामा करोडौ भारतीय रुपैयाँ सञ्चित रहेको अनुमान
गरिएको छ । कतिपय भारतीय नागरिकले अ‍ैवध रुपमा ब्लाक मनी जम्मा गरेको थियो उनीहरुले नेपालमा त्यस्तो रकम भिœयाएका छन् । नेपालमा रहेका आफन्त, नातेदार तथा चिनजानका मानिसलाई विश्वासमा लिएर उनीहरुले त्यस्तो
रकमबाट नेपालका मुख्य सरहरुमा घर घडेरी खरिद गर्ने, यातायात क्षेत्रमा लगानी गर्ने गरेको छ । केही समय अगाडिसम्म सामान्य पसल सञ्चालन गरेर बसेको त्यस्ता व्यक्तिहरुले रातारात आलिसान बनी बनाउ घर खरिद गर्ने, जग्गा किनेर प्लटिङ्ग गर्ने लगायतको पैसा आखिरी आयो कहाँबाट ? यस सम्बन्धमा नेपाल सरकारले स्रोतको खोजी गरेको अहिलेसम्म कसैले थाहा पाएका छैनन् ।
नेपाल सरकारले केवल सरकारी कर्मचारीहरुको मात्र सम्पत्ति विवरण माग गर्ने गरेको छ भने सम्बन्धित निकायले पनि तिनै कर्मचारीको कठालो अँठ्याउने गरेको छ । व्यवसायीहरुले व्यवसाय गर्दा रकम कहाँबाट आयो एक दुई बर्षमै उसको आर्थिक हैसियत कसरी चुलियो भन्ने सम्बन्धमा बेखबर हुनु नेपाली जनताको लागि दुर्भाग्य हो । अब नेपाल सरकारले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुशरण गर्नुपर्छ । यसलाई अन्यथा लिनु हुँदैन । आफ्नो देशको अर्थतन्त्र जोगउन, माफिया, भ्रष्ट, तस्करहरुले स्वदेशमात्र हैन विदेशमा समेत थन्क्याएको रकम फिर्ता गराउन लगाउनुपर्छ । यस देशका कथित प्रजातान्त्रिक आन्दोलनका क्रममा कथित र भ्रष्ट नेताहरुले उसबेला ठूला ठूला भाषण गरेका थिए । स्विजरल्याण्ड, युरोप, अमेरिका लगायका देशहरुमा पम्फादेवी, तत्कालीन सत्तासीन पञ्चहरुले थुपारेको
रकम फिर्ता ल्याउने भनेर भाषण ठोकेको नेपाली जनताले अझै बिर्सेका छैनन् । नेपालमै पनि जग्गा, घर, उद्योगहरुमा अवैध ढंगले लगानी गरेका छन् । देशको अर्थतन्त्रलाई धराशायी बनाउने काम तस्कर र यहाँका सत्तासीनहरु नै जिम्मेवार छन् । तर पनि यिनीहरु नै देशका सर्वेसर्वा भएका छन् । यिनकै लुटका कारण आज देश अद्योगतिमा गएको छ भने देशका कर्णाधार युवा युवतीहरु आफनो भविष्य खोज्न खाडीका गर्मीमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया