दुई देशको सम्बन्ध कसैले विगार्न सक्दैन

नयाा दिल्ली (एजेन्सी)/भारतका ऊर्जा मन्त्री पियुस गोयलले नेपालको सार्वभौमिकता र अखण्डतामा कसैले पनि आाच पुर्‍याउन नसक्ने बताउनुभएको छ ।
आइतबार दिल्ली पुगेका नेपाली पत्रकारहरुको टोलीसागको अन्तरक्रिया कार्यक्रममा ऊर्जा मन्त्री गोयलले भन्नुभयो भारत सरकारका लागि भारत र नेपाल दुवै मुलुकको एकता र सार्वभौमिकता उत्तिकै महत्वपूर्ण छ । पत्रकार र भारतीय ऊर्जा मन्त्रीसागै अन्तरक्रिया कार्यक्रममा सहभागी अन्य नेताहरुले पनि नेपाल र भारतबीचको सम्बन्धलाई कसैले विगार्न खाजे त्यो सैहय नहुने र त्यसको प्रतिकार गर्ने बताउनुभयो ।
अन्तरक्र्रियामा सहभागी भारतीय जनता पार्टीका बरिष्ठ उपाध्यक्ष डा. विनय सहर्षबुद्धले नेपाल र भारतबीचको सम्बन्ध अरुसाग तुलना हुनै नसक्ने बताउनुभयो । उहााले भन्नुभयो नेपाल भारत बीचको सम्बन्धमा कसैले द्वन्द्व निम्त्याउन खोजे हामी खुलेर त्यसको प्रतिकारमा लाग्छौं । दुई देशबीचको सम्बन्ध विगार्न कसैले प्रत्यत्न गर्न सक्छ त्यसप्रति भारत चनाखो छ र नेपाल पनि चनाखो रहनुपर्छ । उहााले भन्नुभयो नेपाल–भारतबीच रगतको सम्बन्ध छ । अन्तरक्रिया ऊर्जा मन्त्री पियुस गोयलको धारणा भाजपा उपाध्यक्ष डा. सहर्ष बुद्धको भन्दा पृथक थिएन । पत्रकारहरुको एक जिज्ञासामा उहााले भन्नुभयो नेपालको राष्ट्रिय एकता र सार्वभौमिकताप्रति भारतको भूमिका कहिल्यै खतरापूर्ण थिएन, छैन र रहनेछैन । भारत सरकार सदैव नेपाल सरकासाग कााधमा कााध मिलाएर काम गर्न तयार छ ।
मन्त्री गोयलको कथन थियो नेपालको हित नै भारतको हित भएकोले दुई देश बीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्छ । यदाकदा स–साना कुरामा तिक्तता आउाछ तर त्यसलाई समझदारी पूर्ण ढंगले तत्कालै समाधान गर्नुपर्छ । मन्त्री गोयलको संकेत थियो पछिल्लो पटक नेपाल र भारतबीच देखिएको केही असहजता । त्यस्ता असजतामा राजनीति र कुटनीति ढंगले समाधान खोज्नुपर्छ । राजनीति र कुटनीतिमा वार्गेनिङ्ग हुन्छ त्यसको विरोध गर्नु हुादैन ऊर्जा मन्त्री गोयलले भन्नुभयो । उहााले अगाडि भन्नुभयो भारत र नेपालको सम्बन्ध एक शरीरका दुई अंग हुन् । भारतीय जनता पार्टी र भारत सरकार दुवैले नेपालको समृद्धि चाहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसागको सम्बन्धलाई महत्वका साथ हेरेको र भारत सरकार नेपालको समृद्धिमा जुनसुकै सहयोग गर्न पनि तयार रहेको छ । एक अर्को प्रसंगमा ऊर्जा मन्त्री गोयलले भन्नुभयो हाल नेपालमा देखिएको लोडसेडिङ्ग अन्त्यका लागि भारतले नेपालका महत्वपूर्ण जलविद्युत आयोजनामा लगानी गरिरहेको छ । माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजना सम्पन्न भएपछि नेपालमा मात्र हैन भारतमा पनि लोडसेडिको अन्त्य हुन्छ । उहााले हालको अन्तरदेशीय ढल्केबर मुजÏपुर प्रसारण लाइनबाट भारतले ५० मेघावाट विद्युत उपलब्ध गराउदै आएकोमा यही बर्ष भित्र २ सय मेघावाट उपलब्ध गराउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया