दैनिक उपभोग्य समानको अभाव, आकाशिदो मूल्य वृद्धिको व्यापक गुनासो पश्चात जिल्ला प्रशासन कार्यालय सुनसरीको सक्रियतामा इटहरीका दर्जनौ पसलहरुमा छापा मारियो

इटहरी/विगत केही समय यता उपभोग्य सामानको अभाव, आकासिदो मूल्य वृद्धि, अवैध ढंगले व्यवसाय सञ्चालनको व्यापक जनगुनासो बढेपश्चात जिल्ला प्रशासन कार्यालय सुनसरीको नेतृत्वमा सोमबार इटहरीका दर्जनौ पसलहरुमा छापा मारिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत विश्वनाथ ओझाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयकै डम्बर बहादुर आङ्गदेम्बे, जिल्ला पशु सेवा कार्यालयका कमल गिरी, घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत दिवाकर सुवेदी, खाद्य निरीक्षक रमेश दाहाल, इटहरी उपमहानगर पालिकाका प्रोक्षण पोख्रेल, इटहरी उद्योग वाणिज्य संघका तर्फबाट टंक खनाल, इलाका प्रहरी कार्यालय इटहरीका सहायक प्रहरी निरीक्षक जोगेन्द्र प्रधान, औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख गणेश तामाङको अनुगमन टोलीमा सहभागिता रहेको थियो ।
टोलीले इटहरी–८ स्थित रहेको
पाउरोटी विस्कुट उद्योगमा छापा मार्दा आवश्यक पर्ने कागजात नभएको भन्दै तुरुन्त उत्पादन बन्द गरी सात दिनभित्रमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा उपस्थित हुन लिखित पत्र दिएको छ । पाउरोटी उद्योगमा प्रोपाइटर शेख सलिमले आफूले अर्कै व्यक्तिसाग १ लाख ५० हजारमा खरिद गरेको र आवश्यक कागजातका लागि घरेलु तथा साना उद्योग कार्यालय, इटहरी उपमहानगरपालिकामा आवदेन दिएको अनुगमन टोलीलाई बताएका थिए । टोलीले भ्याटमा दर्ता हुन समेत दबाब दिएको थियो । एक लाख ५० हजारको पूाजी लगाएर व्यवसाय सञ्चालन गर्नेले पान नम्बर लिादा पुग्ने भए तापनि भ्याटमै दर्ता गर्न दबाब दिनुलाई प्रोपाइटर सलिम प्रति खाद्य निरीक्षक रमेश दाहालको पूर्वाग्रह देखिन्थ्यो । करोडौ पूाजी लगाएर राजस्व ठग्नेहरुका पसलमा छापा नमारिनु तर सलिमको सामान्य पाउरोटी उद्योगमा छापा मारी उत्पादन नै बन्द गर्न निर्देशन दिनु न्योचित देखिएन , पाउराटी उद्योगसागै रहेको छिमेकी लक्ष्मी राईले भनिन् ।
अनुगमन टोलीले कोशी भुजिया उद्योग, न्यौपाने इन्टर प्राइजेज, महेन्द्र आयल सप्लायर्स लगायतमा समेत छापा मारेको थियो । १२ वटा विभिन्न व्यवसायमाथि गरेको अनुगमनका क्रममा सबैभन्दा बढी अनियमितता ग्याास डिलरमा भेटिएको सुनसरीका प्रशासकीय अधिकृत विश्वनाथ ओझाले जानकारी दिनुभयो । उहााका अनुसार हटिया लाइनमा रहेको एक एलपी ग्याास डिलरले साना सिलिण्डर भारतबाट ल्याएर बेच्ने गरेको पाइयो । नेपालमा जोखिमका कारण साना सिलिण्डर बेच्न प्रतिबन्ध भएपनि त्यसरी बेचेको पाइएपछि ५ वटा साना सिलिण्डर जफत गरी सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन लिखित निर्देशन दिएको छ । इटहरीको बीपी चौक नजिक रहेको तीनवटा मासु पसलमा अनुगमन गर्दा दुई पसलमा स्वास्थ्यको हिसाबले राम्रै देखिए पनि एक मासु पसलेले कुहेको, सडेको मासु मिसावट गरी बेचबिखन गरेको पाइएकोले इटहरी उपमहानगरपालिकाका कर्मचारी प्रोक्षण पोख्रेललाई जिम्मा लगाई विक्रेतालाई बेचबिखन बन्द गर्न निर्देशन दिएको थियो । इटहरीको हटिया लाइनमा भएका केही सुनचाादी पसलमा गरिएको अुगमनमा प्राय : सबैको नापतौल ठीक
रहेको , साना घरेलु कार्यालयमा दर्ता भएको, इटहरी उपमहानगरपालिकाबाट व्यवसायिक प्रमाणपत्र लिएको, आन्तरिक साजस्व कार्यालयमा राजस्व नियमित बुझाएको पाइएको थियो ।
विगतमा केही समयदेखि केही उपभोक्ता तथा ग्राहकहरुले इटहरी ५ स्थित महेन्द्र आयल सप्लायर्समा कम परिणाममा तेल दिने गरेको भन्ने गुनासो आएको
कुरालाई मध्य नजगर गरी उक्त पेट्रोल पम्पमा समेत अनुगमन गरिएको थियो । अनुगमनका क्रममा डिजेल, पेट्रोलमा कुनै कमी नदेखिएको, सम्पूर्ण काजगजात दुरुस्त रहेको पाइएको प्रशासकीय अधिृत ओझाले जानकारी दिनुभयो । उहााले भन्नु भयो
इटहरीमा केही समय अगाडि भएको बजार अनुगमनका कारण व्यवसायीहरु सचेत भएको आफूहरुले पाएको र सोमबारको अनुगमनले उनीहरु थप सम्वेदनशील हुनुपर्छ, ओझाको कथन छ ।

तपाईको प्रतिक्रिया