धरान/ सेवक अभियान धरानले सोमबार धरानमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
धरानमा सामाजिक गतिविधिलाई अगाडि बढाउने उद्देश्यले विभिन्न सामाजिक कार्यमा संलग्न अभियानले गरेको शिविरमा ५ सय भन्दा बढीले सेवा लिएका थिए ।
धरानको गीता मन्दिरमा गरिएको चेकजाचमा विरानगरका प्रतिष्ठित चिकित्सकहले त्यहा आएका विरामीहरुको सुगरको चेकजाच गरेको थियो । सुगरका कारण आखामा समेत असर गर्ने भएकोले सहभागीहरुको आखा समेत चेकजाच गराइएको थियो ।
समाजका पिछडिएका समुदाय, वर्गहरुको सहयोगको लागि सेवक अभियान गठन गरेको अभियानका अभियन्ता राजीव हलुवाइले बताउनुभयो । उहाले गठन भए यता हालसम्म धरान लगायत धरान बाहिरका स्थानमा ९ वटा स्वाथ्य शिविर राखेको जानकारी दिनुभयो ।
त्र
