धरान/ धरानमा अहिले रंगकर्मीहरु जुरमुराएसंगै रंगकर्मीहरुको भूमिकामा समेत सक्रियता बढेको छ ।
र्रंगमञ्चको राजधानी भनेर चिनिएको धरानमा २०४५ सालदेखि एकाएक
रंगकर्मीहरुको सक्रियतामा कमी आयो । नाटक व्यवसायिक बन्न नस्क्दा नाटकको स्थान ठूलो पर्दामा निर्माण भएका चलिचित्र, टेलिश्रंखला आदिले स्थान लिएपछि
रंगकर्मीसमेच पलायन भए ।
पछिल्लो समय धरानमा पुन रंगकर्मीहरु मौलाएका छन् । केही समय अगाडि रंगकर्मी महासंघ गठन भएसंगै नाटकलाई व्यवसायिक र आधुनिकरण गर्दै लैजाने सोचले धरानको रंगभूमि एकाडेमी, आरम्भ नाट्य डबलीले सक्रियता देखाएसंगै सहारा नाट्य जमातलाई नया परिस्कृत गर्दै थिएटर सहरा नामाकरण गरी यसको गतिविधिलाई सक्रिय बनाइएको छ । धरानलाई फेरि र्रंगमंचीय सहर बनाउनका लागि विभिन्न तालिमको आयाजना गर्दै नाटकलाई व्यवसायिककरण गर्ने योजनामा थिएटर सहारा लागि परेको छ । यसको बाबजुद सहाराले आगामी असोज १५ गते
धरानको सभागृह हलमा ‘पुच्छर मान्छे’ नामक नाटकको प्रदर्शन समेत गर्ने भएको छ । कष्ण सहयात्रीद्वारा लिखित नविन मेन्याङवो र रविन श्रेष्ठको निर्देशनमा प्रदर्शन गर्न लागिएको नाटकमा दिवस राई, विशाल भण्डारी, प्रेक्ष्यका निरौला, दिेनेश पोख्रेल, भिम पाण्डे, तीर्थ कार्की, एकराज सु्रब्बा, राजीव दाहाल, दिपेन्द्र सिंह दर्नाल, समीर
बराइली, सुवर्ण पलिखेले अभियन गर्ने थिएटर सहाराका संरक्षण नविन मेन्याङ्गबोले जानकारी दिनुभयो ।
नाटक भ्रष्टाचार, विकृति र विसंगतितर्फ उन्मुख समाजको पेरिफेरिमा निर्माण भइरहेको उहाले जानकारी दिनुभयो । र्रंगमञ्चको राजधानी भनेर चिनिएको धरानमा एउटा पनि नाटक प्रदर्शन गर्ने रंगमञ्च नभएकोप्रति चिन्तित बन्दै धरानमा रहेका सम्पूर्ण रंगकर्मी मिलेर एउटा रंगमञ्चको व्यवस्था गर्न पनि नाट्यकर्मीहरु जुर्माराएको उहाले बताउनुभयो ।
नाटक प्रदर्शनका २ लाख ५० हजार लागत लाग्ने आयोजले जानकारी दिएको छ । रंगमञ्चलाई जिवन्तता दिन थिएटर सहारा निरन्तररुपमा लागि पर्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी समेत गराइएको छ ।
