भेडेटारमा सिक्किम पर्यटकको संख्या बढने

धरान/पूर्वको पर्यटकीय स्थल भेडेटारमा अब भारतको सिक्किम राज्यको पर्यटकहरुको संख्या बढ्ने भएको छ ।
गत साता सिक्किम ट्राभल्सका ७ जना प्रतिनिधिहरुले धरान भेडेटारको तीनदिने सद्भाव भ्रमण गरेपछि अब यो सम्भावना बढेर गएको हो । धरान ९ स्थित रहेको अमना टुर एण्ड ट्राभल्स र होटल एसोसिएसन भेडेटरको निमन्त्रणामा सिनाल्चु ट्राभल ग्रुपका निर्देशक सुरेन प्रधानको नेतृत्वमा आएको सात सदस्यीय टोलीले धरानको बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान भेडेटारको पाथीभरा मन्दिर, नमस्ते झरना र नाम्चीको रमाइला दृश्यको अवलोकन गरेको थियो ।
तीन दिनको सद्भावपूर्ण भ्रमणमा
भेडेटारमा बसेका उनीहरुले भमणका नयाा गन्तव्यका रुपमा भेडेटार हुन सक्ने बताएका थिए , सिनाल्चु ट्राभल्स सिक्किमका निर्देशक पधानले भन्नुभयो हामीले मदरास र आसामबाट आउने टुरिष्टहरुलाई तीन दिन सिक्किम घुमाएर भुटानतर्फ पठाउने गरेका थियौं । अब हामीले नयाा गन्तव्य नेपालको भेडेटारलाई फेला पार्‍यौ, अब भारतीय
टुरिष्टहरु भेडेटारमा आएर रमाउनेछन् । उहााले अब सिकिकमबाट अउने भारतीय टुरिष्टहरुलाई घुमाउने जिम्मा अमन टुर एण्ड ट्राभल्सलाई जिम्मा दिएका छौं । यसमा दुवै ट्राभल्स र बीचमा सहमति समेत भइसकेको छ । होटल एसोसिएन भेडेर, अमना टुर एण्ड ट्राभल्स र सिक्किम ट्राभल्सका बीचमा भएको छलफलक क्रमम सिनाल्चु ट्राभल्सका निर्देशक सुरेन प्रधानले भन्नुभयो नेपालमा अलिकति कानुनी प्रक्रिया जटिल देखियो । नेपालबाट भारत भ्रमणमा जाने टुरिष्टहरुले राजस्व वापतको रकम एकैठाउामा तिरेपछि कही कुनै झन्झट हुादेन । तर यहाा भने, यातायात, प्रहरी, ट्राफिक सबैलाई बुझाउनु पर्दो रहेछ । यो झन्झटलाई समाधान गर्न उहााले अमना टुर एण्ड ट्राभल्सका निर्देशक अलिम
अनरीसाग आग्रह गर्नु भएको थियो ।
यहाा मरणीय कुरा के छ भने सिक्किमे पाहुनाहरु नागी मनसान्त रिसोट पुग्दा प्रफुल्ल भएको थियो । त्यसको कारण थियो सिक्किमको मुख्यमन्त्री पवन चाम्लिङ्गको आकर्षक प्रतिमा । नेपालका रिसोर्टहरुमा समेत सिक्मिमा मुख्यमन्त्रीमा प्रतिमा देख्दा आनन्द भयो प्रधानले संक्षिप्त प्रतिक्रिया दिादै भने ।
त्र

तपाईको प्रतिक्रिया