सरकारले ल्याएको युवा स्वरोजगार निष्प्रभावित

धरान÷ युवा स्वरोजगार अझै लक्षित वर्गसम्म पुग्न नसकेको धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
वैदेशिक रोजगारमा युवाहरु पलायन हुन थालेपछि युवा शक्तिलाई स्वदेशमै
रोजगार दिई विदेश पलायनबाट रोक्नका लागि नेपाल सरकारले ल्याएको युवा
स्वरोजगार लक्षित वर्गसम्म पुग्न नसकेकै कारण यो प्रभावकारी हुन नसकेको बताएका हुन् ।
बराह बचत तथा ्ऋण सहकारी सस्था लि. धरानले सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले युवा
स्वरोजगार अन्तर्गत ७५ लाख लगानी भइसकेको बताउनुभयो । उहाले २०६६ सालबाट बराहलाई नेपाल सरकार अर्थमन्त्रालयले किस्ता ५० लाख र दोस्रा. किस्तामा १७ लाख प्रदान गरेको बताउनुभयो । हाल सोही स्वरोजगार कोषबाट ९३ जनालाई स्वरोजगार तालिम दिएको र यसमध्ये १३ जना भने व्यवसायिक बन्न सकेको बताउनुभयो ।
जिल्लामा रहेका अन्य सहकारी संस्थाको तुलनामा बराहले युवा स्वरोजगारको धेरै प्रगति गरेको सो अवसरमा बोल्ने बक्ताहरुले बताएका थिए । अन्तरक्रियामा उद्योग वाणिज्य संघ सुनसरीका निवर्तमान अध्यक्ष सरोज श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशब घिमिरे, सयपत्री बचत तथा ऋण सहकारीका उपाध्यक्ष नरेश ईवारम, उद्योग बाणिज्य संघ सुनसरीका अध्यक्ष राजेन्द्र शाह लगायतले नेपाल सरकारले युवाहरुलाई स्वरोजगार बनाउनका लागि सरकारले दिने रकमको ब्याजदर महंगो भएकोले यसलाई सहज बनाउन सरकारसंग आग्रह समेत गरे ।
स्वरोजगार कार्यक्रम अन्तर्गत बराहले बाख्रापालन, च्याउखेती, सुंगुरपालन, कृषि, कुखुरापालन लगायतमा युवाहरुलाई लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया