धरान÷ सुनसरी चाँँदबेला(५ का बिमल मण्डलले यतिखेर बोडी खेतीबाट मनग्य आम्दामी गर्न थाल्नुभएको छ । उहाले अरुकै खेत भाडामा लिएर लगाएको तरकारी बोडीको खेतिले सोचेजस्तो आम्दानी थालेपछि परिवार अहिले यही तरकारी खेतीबाट पाल्दै आउनुहुभएको छ । गरिबीको पीडाबाट आक्रान्त उहालाई तरकारी खेतिपश्चात परिवार पाल्न सहज भएको छ । युथ क्रियशन सुनसरीले प्रविधिक ज्ञान र तरकारी खेती गर्ने बीउ बिजन र अन्य सामग्री पनि उपलब्ध गराएपछि उहा अहिले हौसिएर तरकारी खेतीमा तल्लिन हुनुभएको छ ।
मण्डलमात्र हैन युथ क्रियशनको उद्यानशीलता परियोजना अन्तर्गत आर्थिक तथा प्राविधि सहयोग गरेपछि तरकारी खेती गर्नेको सङ्ख्या अहिले ४६ पुगेको युथ क्रियशनका जेटिए अमित चौधरीले बताउनुभयो ।
युथ क्रियशनले गरिव किसानहरुको उत्थान गरी आर्थिक पहुच विकास गर्ने अभिप्रायले मल्चिङ प्रविधि प्रयोग गरेर विभिन्न खाले तरकारी लगाउने ज्ञान सिप बीउ बिजन र केही आवश्यक उपकरण समेत उपलब्ध गराएपछि तरकारी खेतीमा लागेका किसानहरुले हौसिएका हुन् ।
भूमिहिन किसान बिमल मण्डलले केही बर्षदेखि भाडामा ३ बिगाह ११ कट्ठा जमिन लिएर धानखेती गर्दै आएकोमा अहिले भने उहाले २१ क्ट्ठामा त।कारी खेती लगाउने तयारी गर्दै हुनुहुन्छ भने ६ कट्ठामा लगाएको बोडीले फल दिन थालेको छ । २१ कट्ठा जमिनमा उहाले भेडे खोर्सानी
(क्याप्सिकन) चाइनिज तोरीको साग कोपी अनि भण्टा लगाउने योजनामा
रहेको मण्डलले बताउनुभयो ।
मण्डलले भाडामा जमिन लिएर प्रत्येक बर्ष दुइ अढाइ लाख आम्दानी गर्दै आउनुभएको छ भने भने यो बर्षमात्र तरकारी खेतीबाट अझ बडी आम्दानी गर्ने उहाको सोच छ । उहालाई श्रीमती प्रमिला मण्डल र परिवारका अन्य सदस्यले समेत सहयोग गर्दै आइरहेका छन् ।
तरकारी खेतिबाट नै मण्डल परिवारले आफ्नो परिवारको लालनपालनका साथै शिक्षामा समेत जोड दिएका छन् । मण्डलको मेहनत देखेर जिल्लाका अन्य कृषकहरु समेत तरकारी खेतिमा आकर्षित बनेका हुन् ।
