एउटै छाना मुनि मानवीय आवश्यकताका सम्पूर्ण सामानहरु बजार मूल्य भन्दा कम मूल्यमा पाइने गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला ग्राहकको अत्याधिक भीड बढेको छ ।
नेपालीहरुको दोस्रो ठूलो महान पर्व तिहारको किनमेलका कारण अन्य दिनको तुलनामा अत्याधिक भीड भएको जोकोहीले सहजै अनुमान लगाउन सक्छन् ।
हुन त गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकको चहलपहल सदैव उस्तै देखिन्छ । त्यसमाथि चाडपर्वको समय भीड त हुने नै भयो धरान १५ की धनकला राईले भनिन् । सोमबार गोरखा डिपार्टमेन्ट स्टोरको ग्राउण्ड Ïलोरमा तिहारकै लागि अन्य साथीहरुसँग समान खरिद गर्न पुगेकी राईको कथन थियो ‘म डिपार्टमेन्ट स्टोरको नियमित ग्राहक हुँ ।’ धनकला राई मात्र हैन गोरखा डिपार्टमेन्ट स्टोरका नियमित ग्राहक मात्र यतिबेला २० हजार भन्दा ज्यादा
रहेका छन् । तिहारलाई नै टार्गेट गरी किनमेलको लागि धनकुटा तल्लो कोप्चेबाट आएकी रन्जना श्रेष्ठ र उनका परिवार किनमेलमै व्यस्त थिए । आजकल बजारमा आवश्यकीय दैनिक सामान या त पाइदैपाइदैन पाइए पनि बढी मूल्य तिर्नुपर्ने भएकाले पनि गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकको चाप बढेको हुन सक्ने स्टोरका सञ्चालक बलराम आचार्यको अनुमान छ ।
सञ्चालक आचार्य भन्नुहुन्छ हामीसँग ग्राहकले चाहेका कुनैपनि सामानको अभाव छैन । आजभन्दा अगडि ग्राहकले चीनी, तेल, पेय पदार्थ, खाद्यान्न जुन मूल्यमा प्राप्त गर्थै आज पनि त्यही मूल्यमा पाउँछन् । हाम्रो स्टोकले हाम्रा ग्राहकलाई अझै दुई महिना धान्न सक्छ । यससँगै उहाँको ग्राहकहरुमा अनुरोध पनि थियो ‘आवश्यकता भन्दा बढी खरिद गरेर स्टोकचाहिँ नगरौँ ।’ अक्सर व्यापारीहरु ग्राहकले जति खरिद गरेपनि दिने पक्षमा हुन्छन् तर सञ्चालक आचार्यको यो अनुरोधले व्यापार भनेको आर्जन गर्नुमात्र हैन सेवा पु¥याउनु पनि हो भन्ने प्रष्ट हुन्छ । पछिल्ला केही महिना यता भारतबाट पर्याप्त मात्रामा दैनिक उपभोग्य सामान लगायत अन्य समाग्रीको आयात ठप्प हुँदा एकथरी व्यापारीले यसलाई अवसरको रुपमा लिएका छन् । तर गोरखा डिपार्टमेन्ट स्टोरले कुनैपनि सामानको अभावमा आफ्ना ग्राहकहरु फर्किएर नजाउन भन्ने निति अख्तियारी गरेको छ । त्यसैले दुई महिना भन्दा लामो तराई मधेश बन्दका समयमा समेत गोरखा डिपार्टमेन्ट स्टोरमा स्थानीय ग्राहकमात्र हैन पूर्वाञ्चल र भारतको पश्चिम बंगाल, सिक्किम, आसाम मणिपुर सम्मका ग्राहकहरु आइरहेका छन् ।
ग्राउन्ड फ्लोरमा ज्यादा भीडभाड
गोरखा डिपार्टमेन्टको ग्राउन्ड Ïलोरमा ग्राहकहरुको भीडभाड ज्यादा देखिन्छ । खाद्यान्न, पेय पदार्थ, बेकरीहरुको हजारौ आइटम ग्राउण्ड Ïलोरमा रहेको छ । यतिबेला बजारमा चिसो पेय पदार्थको चरम अभाव देखिएको छ । ३० देखि ४० रुपैयाँ बढी मूल्य तिर्दा पनि चिसो पेय पदार्थ पाउन मुस्किल छ । तर गोरखा डिपार्टमेन्ट स्टोरमा पुग्ने ग्राहकहरुले निर्धक्क साविककै मूल्यमा पेय पदार्थ, तिहारका लागि चाहिने सम्पूर्ण खित्रिङमित्रिङ सामान, चिनी, तेल, साविककै मूल्यमा खरिद गर्दै आएका छन् । ग्राउन्ड Ïलोरको अर्को विशेषता फ्रोजन आइटम, बेकरी, मिठाई समेत रहेका छन् ।
ग्राउन्ड Ïलोरको उत्तरतर्फ रहेको बेकरी सेक्सनले त्यहाँ पुग्ने जुनसुकै ग्राहकलाई एकपटक नलोभ्याइरहन सक्दैन । गोरखा डिपार्टमेन्ट स्टोरको आÏनै उत्पादन सुजी पप, नमकिन, ब्लाक फरेष्ट, भेनिला पेष्टी, पाइनापल पेस्टी, गोरखा बुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्याटवरी रोल, जामरोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, ग्लासेस र विभिन्न स्वादिष्ट मिठाइहरु रहेका छन् । यी सम्पूर्ण आइटमहरु गोरखा डिपिार्टमेन्ट स्टोरको पहिलो शाखा
विराटचौकमा समेत उपलब्ध रहेका छन् ।
गोरखा किचेनमा लाइन
गोरखा डिपार्टमेन्ट स्टोरको छैठौ तला अघिपछि समेत खाना र विभिन्न खाजाका परिकारको स्वाद लिनका लािग खचाखच भीड हुने गर्दथ्यो । यतिबेला त लाइनै लाग्नु पर्ने अवस्था सिर्जना भएको छ गोरखा डिपार्टमेन्ट स्टोरको मुख्यालय मानिएको इटहरीस्थित गोरखा किचनमा एकपटकमा पाँचसय ग्राहकहरु अटाउँछन् । दैनिक १५ सय देखि २ हजार जनाले खाना, खाजा खान सक्छन् । बजारमा ग्याँसको अभाव भएपछि स–परिवार खाना, नास्ताका लागि गोरखा किचनमा आउने गर्छन् ।
मोरङको विराटचौकस्थित रहेको गोरखा डिपार्टमेन्ट स्टोरको किचेन क्यासियर धन राई भन्छिन् एक महिना यता किचेनमा ग्राहकको ज्यादा भीड देखिन थालेको छ । हाल दैनिक ३ सयदेखि ५ सय मानिस खाना नास्ताका लागि आउने गर्छन । उनका अनुसार किचेनमा आउने अधिकांश स्थानीय नै हुने गर्छन् । सस्तो, सफा र स्वादिष्ट खाना तथा अन्य परिकार पाइने भएपछि सडक मार्ग भएर गन्तव्यमा हिडेका यात्रुहरु पनि आउने गर्छन । हालसम्म खाना, नास्तामा कसैले कुनै कम्प्लेन नगरेको र आएका सबै सन्तुष्ट भएको क्यासियर राईले बताइन् । रु ५० मा सादा खाना र रु ९० मा चिकेन खानाले ग्राहकहरुलाई लोभ्याएको स्थानीय रविन प्रधानले बताए । आफैले घरमा पकाउँदा पनि यति मूल्यमा तयार गर्न सकिदैन उनले भने । सोमबार उनी विराटचौक शाखाको गोरखा किचेनमा स–परिवार खाना, खाजा खादै थिए । खानाका अलावा चाउमिन, मम भेज, ननभेज, थुक्पा, पिजा, वर्गर, स्यान्डिस, परौठा, हाका नुडल्स, चिकेन चिल्ली, चिकेन मञ्च, भेज मञ्च, मसरुम सुप लगायत दर्जनौ परिकारका लागि पारखीहरु गोरखा किचेनमा पुग्ने गर्छन् ।
गोरखा डिपार्टमेन्टको पहिलो शाखाका रुपमा रहेका विराटचौकको ग्राउण्ड Ïलोरमा खाद्यान्न, पेय पदार्थ, फ्रोजन आइटम, बेकरी, पहिलो तलामा कस्मेटिक, इलेक्ट्रोनिकस, गिÏट आइटम, दोस्रो तलामा रेडिमेट कपडा, कुर्ता सुरुवाल, दोस्रो तलामा बेवी आइटमहरु रहेका छन् । क्यासियर सौरभ मास्केका अनुसार हिजो आज ग्राहकको भीड अत्याधिक बढेको छ ।
कस्मेटिक, किचेनवायर, गिफ्टट आइटम, इलेक्ट्रोनिकस पहिलो रोजाईमा
नजिकिदो तिहारका कारण गोर्खा डिपार्टमेन्टको इटहरी र विराटचौकमा कस्मेटिक, किचेन वायर, गिफ्ट आइटम र इलेक्ट्रोनिक्समा भीडभाड देखिने गरेको छ । जेन्स तथा लेडिजका लत्ता कपडा, जुत्ता चप्पल , सुट ट्रली, व्यागेज, ब्लांककेट, ल्यापटप, खरिद गर्नेहरु टाढा टाढाबाट आउने गर्छन् । यसका अलावा तेस्रो तलामा रहेको बेवी आइटम बालिबालिकाका लागि आकर्षक स्वदेशी तथा विदेशी कपडाले अभिभावकहरुलाई लोभ्याएको पाइन्छ ।
