ब्रुनाईविरुद्ध उत्रदा प्रदर्शन सुधार नेपालको लक्ष्य

काठमाडौं ÷ मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत नेपालले मंगलबार समूहको दोस्रो तथा अन्तिम खेलमा बु्रनार्ईबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
समूहको पहिलो खेलमा पूर्वी टिमोरसँग गोलरहित बराबरी खेलेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्नका लागि बराबरीको नतिजा पर्याप्त हुनेछ ।
समूह चरणमा बु्रनार्ईले टिमोेरलाई चार शून्यले हराएकाले नेपाल चारभन्दा कम गोलअन्तरमा पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ । जित हासिल गरेमा नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
नेपाल र ब्रुनाईबिरुद्धको खेल नेपाली समयअनुसार भोलि साँझ सवा पाँच बजे मलेसियाको कुचिङस्थित सारावाक स्टेट रंगशालामा हुनेछ ।
खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक ग्योतोकु कोजीले नेपालको प्रदर्शन मैदानको कण्डिसनमा निर्भर रहने बताए । उनले भने, ‘हामीले ब्रुनार्ईसँग खेल्ने मैदान हिलो छ, त्यसैले मैदानको अवस्थाले हाम्रो प्रदर्शन निर्भर गर्नेछ ।’
‘हाम्रो मूख्य उद्देश्य भनेको आफ्नै प्रदर्शनमा सुधार ल्याउनु हो’ उनले भने, ‘पहिलो खेलको तुलनामा आगामी खेलहरुमा हामीले सुधार ल्याउनेछौं ।’
दुई दिनको आराममा रहेको नेपाली टोली पाँच दिन आराम पाएको बु्रनार्ईसँग खेल्दा स्वभाविक रुपमा केहि कठिन रहेको भने उनले स्वीकारे ।
यता बु्रनार्ईका कोरियाली प्रशिक्षक क्वोनले नेपाल प्रतियोगिताको प्रमुख दावेदारमध्ये एक भएपनि जितका लागि आफुहरु तयार रहेको बताए । उनले पूर्वी टिमोरबिरुद्धको खेलमा आफ्नो टोलीले सोचे अनुसार प्रदर्शन गर्न नसकेको बताए ।
त्र

तपाईको प्रतिक्रिया