बांगलादेशको स्वाधीनता दिवसमा स्वास्थ्य शिविर

धरान/ सुनसरीको चाादबेलास्थित रहेको जियाउल हक प्राथमिक विद्यालयमा एक दिने शिविरको आयोजना गरिएको छ ।
वैशाख ४ गते शनिबारका दिन नेपाल बांगलादेश फ्रेन्डशिप सोसाइटी इन ईष्र्टन नेपालको आयोजना र जियाउल हक मेमोरियल च्यारिटी ट्रष्ट धरानको सहयोगमा शिविरको आयोजना गरिएको हो ।
उक्त शिविरमा लगभग १ सय १० जना विरामीहरुको स्वास्थ्य परीक्षण, ४० जना विरामीहरुको मधुमेहको रक्त
परीक्षण र नि:शुल्क औषधी वितरण
गरिएको थियो । स्वास्थ्य परीक्षण संस्थाका अध्यक्ष डा. खालिद हुसैन हक र विराट नर्सिङ होममा कार्यरत चिकित्सक डा. मोहम्मद उमेर हकले गर्नुभएको थियो ।
रक्त परीक्षण एबोट हेल्थकेयरका प्रतिनिधि विजय गुप्ताले गर्नुभएको थियो । कार्यक्रममा ट्रष्टका कार्यालय सचिव सुश्री पुष्पा शाक्य, न्यु जानु फार्मेसीमा कार्यरत सबीना भण्डारी, अमृता लिम्बु, अनिता उराव र छत्र दर्जीेको सक्रिय सहयोग रहेको थियो । स्थानीय युनुस अहमद, मोहम्मद करीम लगायत जियाउलहक प्राथमिक पाठशालाका शिक्षक वर्गले शिविर सञ्चालनमा सहयोग पुर्‍याएका थिए ।
बांगलादेशको स्वाधीनता दिवस २६ मार्चमा भएता पनि कार्यव्यस्तता र व्यवस्थापनको अनुकुलताले शनिबार मात्र शिविर सञ्चालन गरिएको हो ।
त्र

तपाईको प्रतिक्रिया