भारत सरकारको ४ करोड लागतमा पूर्व क्षेत्रीय प्रहरी विद्यालय भवन निर्माण हुने पुराना भौतिक संरचना र कक्षा कोठा अभावको समस्या समाधान हुन्छ ः प्रिन्सिपल दाहाल

धरान÷विगत २८ बर्षदेखि
पुराना भौतिक संरचना, कक्षा कोठा, होस्टल लगायतको समस्या झेल्दै आएको यहाँस्थित पूर्व क्षेत्रीय प्रहरी विद्यालय अब चाँडै त्यस्ता यावत समयाबाट मुक्त हुने भएको छ ।
भारत सरकारको ४ करोड २२ लाख ९ हजार ९ सय १० रुपैयाँको लागतमा अब उक्त विद्यालयको अत्याधुनिक भवन बन्ने भएको छ । यसका लागि सेप्टेम्बर २९, २०१६ अर्थात असोज १३ गते विहिबार सम्झौतापत्र
(ःयग) मा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा नेपालस्थित
भारतीय राजदुतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, पूर्व क्षेत्रीय प्रहरी विद्यालयका प्रिन्सिपल निरोध चन्द दाहाल र जिल्ला विकास समिति सुनसरीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले हस्ताक्षर गर्नभएको छ । विद्यालयका क्याम्प कमान्डेट प्रहरी
निरीक्षक लक्ष्मी भण्डारीका अनुसार वि.सं. २०४५ सालको भुकम्पको समयमा जाइकाले दिएको ब्लक र टिनले छाएका स–साना भवनमा पठनपाठन गर्दै आइएको थियो । अब भारतीय राजदुतावासको सहयोगमा भवन निर्माण भएपछि दीर्घकलीन रुपमै समस्या समाधान हुने भएको छ, भण्डारीले भन्नुभयो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्न भारतीय
राजदुतावास काठमाण्डौ पुग्नु भएका विद्यालयका प्रिन्सिपल निरोधचन्द दाहालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो, यो धेरै ठूलो खुशीको कुरा हो । अब पूर्व क्षेत्रीय प्रहरी विद्यालयको भवन अत्यााधुनिक बन्ने भयो । उहाँले भन्नुभयो जीर्ण विद्यालय भवन निर्मणका लागि हामीले सरकार लगायत धेरैतिर आग्रह ग¥यौं । पाँचबर्ष अगाडि एउटा विस्तृत प्रोपोजल बनाएर भारतीय
राजदुतावास काठमाण्डौमा दर्ता गरायौं । हामीले त्यसमा पहल गरिरहयौं । अन्तत ः दुतावासले हाम्रो प्रोपोजल अर्थमन्त्रालय पठाइदियो । अर्थ मन्त्रालयबाट दिल्ली पुग्यो र स्विकृत भएर आयो । नेपाल आर्थिक समन्वय साना आयोजना अन्तर्गत हाम्रो प्रोपोजल स्वीकृत भएको हो, दाहालले भन्नुभयो ।
यस भन्दा अगाडि साना आयोजना अन्तर्गतका खानेपानी, विकास निर्माण, सडक, पुलपुलेसा, विद्यालय भवन निर्माण लगयतका कामहरु भारतीय दुतावासमार्फत सिधै हुने गरेको भए पनि पछिल्ला दिनहरुमा नेपाल सरकारको सम्बन्धित मन्त्रालयसँग समन्वय गरी त्यस्ता कार्यक्रमहरु अगाडि बढाइने गरेको छ । भारत सरकार भारतीय राजदुतावासबाट उपलब्ध गराइने ४ करोड २२ लाख ९ हजार ९ सय १० बाट कस्तो संरचना निर्माण हुन्छ त भन्ने जिज्ञासामा विद्यालयका प्रिन्सिपल निरोधचन्द दाहाल भन्नुहुन्छ, विद्यालय भवन, दुईवटा अफिस, तीनवटा हल, १२ वटा ट्वाइलेट, १० वटा वाथरुम, एक स्टोर रुम र एक खेलकुद मैदान बनाइने सम्झौतामा उल्लेख छ । उहाँले भन्नुभयो निर्माण थालनी गरेको १५ महिनाभित्रमा उल्लेखित सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसक्ने भनिएको छ । विद्यालय भवनमा २२ वटा होस्टेल रुम र १० वटा कक्षा कोठाहरु रहने पनि प्रिन्सिपल दाहालले प्रष्ट पार्नुभयो ।
भारतीय राजदुतावास पेन्सन वितरण कार्यालयसँगै धरान १३ स्थित कोशी अञ्चल प्रहरी कार्यालयको हातामा निर्माण हुने भवन कहिलेदेखि शुरु हुन्छ त भन्ने जिज्ञासामा सुनसरीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले भन्नुहुन्छ, सम्भवत दशैँ अगावै हामी टेन्डर प्रक्रियामा जान्छौं । जिल्ला विकास समिति सुनसरीको सुपरिवेक्षणमा निर्माण हुने उक्त भवनका लागि टेन्डर प्रक्रिया अगाडि बढाइसकिएको समेत स्थानीय विकास अधिकारी वाग्लेले बताउनुभयो । बीचमा राष्ट्रिय पर्व विजयादशमी परेकोले निर्माण थालनी दशैपछि नै हुने पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया