धरान/बीपी काइराला भारत नेपाल फाउन्डेशनकी सचिव तथा भारतीय
राजदूतावास काठमाण्डौकी द्वितीय सचिव रुविजसप्रित शर्माले नेपाल स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुक भएकोले आफ्नो हित अनुकूल अन्य देशसाग पनि सम्झौता गर्न सक्ने बताउनुभएको छ ।
गत विहीबार सुनसरीका पत्रकारहरुसागको एक अनौपचारिक अन्तरक्रियामा शर्माले उक्त कुरा बताउनुभएको हो ।
मोफसलका पत्रकाहरुको अवस्था बुझ्न र भारत सरकारका तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने हेतुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेष्ठ हाउसमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहााले पत्रकारहरुको जिज्ञासको सरल र सहज ढ्रगले जवाफ दिनुभएको थियो । उहाले भन्नुभयो मोफसलका मिडियाहरुलाई सबल, सुदृढ र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने हेतुले म तपाइहरुसमक्ष अनौपचारिक रुपमै भएपनि भेटघाट र रायसल्लाह लिन आएकी हुा ।
सो अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणताका पारवहन लगायत ११ बुादे सम्झौता गर्दा भारतले किन विरोध गरेको भन्ने जिज्ञासामा प्रेस, इन्फर्केशन र कल्चरको समेत जिम्मेवारी सम्हाल्नुभएकी शर्माले भन्नुभयो ‘भारतले त्यसको कहिल्यै
विरोध गरेको छैन । विरोध गर्नु पर्ने
कारण पनि छैन । उहााले दोहोर्याउनुभयो नेपाल स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुक हो । आफ्नो अनुकूल नेपालले भारतसाग मात्र हैन अन्य देशसाग पनि पावरवाहन लगायतका सम्झौता गर्न सक्छ । घिमिरेको अर्को जिज्ञासा थियो वि.सं. २०६५ सालमा कोशी बााध फुट्दा नेपालका पूर्वी क्षेत्रका सवारी साधनलाई राजधानी जानका लागि पर्मिट दिने उद्देश्यले विराटनगरमा क्याम्प अफिस राखिएको थियो । अब त्यसको औचित्य छैन । किन त्यसलाई हटाइदैन ?
घिमिरेको उक्त सवालको जवाफ क्याम्प अफिस विराटनगरका प्रमुख पि.के. चालियाले जवाफ दिनुभएको थियो । कार्यालयले हाल गर्दे आएको काम र सेवाका बारेमा आफ्नो वेभसाइट हेरिदिन उहााले आग्रह गर्नुभएको थियो ।
अग्रज पत्रकार हर्ष सुब्बाले
धरानमा भारतीय पेन्सन पेइङ्ग अफिस छ, यहाा कति भारतीय भूतपूर्व सैनिकहरु बस्छन् ? खानेपानी, सडक, विद्यालय निर्माणका लागि पेन्सन पेइङ्गमा धेरै पैसा आउाछ भन्ने सुनिन्छ । त्यस सम्बन्धमा कुनै जानकारी नै नहुने भन्ने सुब्बाको जिज्ञासामा शर्माले भन्नुभयो यो सबै गलत हो । त्यसरी पैसा आउादैन , भूपूहरुको सेवा सुविधाका लागि मात्र पेन्सन कार्यालयले काम गर्छ । भारतीय राजदुतावासमा धेरै विङ्सहरु छन् । यो डिफेन्स अन्तर्गत पर्छन् । यस सम्बन्धमा आफूलाई पनि सबै जानकारी नहुने उहााले बताउनुभयो । अर्का सञ्चारकर्मी तथा नेपाल टेभिजनका सुनसरी सम्वादता सन्तोष यादवको गुनासो थियो तपाईहरुले राजधानीका पत्रकारहरुलाई मात्र पत्रकार देख्नु भएको छ । अहिले आएर यसरी गफ गर्नुहुन्छ तर भोलि खोज्दा सम्पर्क नै हुन
सक्दैन । यस्तै हो भने अन्तरक्रियाको औचित्य केही हुादैन । यादवको असन्तुष्टिप्रति शर्माले त्यस्तो नहुने जवाफ दिनुभएको थियो ।
सचिव शर्माले भन्नुभयो यहााका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न, तालिमको व्यवस्था गर्न, भारत र नेपालको समान सास्कृतिका बारेमा बुझ्न भारतको विभिन्न स्थानको भ्रमण
गराउन सकिनेछ । बीपी कोइराला
भारत नेपाल फाउन्डेशनले यहााका कला, सास्कृतिको उत्थानका लागि सहयोग पुर्याउाछ । यदि यहाा त्यस्ता कला तथा साास्कृतिक समूहहरु छन् भने हामीलाई भन्नुहोस हामी सहयोग गर्न छयार छौ । कार्यक्रममा यहााका २५ जना भन्दा बडी क्रियाशील पत्रकाहरुको उसहभागिता
रहेको थियो ।
