पूर्व पश्चिम जोड.्ने पुल सप्तकोशीमा बनेपछि उदयपुरबासी हर्षित

धरान/ सुनसरी र उदयपुरको संगम स्थल मैनामैनी समतल भागमा
रहेर पनि दुरदराजको विकट गाउ जस्तै थियो । नजिकै सुनसरीको मुख्य वजार क्षेत्र परे पनि त्यहा सम्म पुग्न निक्कै जोखिम र असम्भव जस्तै थियो । सप्तकोशी नदी मैनामैनीवासीको लागि बाधक थियो । पुल नहुदा हिउदमा डुङ्गाको साहरा लिने मैना मैनीवासी बर्षा याममा भने निकै कष्ट भोग्न बाध्य थिए । तर पछिल्लो समय सप्तकोशी नदीमा पक्की पुल बनेपछि भने मैनामैनीवार्सीहरुमा अहिले खुसीको सिमा छैन ।
पुर्वको सप्तकोशी नदीमा पुल भनेकै कोशी व्यारेज बाहेक अरु वन्न सकेको थिएन । कोशीले पुर्वी तटवन्ध भत्काएपछि कोशी व्यारेजको पुलको विकल्प खोज्न थालियो । सोही पुलको विकल्प स्वरुप अहिले सुनसरीको चतरा र उदयपुरको मैनामैनी जोडने पक्की पुल विकल्पको रुपमा वन्यो । सुनसरीको चतरामा बनेको पक्की पुलले पुर्वपश्चिम मात्रै जोडेन उदयपुरको मैनामैनी र सुनसरीको
चतरालाई नजिकबाट जोडन सफल भएको छ । गएको साउनमा यो पुलको उदघाटन भएपछि सुनसरीको चतरावजार देखि नजिकैको गाउ मैनामैनीबासीलाई सहज भएको छ । हिजो दुर दराजको गाउ जस्तै नजिकैको बजार चतरा जादा वर्षयाममा धेरै दुख कष्ट झेल्नुपर्दथ्यो । तर आज यस्तो अवस्था छैन । जति खेर चाहयो, उतिवेला ओहोर दोहोर गर्न स्थानिवासीलाई सजिलो भएको छ । पहिले उदयपुर मैनामैनीवासीले सामान ढुवानी गर्नुपर्दा नदीमा जोखिमपुर्ण तरिकाले डुंगामा सामान ढुवानी गर्नुपर्ने हुन्थ्यो । तर अहिले दैनिक यातायातका साधन नयाा कोशी पुलवाट ओहोरदोहोर गर्नेगर्दछन् । यसले गर्दा उदयपुर मैनामैनी गाउवासीलाई निक्कै सजिलो भएको मैनामैनी ९ सोमवारे निवासी जयन्ती राईको भनाई छ ।
दुरदराजको दुर्गम गाउ जस्तै थियो मैनामैनी । पुर्वतिर नजिकै सुनसरीको चतरा वजार देखिन्थ्यो । तर त्यहा पुग्न्लाई ठुलै संघर्ष गर्नुपर्ने हुन्थ्यो । सप्तकोशी नदीको वाढी माथि जोखिमपुर्ण तरिकाले डुंगामा यात्रा गर्नुपर्ने स्थानियलाई बाध्यता थियो । तर सप्तकोशीमा पुल वनेपछि भने स्थानियलाई निक्कै सजिलो भएको बताउनुहुन्छ स्थानिय गणेश राई । पुल नहुदा उपचारका लागी समेत समस्या झेल्दै आएको उनिहरुले अव सहज उपचार पनि पाउन थालेका छन् ।
पुर्व पश्चिम जोडने पुल सप्तकोशी नदीमा वनेपछि उदयपुरको मैनामैनी,
रामपुर ठोक्सीला लगायतका ठाउमा जग्गा खरिद विक्रि पनि वढेको छ । हिजो कम दाम पाउने जग्गा आज धेरै महंगोमा किनवेच हुन थालेको छ । दुरीका हिसावले नजिकै सुनसरीको चतरावजार हुदै धरान पुग्न सकिने भए पनि नदीको कारणले टाढा थियो । तर आज भोली भने पुर्वको मुख्य वजार धरान पुगेर आउजाउ गर्न निक्कै सजिलो भएको स्थानिय किशोर
राईको भनाई छ ।
सप्तकोशी नदीमा पुल वन्नु पहिले उदयपुरको मैनामैनी पुग्न सप्तरीको कन्चनपुर हुदै घुमेर जानु पर्ने हुन्थ्यो । तर अहिले धरान देखि केही पश्चिममा रहेको चतरा वजार हुदै सजिलै उदयपुरको मैनामैनी पुग्न सकिन्छ । त्यसैले आज भोली विदाको दिन सप्तकोशी नदीको पुलमा घुम्न आउनेहरुको पनि निक्कै बाक्लो भिड लाग्ने गर्दछ । यो बाटो हुदै राजधानी सम्मको सडक वन्ने क्रममा छ । अहिले कोशी ब्यारेज(पुल)को विकल्पमा सुनसरी र उदयपुरतर्फ ६२ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य जारी छ । यो सुनसरीको पकलीदेखि शुरु भएको सडक नडाहादेखि नवनिर्मित कोशी पुलसम्म ११ किलोमिटर कालोपत्रे हुदैछ भने पुल पारी उदयपुरतर्फ थप ५१ किलोमिटर सडक पनि पक्की बनाउने काम जारी छ । यो सडकखण्डमा १८ वटा पुल बन्नेछ । यो सडक सन् २०१७ को डिसेम्बरसम्म तयार हुनेछ । एसियाली विकास बैंक(एडिबि)को ६० र सरकारको ४० प्रतिशत लगानी रहेको यो सडक २०६ करोड बजेटको हो । कोशी ब्यारेजमा कुनै समस्या आउदा पकलीबाट चतरा हुदै कोशीपुलमार्फत मैनामनी, रामपुर, बसाहा, फत्तेपुर हुदै सप्तरीको फत्तेपुर कञ्चनपुर(महेन्द्र राजमार्ग) निस्केर सहजै यातायात चल्नेछ ।
ब्यारेजको विकल्पबाहेक धरान, चतरा, गाईघाट, कटारीबाट सिन्धुली हुदै हेटौडा जोड्ने ३ सय किलोमिटरको वैकल्पिक राजमार्गको काम पनि
भइरहेको छ । यो योजना आर्थिक बर्ष ०६४/०६५ बाट नै शुरु भएको थियो । यस्तो बहुउदेश्यीय वोकेको सप्तकोशीको पुल निर्माणले उदयपुरको मैनामैनी मात्रै होईन पुर्वकै व्यापार व्यावसायलाई चम्काउनेछ भन्दा दुईमत नहोला ।

तपाईको प्रतिक्रिया