अब यो ओछ्यानले नै पोल खोलिदिनेछ धोकेबाज पार्टनरको

प्रेम वा दाम्पत्य जिवनमा धोका जो कोहीका लागि असह्य कुरा हुन्छ । तर आफुलाई आफ्नो पार्टनरले धोका दिइरहेको छ कि छैन भन्ने कुरा पत्ता लगाउन भने सजिलो हुादैन ।
आफ्नो पार्टनर, जसलाई तपाइाले सबैभन्दा धेरै माया तथा विश्वास गर्नुभएको हुन्छ, ऊ तपाइाप्रति इमान्दार छ की छैन भन्ने कुरा पत्ता लगाउनु निकै जटिल कुरा हो । तर अब भने यो समस्याको समाधान निस्किएको छ ।
स्पेनको एउटा कम्पनीले
पार्टनरको इमान्दारिता पत्ता लगाउने उपाय खोजेको छ । कम्पनीले हालै एउटा यस्तो बेडको डिजाइन गरेको छ जसले तपाइाको पार्टनरको गतिविधिको
निगरानी गर्नेछ । स्मार्टट्रेस नाम दिइएको छ, यो ओछ्यानलाई ।
यो बेडमा लभर डिटेक्सन सिस्टम अर्थात् प्रेम पत्ता लगाउने प्रणाली रहेको छ जसको सहायताले यसले आफ्नो वास्तविक मालिकको पहिचान गर्दछ । मोबाइल एपको सहायताले यो ओछ्यान आफ्नो मालिकसाग जोडिइरहेको हुन्छ ।
यदि कुनै नयाा मानिस आएर यो बेडमा बस्यो वा सुत्यो भने ओछ्यानले तत्कालै मालिकलाई सन्देश पठाएर सूचना गरिहाल्छ । यतिमात्र कहाा हो र यो ओछ्यानले आफुमाथि भैरहेको हलचल तथा गतिविधिहरुको पनि रकर्ड राख्दछ ।
कम्पनीको दाबी छ की यो ओछ्यानले बजारमा धूम मच्चाउनेवाला छ । अब यो ओछ्यान घरमा भित्राएपछि धोकेबाजहरुलाई धोका दिन मुस्किल हुने दाबी कम्पनीले गरेको छ ।
तर खाने मुखलाई जुागाले छेक्दैन भनेझौ अरुसाग सल्किएका धोकेबाजहरुले नित्यकर्मका लागि यहीा ओछ्यानमै भर कहाा पर्लान् र ? घरभित्र तथा बाहिर कतिधेरै ठाउा छन् जहाा धोकेबाजहरुले आफ्नो कर्म पूरा गर्लान् तर यो बेडले चाहीा पत्तो नै पाउन सक्दैन ।

तपाईको प्रतिक्रिया