धरानमा सुविधा सम्पन्न वहुउद्देश्यीय भवन निर्माण गर्ने

धरान/ सिंगापुरे लाहुरेहरुले धरानमा सुविधा सम्पन्न वहुउद्देश्यीय भवन निर्माण गर्ने भएका छन् ।
धरान उपहानगर पालिकाको मतामतमा रहेको धरान सभागृह मर्मत संभारको अभावका जिर्ण बन्दै गएपछि सभा समारोह गर्न धरानमा सुविधा सम्पन्न हलको अभाव भइरहेको अवस्थामा लामो समयसम्म सिंगापुरमा पुलिसका रुपमा कार्य गरि फर्किएका भुपु पुलिसहरुले धरानमा सुविधा सम्पन्न वहुउद्येश्य भवन निमार्ण गर्ने भएका हुन् ।
धरानमा सिंगापुरे भुपुहरुको इतिहास समेत रहने संग्रालय सहितको वहुउद्येश्य भवन निमार्ण हुन लागेको हो । भुपु सिगापुरे पुलिसहरुको साझा संस्था सिंगापुर भुपु गार्खा फाउण्डेशनको नेतृत्वमा धरान १९ स्थित जिमी चौकमा रहेको २ कठ्ठा ६ धुर जग्गामा सुविधा सम्पन्न वहुउद्येश्य भवन निमार्ण हुन लागेको हो । १ करोड ५० लाखको लागानीमा वन्न लागेको भवनमा संग्रालयसगै सुविधा सम्पन्न सभाहल, ४ वटा गेष्ट रुम तथा भवन बाहिर बाष्केटबल, ब्याण्डमिन्टन कोर्ण समेत रहने भवन निमार्ण समिसतका संयोजक भुतपुर्व सिंगापुरे एएसपी विरन्द्र वहादुर लिम्बुले जानकारी दिनुभयो । पुर्व सिंगापुरे पुलिसहरुको जमघट तथा शारीरिक व्यायामका लागी विभिन्न खेलकुदका हुने भवनसागै सिंगापुरे गार्खाहरुको इतिहास झल्कने संग्रालय समेत रहने उहााले वताउनु भयो ।
भवन एक महिना पछि वाट निमार्ण सुरु हुने सो भवनको मंगलबार सिंगापुरे पुलिसका सुपरिटेन्डेन वान ए मार्क मिल्फोर्ड इर्डवार्ड र डिएसपी उइकुन तोहले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । भुतपुर्व सिंगापुरे पुलिस तथा हाल कार्यरत पुलिस तथा तिनका परिवारवाट रकम संकलन गरि भवन निमार्ण पुरा गर्ने फाउण्डेशनका अध्यक्ष प्रेम वहादुर लिम्बुले जनाकारी दिनु भयो । धरानमा यस अघी भुपू गोर्खाहरुकै लगानीमा दूइवटा सभा हल निमार्ण भएका भए पनि यस्तो खालेको सुविधा सम्मपन्न वहुउद्येश्य भवन भने धरानमा पहिलो पटक निमार्ण हुन लागेको हो । यो भवन निमार्ण सगै धरानमा हुने विभिन्न सभा सम्मेलन तथा सास्कृतिक कार्यक्रम र सोैन्दर्य प्रतियोगिताहरु गर्ने निकै सहज हुने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया