तत्कालको चुनौती भनेको मधेसको समस्या हो, सीमांकनबारे पनि ठूलो समस्या छ

शशांक कोइराला यतिबेला वीपी पुत्र, आाखा चिकित्सकभन्दा पनि नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्रीका रूपमा नेपाली
राजनीतिक क्षेत्रमा चिनिएका छन । दाजु प्रकाशलाई राजनीति नफापेको विगत चटक्क भुलेर यही क्षेत्रमा होमिएका शंशाक दुई ज्वाइा–ससुरा प्रतिद्वन्द्वीलाई निकै पछि पार्दै यो शक्तिशाली पद हासिल पार्न सफल भएका हुन् । महाधिवेशनकै सेरोफेरोमा गणतन्त्र र धर्म निरपेक्षताबारे पुनर्विचार हुनुपर्छ भन्ने धारणा अघि सारेर थप चर्चित बनेका यिनै शशांकका खासगरी राजनीति सुधार्ने मेलोमेसो कत्तिको छ त? के सोच्दैछन् उनी ? मुलुकका समस्या र समाधानका उपाय के देखेका छन् ? जस्ता विषयमा गरेको कुराकानी:
नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट महामन्त्री चुनिनुभयो, अब कसरी अघि बढ्नुहुन्छ ?
–राष्ट्र र पार्टीसामु अहिले ठूलो चुनौती छ। झन्डै ७० वर्षको इतिहास बोकेको कांग्रेसले विपक्षमा बस्दा होस् वा प्रवासमा, राजनीतिक नेतृत्व लिादै आएको हो । भविष्यमा पनि कांग्रेसले नै गर्नुपर्छ ।
सत्तरी वर्षको इतिहास हेर्दा प्रमुख चुनौती भनेको राजनीतिक स्थिरता हो । अहिले जुन संविधान आयो त्यसमा उपलब्धि धेरै छन् । यसलाई झनै मजबुत बनाउनुपर्ने छ । धेरै पहिले बिपीले विकेन्ऽीकरण भन्नुभएको थियो । त्यो संघीयताको स्वरूपमा आएको छ । संघीयता वास्तविकरूपमा कार्यान्वयन गर्ने हो भने यसका लागि पनि समय लाग्छ । सर्वसाधारणले समेत यसको बारेमा बुझ्न सक्ने हुनुपर्छ ।
२०४७ सालमा एक वृद्धलाई ’घर कहाा हो भनेर सोध्दा’ उनले पूर्व एक नम्बर भनेका थिए । जुन २०१५ सालअघिको कुरा थियो । तर अहिलेको समाज सूचित समाज हो त्यसैले संघीयता ग्रहण गर्न त्यति समय नलाग्ला ।
तत्कालको चुनौती भनेको मधेसको समस्या हो । सीमांकनबारे ठूलो समस्या छ । अर्कोतर्फ पार्टी्भित्रै नवीकरण गर्नुपर्ने आवश्यकता छ । नवीकरण कुन रूपमा भने विकेन्ऽीकरणको नीति ग्रहण गरेपछि पार्टीलाई पनि संघीयताको स्वरूपमा लैजानुपर्छ । बिपीले भन्ने गरेको राष्ट्रियता त्यही राजनीतिक स्थिरता नै हाृ । राष्ट्रियता कहिले पनि जोखिममा पर्नुहुादैन तर
भूराजनीतिमा यो जहिले पनि जोखिम पर्न सक्ने अवस्थामा हुन्छ । ठूलो ठूलो देशको बीचमा हामी छौं । बिपीले अन्तराष्ट्रिय नीतिभन्दा समदूरीको कुरा गर्नुभयो। जहाासम्म हाम्रो सामाजिक, पारिवारिक, सांस्कृतिक सम्बन्ध छ, त्यसमा निकट भारत हो । तर अन्तराष्ट्रिय जगतमा चीन र भारतसाग समदूरीको सम्बन्ध नै हो । यी सबै कुराले गर्दा हाम्रो उद्देश्य भनेको राजनीतिक स्थिरता ल्याउने हुनुपर्छ ।
विषय धेरै छन् । कुन विषय तपाईाले कुन समय कुन पृष्ठभूमिका साथ अघि ल्याउनुहुन्छ ? यसको निर्धारण पार्टीको नेतृत्व र नीतिले निर्धारण गर्छ । यस्तो पनि नहोस् कि त्यो विचार वा विषय ल्याउादा राजनीतिक स्थायित्व र लोकतन्त्रमा पकड हुने कुरालाई पनि ल्याउनुपर्छ । कुनै विषय ल्याउादा राष्ट्र नै संकटमा आउाछ भने त्यस्ता विषयलाई पछि ल्याउनुपर्छ । अहिले विद्यमान समस्या भनेको मधेसीको हो । सबैलाई समावेश गरेर अघि बढ्नुपर्छ । सीमांकन आजैको मितिमा छिनोफानो नहोला तर कुन मिति र ठाउामा गएर मिल्न सक्छौं त्यो भने हेर्नुपर्ने हुन्छ ।
नेपाली कांग्रेस भनेको अरु पार्टीको अस्तित्वलाई पनि जोगाइदिने दल हो । हामी बहुदलीय प्रजातन्त्रमा विश्वास गर्छौं, कसैलाई समाप्तै पार्ने गरी जाादैना ैं। अर्कोतर्फ हरेक नेपाली पञ्च, हरेक पञ्च नेपाली भन्ने विचार पनि लिएका छैनौं । जस्तो कि सबै नेपाली कांग्रेस नै हुनुपर्‍यो भन्ने । बिपी भन्नुहुन्थ्यो– एउटा विचारलाई हामी थेसिस भन्थ्यौं। त्यसको ठीक विपरित विचारलाई हामी एन्टी थेसिस भन्छौा। थेसिस र एन्टी थेसिसको बीचबाट सिन्थेसिस हुन्छ । अहिले हामीले लिएको विचार बिपीकै विचार हो । अहिले त्यसमा परिवर्तन गर्नुपर्ने आवश्यकता छैन । समाजवादी, राष्ट्रियताको विचार होस । त्यही नै छ तर पृष्ठभूमि परिवर्तन भएको छ ।
कांग्रेसले समाजवादी विचार छाडिसक्यो भनिन्छ नि ?
–ठीकै भन्नुभयो तपाईाले र जुनरूपमा समाजवादी नीतिमा गहिरोसाग जानुपर्ने हो गएका छैनौं । २०४८ सालपछि एउटा नीति तय भएको थियो । राम्रो पनि भएका छन् । राजनीतिक स्थिरता पनि आएको थियो । हामीले केही पुाजीवादी कुरा पनि अभ्यासमा ल्यायौं । तर मेरो भनाइ के हो भने कुनै परिवर्तन हुादा केही व्यक्ति विध्वंसमा पर्छन् । निजीकरण गर्दा केही व्यक्ति सीमान्तकृत भएर गएका छन् । उनीहरुको सम्बोधन भएन । यो हाम्रो कमजोरी हो । जहाासम्म हाम्रो आर्थिक नीति छ, जस्तो– निजी शिक्षाअन्तर्गत १ सय विद्यार्थी भर्ना लिइन्छ भने ३०–४० जना गरिब विद्यार्थी पनि लिनुपर्‍यो नि ? तर पहिले त राज्य कोष पनि भरिनुपर्‍यो । यो कुरामा कांग्रेसले नगरेको भने होइन । डा. रामशरण महत भन्नुहुन्छ नि– वितरण गर्दा समाजवादी हो, पहिले संकलन गर्नुपर्‍यो नि । हामीले अप्ठ्यारा नाम दिएर ग्रामीण स्वावलम्बी नाम दियौं । त्यसैअनुसार आफ्नो गाउा आफै बनाउाका कार्यक्रम आए । स्थानीय निकायमा प्रत्यक्ष पैसा गए, त्यसको जगले कांग्रेसले नै बसाएको होइन र ? तर केही त्रुटि भएको छ । सच्चाउादै जानुपर्छ समाजवादी आर्थिक नीतिको कुरा गर्नुहुन्छ भने ।
कांग्रेसले नेतृत्व गर्दै आएको विषय उठाउनुभयो तर कांग्रेस अरु दलले लिएको नीतिको पछि–पछि लागेको देखिन्छ त ?
–यो गलत कुरा हो । नेपाली कांग्रेसले लिड गरेको छ । ७० वर्षमा जेरजति परिवर्तन भएका छन् त्यो कांग्रेसकै नेतृत्वमा भएको छ । सबै दलका लागि बिपी कोइराला स्वीकार्य हुनुहुन्छ । हामीले एउटा कुरामा ध्यान दिनुपर्छ– कुनै पनि नीति लिादा र बिपीको विचार अघि सार्दा कुनै प्रकारको कमजोरी नहोस् ।
तपाईाले माओवादीको कुरा उठाउन खोज्नुभएको हो । माओवादीका जस्तो विचार आएको छ त्यो एक प्रकारले बिपीकै विचारमा आधारित छ । जस्तो समावेशी कुरा छ, त्यो माओवादीको विचार होइन, त्यो बिपीकै विचार हो । उहााले सरकार, पार्टीका संरचनामा सम्पूर्ण आदिवासी, जानजाति, दलित, महिला सबैलाई समावेश गराउनुभएको थियो । द्वारिकादेवी ठकुरानी पश्चिम नेपालको, नेपालको मात्रै होइन, एसियाकै पहिलो महिला मन्त्री हुनुहुन्छ । समावेशिताको विचार बिपीले पहिले नै दिइसक्नुभएको थियो । तर पछिल्ला चरणमा हाम्रो अग्रसरता जति तीव्र हुनुपर्ने थियो सायद त्यो भएन । त्यसको फाइदा माओवादीले लिए । तर पनि माओवादीलाई एकै स्थानमा ल्याउने र मूलधारमा ल्याउने काम गिरिजाबाबुकै पालामा भएको हो । त्यसैले हामीले विचार वा अरु कारणले कुनै अरु दललाई फलो गरेको जस्तो लाग्दैन । अहिलेको अवस्थामा गठबन्धन सरकार बनाउनुपर्ने बाध्यता छ त्यसैले केही सम्बन्ध गाासिएका हुन्छन् ।
तपाईाले धर्म निरपेक्षता र गणतन्त्रबारे फरक मत राख्नुभएको छ नि ?
–१३औं महाधिवेशनको पूर्वसन्ध्यामा मैले दुईवटा विषयमा कुरा उठाएको हुा । महाधिवेशन भनेको पुनर्विचारको समय हो । २०२७ सालमा बिपी कोइरालाले बन्दुक उठाउनुभयो। त्यो किन गरियो पुनर्विचार हुनुपर्‍यो । त्यसबेलाको त्रुटि हो कि आजका मितिमा नराम्रो देखिएको हो ? यो एक प्रकारको पुनर्विचार हो । ठीक गर्नुभयो कि भएन? त्यसमाथि छलफल हुनुपर्छ भनेको हो । पुनर्विचार गर्दा के गल्ती हुन सक्छ ? मैले पुनर्विचार गर्नु भनेको पछि जानु भनेको होइन । प्रश्नमात्रै राखेको हो ।
केही विषय अहिले दबिएका छन् । ती कुरा भोलि आउाछन् । मैले राष्ट्रियता र राजनीतिक स्थिरताको कुरा गरो । हामी यस्तो विषयमा कुरा नगरौं यी दुवै विषयलाई समस्यामा पार्छ । संविधान स्वीकारेर हस्ताक्षर गर्ने सांसदमध्ये म पनि हुा । आगामी दिनमा यो विषय फेरि आउने छन् । अहिले भारतमा यस्तो देखिएको छ । स्थिरता उत्पन्न गर्छ र राष्ट्रियता जोखिममा पर्छ भने यो विषयमा पुनर्विचार गर्नुपर्छ । मेरो चिन्ता पछि स्थिरता खेप्नु नपरोस् भन्नेमात्रै हो ।
२०४८ देखि २०५१ सालसम्ममा केही स्थिरता आउन खोजेको थियो । गिरिजाबाबुलाई मैले भनेको थिएा– विकास गर्न थालौं तर राजनीति थाल्यौं । बाटोघाटो बन्यो तर प्रजातन्त्रको अभ्यास हुन सकेन । प्रजातन्त्रलाई हामीले आत्मसात गरेका छौा कि छैनौं ? यो प्रश्न आज पनि छ । त्यस्तो प्रजातन्त्रमा जित्नेको उन्माद र हार्नेको तिक्तता हुादैन । हामी पछि जानुभएन तर राष्ट्रियता र प्रजातन्त्रलाई पनि मजबुत बनाउनु पर्‍यो ।
यही परिस्थितिमा कांग्रेसमा धर्मका विषयमा छलफल हुनुको अर्थ के
हो ?
–के प्रष्ट पारौं भने जननिर्वाचित संविधान सभाले दोस्रो पटकमा संविधान दियो । त्यसले केही हदसम्म स्थायित्व ल्यायो । त्यसले एउटा मुद्दा मधेसीको ल्यायो । अर्को विषय आयो धर्मको । म जुन क्षेत्रबाट चुनाव लड्छु त्यहाा मठमन्दिर मात्रै छन् । उनीहरुले पटकपटक प्रश्न राखे । जनमत संग्रह वा अन्य विषयमा जानुपर्ने बताएका छन् । संविधानको सुझाव प्रक्रियामा पनि यो धेरै पटक आएको छ । त्यो पनि अवस्था आउन सक्छ, त्यस समयमा यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ तर अहिलेको अवस्थामा अस्थिरतातिर हामी नजाऔं ।
प्रचण्डजीसाग हिजो सम्पर्क भयो । उहााले भन्नुभयो– अब अस्थिरतातिर नजाऔं । मलाई पनि खुसी लाग्यो, उहाा कति सतर्क हुनुहुादोरहेछ । उहाालाई यसले अर्को कुरा उठाइदिन्छ र अस्थिरता आउाछ भन्ने लागेको हुनसक्छ । खुसी केमा लाग्छ भने उहाा पनि सतर्क हुनुहुादो रैछ । प्रधान मन्त्री भारत जानुभयो र चिसिएको सम्बन्ध सुधार्ने कोसिस गर्नुभयो । तर संयुक्त विज्ञप्ति आएन । त्यो पनि हाम्रा लागि ठूलो चिन्ताको विषय भएर गएको छ । एक त भुइाचालो, अर्कोतिर नाकाबन्दीले ग्रस्त, अब स्थिरताको बाटोमा जानुपर्छ ।
अब पार्टी एक भएर अघि बढ्ने सम्भावना अत्यन्त बढेर गएको छ । तीन पटक प्रधान मन्त्री भइसकेको शेरबहादुर देउवा सभापति हुनुहुन्छ । उहााले के पदचिह्न दिएर जानुहुन्छ ? सबैलाई समावेश गर्नुपर्‍यो । उहााले गर्नु पनि हुन्छ । पार्टी र राष्ट्रका लागि आगामी दिनमा उहााको भूमिका ठूलो छ । मेरो चाहना पनि सबैलाई समेटेर जाउा भन्ने हो । एउटा सन्देश जाओस् पार्टीमा कि अब ६०–४० को तुष बााकी छैन । हरेक कालखण्डमा बिपी, सुवर्ण, किसुनजीदेखि गिरिजाप्रसाद कोइरालासम्मका नेताले केही न केही म्यासेज दिएर जानुभएको छ । सुशील दाले एउटा संविधान दिएर जानुभयो । अब हेरौा, शेरबहादुरजीले के दिएर जानुहुन्छ ? मेरो पृष्ठभूमि भनेको त शेरबहादुरजीलाई सहयोग गरिदिने हो ।
सरकारभित्र बस्ने र बाहिर बस्ने दुवैले सरकार परिवर्तनको विषय ल्याएका छन् । अब कांग्रेसले…?
–मैले स्थिरताको कुरा गरेको छु । अहिले तराजु लिएर जोख्ने हो भने धेरै कुरा छन् यतातिर उतातिर । कांग्रेस सबैभन्दा ठूलो दल हो त्यसैले हाम्रो नेतृत्वमा सरकार बन्नुपर्‍यो भनेर दावी गर्नु अनुचित होइन । हामी सरकारमा जाने तर एक वर्ष्भित्र केही गर्न सकेनौं भने हामीमाथि पनि ब्लेम आउाछ ।
सरकारमा जाादा स्पष्ट कुरा प्रदेशको निर्वाचन र स्थानीय निकायको निर्वाचन गराउने भन्ने विषयमा आउाछ । स्थानीय निकायको निर्वाचन र आउादो डेढ वर्षमा आमनिर्वाचन घोषणा गर्नुपर्छ । यो चुनौती हामी सामना गर्न सक्छौ कि सक्दैनौं ? भोलि शेरबहादुर देउवा वा रामचन्ऽ पौडेलमध्ये कोही प्रधान मन्त्री हुादै गर्दा यो पनि बुझ्नुपर्‍यो– प्रमुख समस्या समाधान गर्न सकिएन भने नेपाली कांग्रेसलाई घाटा हुनेछ । एक वर्षभित्र कति पटक सरकार परिवर्तन गर्ने ?
सरकारमा जानेका प्राथमिकता र नीति स्पष्ट हुनुपर्‍यो संविधान कार्यान्वयनमा चुनौति छ । यो एकै रात हुादैन । कम्तीमा स्थानीय, प्रान्तीय र अर्को आमनिर्वाचन नगरुञ्जेलसम्म संविधान कार्यान्वयन हुने छैन ।
कांग्रेससाग समस्याको पहिचान
रहेछ तर समाधानको उपाय भने नभएको हो ?
–संवाद भएको छ । अब कांग्रेसले राजनीतिक दृढता र स्पष्टताका साथ गम्भीर छलफल गर्न आवश्यक छ । मधेस, पूर्व वा पश्चिमका जुन जुन
कुरा उठेका छन् । त्यस विषयमा तपाईा र हाम्रो कमन गोल यहाासम्म मिल्छ भनेर संवाद गर्नुपर्‍यो । तपाईाहरुको अस्तित्व पनि सुरक्षित होस् र अस्थिरता नआओस् भन्ने कुरामा ध्यान दिएर संवाद गर्नुपर्छ । एमालेसाग सम्बन्ध नराम्रो भएको खण्डमा फेरि अस्थिरता आउाछ । मधेससाग कसरी संवाद गर्ने, एमालेसाग सम्बन्धलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल आवश्यक छ ।
त्यसो भए केही समय एमालेकै नेतृत्वमा सरकार सञ्चालन गर्न दिने?
–अहिले पनि स्पष्टसाग भन्छु– मेलमिलापले नै देश अघि बढाउाछ ।
लामो समयदेखि मधेसको आन्दोलन छ। अहिलेकै अवस्थमा कांग्रेस सीमांकन परिवर्तन गर्न तयार भएको हो ?
–संविधान आयो सिफ्ट अफ
प्याराडाइम। कांग्रेसमा नयाा नेतृत्व आयो सिफ्ट अफ प्याराडाइम भएको छ । अहिले नै ब्लाक एन्ड ह्वाइटरूपमा कुनै काम हुन सक्छ जस्तो मलाई लाग्दैन फलानो जिल्लाको फलानो गाउा काटेर मिल्न सक्छ भनेर । ठ्याक्कै यो नै हुनुपर्छ भनेर भन्न सक्ने ईश्वर पनि होइन, जादुगर र चटके पनि होइन । यो सबै परामर्शको काम हो । त्यसैले पराशर्म गर्नुपर्छ भनेर मैले भनेको हो ।
अहिलेको अवस्थामा चुनौती धेरै छन् । त्यसैले सबैले बोध गर्नुपर्‍यो कि यो राष्ट्रका लागि हो । मधेसबिना कांग्रेसको अस्तित्व नै छैन । हाम्रो विज्ञप्तिमा पनि हेर्नुभयो होला– मधेस भनेको कांग्रेसको अभिन्न अंग हो । मुद्दा छन्, त्यसैले काउन्सिलिङको काम पनि गर्नुपर्छ । डक्टरले पनि तपाईालाई एकै पटक फुल जोड दिादैन, पहिले सेन्सटाइज गर्छ । तीन सातापछि तपाईालाई फुल जोड दिन्छ । एकै पटक फुल जोड दियो भने कोल्याप्स नै हुन्छ । कतिलाई मन्त्री बन्न मन होला तर मन्त्री बनेर उपलब्धि खै ? अहिले कुरा उपलब्धि खोज्ने हो ।
कुरा गर्दा सबै राजनीतिक स्थायित्व र आर्थिक प्रगति भन्छन् तर व्यवहार त्यस्तो देखिदैन नि ?
–त्यसैले मैले भनेको, सबै दल एकै स्थानमा उभिनुपर्‍यो । मेरो अर्थ ’सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’ चाहिा हैन । सबैको आफ्नो सिद्धान्त र पहिचान हुन्छ तर हरेकको राष्ट्रिय लक्ष्य हुन्छ । त्यो पूरा गर्नका लागि एकै स्थानमा उभिनु पर्यो भनेको हो। त्यतातिर हामी गएकै छैनौ । हामी व्यक्तिगत राजनीति गरिरहेका छौं । पञ्चायती शैलीको राजनीति अहिले पनि गरिरहेका छौं । त्यसैले सबैभन्दा पहिले हामी आफौले आफूलाई परिवर्तन गर्न आवश्यक छ । कार्यशैलीमा
परिवर्तन गर्नुपर्‍यो । त्यसका लागि
राजनीतिक दृढता हुनुपर्‍यो ।
यो राष्ट्रिय लक्ष्य पूरा गर्ने समयावधि कति त ?
–परिवर्तनका नाममा खाली मानिसको टाउको मात्रै चेन्ज गरेर हुादैन । अहिले संविधान आए पनि कार्यान्वयनको पक्षमा अप्ठ्यारो छ । त्यसैले त कांग्रेस, एमाले, माओवादी र मधेसीबीच गम्भीर छलफल हुनुपर्‍यो ।
तपाईा र सभापति दुई फरक प्यानलबाट चुनावमा जित्नुभएको छ। त्यसमाथि वर्षौंपछि कांग्रेसको नेतृत्व
कोइराला परिवारबाट गयो भन्दैछन् ? गएको हो कि तपाई शक्ति सञ्चय गरेर अर्को पटक उठ्न खोज्नुभएको हो ?
–६०–४० मा कहिले पनि विश्वास गरिना, त्यो ठीक पनि थिएन । अहिले महाधिवेशन प्रतिनिधिहरुले एउटा निर्णय दिएका छन् । प्याराडिम सिफ्ट भएको छ । अबको चुनौती कसरी जाने भन्ने हो । चुनावमा जाादै गर्दा भरसकको प्रयास हुन्छ । मैले ६० वा ४० मा टेकेर भोट मागेको होइन । सााढे ५ वर्ष मुख देखाउन आएन, अहिले भोट माग्न आउने भन्छन् भन्ने लागेर भोट माग्न गइना । पहिले ६०–४० को तुषबाट मुक्त हुनुपर्‍यो । केही व्यावहारिक पक्ष छन् । बिपी वनारस र सुवर्ण कोलाकोता हुनुहन्थ्यो । त्यसै नाममा गुटबन्दी भयो । कोलकता भर्सेस बनारस । उहााको व्यक्तित्व ठूलो थियो त्यसैले मिलाइहाल्नु हुन्थ्यो । १७ सालपछि केहीले नेपालभित्र गरे, केही बाहिर गए र केही भित्रै बसे । बाहिर बस्ने गिरिजाप्रसाद र देशभित्र बस्ने किसुनजीका व्यक्ति भए । सैद्धान्तिक नभई व्यक्तिगत भएर गएकामा चिन्ता हो । मुद्दामा हुनुपर्नेमा विभाजन व्यक्तिमा भयो । त्यो दुर्भाग्यपूर्ण हो । मेरो कााधमा जिम्मेवारी छ, त्योभन्दा ठूलो जिम्मेवारी शेरबहादुरजीको कााधमा छ । म जति मद्दत गर्नुपर्ने हो गर्छु पार्टी एकताका लागि ।
प्रधान मन्त्री खड्गप्रसाद शर्मा ओलीको चीन भ्रमणलाई कसरी लिनुभएको छ ?
–प्रधान मन्त्रीको चीन भ्रमण निकै महत्वपूर्ण हा े। प्रधान मन्त्रीले भारतको भ्रमण गरेर आउनुभयो, भारतसाग पनि मित्रता बढ्नुपर्छ । चीन छिमेकको ठूलो राष्ट्रमात्रै नभएर हामीलाई जहिले पनि सहयोग गर्दै आएको देश हो । चिनियाा पक्षबाट अहिलेसम्म प्रत्यक्ष हस्तक्षेप देखिएको छैन । उनीहरुले पनि हाम्रो अस्तित्व राम्रोसाग बुझेका छन् । नेपाल अस्थिर भयो भने खुला सीमाका कारण पहिलो प्रहार भारतमाथि हुन्छ । दोस्रो, विश्वव्यापी दृष्टिमा हेर्ने हो भने चीन विश्वको सुपर पावरका रूपमा विकसित हुादै आएको छ । ऊमाथि अरु मुलुकबाट हस्तक्षेप हुन सक्ने अवस्था छ । त्यसमा नेपाललाई प्रयोग गर्न दिनुभएन ।
े प्रधान मन्त्री ओलीको भ्रमणले नेपाली जनताले धेरै आशा र अपेक्षा लिएका थिए तर सोचेजस्तो उपलब्धी भने हुन सकेन । चीनसागको सम्बन्ध अझै सुदृढ भएको छ । नेपालको भूभाग एक चीन नीतिको विरुद्ध कहिले पनि प्रयोग हुन दि दिनुहुदैन । नेपाल चीन र भारतबीच त्रिपक्षीय सहकार्यको कुरा पनि हुन सक्छ । चीन र भारतको सम्बन्ध पनि सुधार हुादै गएको छ । तर क्षेत्रीय सुरक्षाप्रति भारत र चीन दुवै एलर्ट छ । छिमेकमा दुई ठूला परमाणु शक्ति सम्पन्न राष्ट्र छन् । हामी सानो देश हो । प्रधान मन्त्रीले चीन भ्रमणमा क्षेत्रीय स्थायित्वका विषयमा समेत कुराकानी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया