सिद्धिकर्ण शर्मा धिमाल
चैत्र सात गते प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा जानुभएको छ । उनले यस अघि छिमेकी राष्ट्र भारतको ६ दिने राजकीय भ्रमण गरी भारतबाट चिसो, तातो केही पनि भित्र्याएको देखिएन । समकक्षी नरेन्द्र मोदी नेपालमा आएर जे भनेका थिए, त्यही पुनरावृत्ति मात्र भएको देखियो ।
इन्धन, एल्पी ग्याास, व्यापार, नाकाबन्दी जस्ता चुनौतिका विषयमा भारतले नेपाललाई च्यााखेमा पार्ने विगत र वर्तमान लक्षित राजनीति यथास्थितिमा राखी राख्दछ । नेपाल भारतको सीमाना खुल्ला रहेसम्म नेपालको मुटु ढुकढुक गरिरहन्छ । किनभने भारतले चाहेजस्तो (२०७२) को नेपालको सविधान भएन । त्यसैले मधेशी नेतालाई उचालेर ६ महिनासम्म नाकाबन्दी गरी नेपाली जनतालाई अत्याधिक दु:ख दियो । तराई मधेश गुटको औचित्य विहीन आन्दोलनले अझै तुहिएको छैन । ओलीको भारत भ्रमणले केही समय मात्र भएको देखिन्छ । भारतको विहार राज्य मूलत: नेपालसाग घनिष्ट मित्र भएको कारण मधेशी नेतालाई सवालको जवाफ दिएर आन्दोलन निष्तेज भएको मात्र हो । ओलीको राजकीय भ्रमणले तेजोबद्ध भएको होइन । पश्चिम बंगालको नाका कााकडभिट्टा मुख्य हो । पश्चिम बंगाल र विहार पश्चिमका नाका अब पनि खुल्ला स्थिर हुने नहुने टुंगो भएको छैन । ती कुनै बेला पनि बन्द गर्न सक्तछन् । जबसम्म केपी शर्मा ओलीको गठबन्धन सरकार
रहन्छ, ओलीको राजनीत छवि नदेखेरै एमाओवादी अध्यक्ष प्रचण्डले त्यो घृष्टता देखाए जो ओनसरी घर्ती जस्ता अवला अपरिपक्व महिलालाई राजनीति केन्द्रविन्दु संसद अध्यक्ष बनाएका हुन् । उपराष्ट्रपति, गृहमन्त्री जस्तो पदमा आफ्ना साथीलाई राख्न सफल भएका छन् ।
प्रम केपी शर्मा ओलीको चीन भ्रमणबाट फर्किदा के के कुरामा सन्धी
गरी नेपालको वस्तुस्थितिलाई सहज बनाउलान भन्ने अपेक्षा नेपालीले
राख्ने हुन् । नेपालको आन्तरिक उद्योग, विकास निर्माण, जलस्रोत, ऊर्जा आदिमा नेपाली राजनेतामा कमजोर भाव देखेर भारतले एकाधिकार प्रयोग गरिआएको स्मरण गरी चीनसाग मुलत थप नाका खोल्ने, व्यापार विस्तार गर्ने, इन्धन सुचारु गरी अत्यावश्यक गयास उद्योग नेपालमै सञ्चालन गर्ने, विद्युत ऊर्जा निर्माण आदिको सम्झौता गर्नु आजको आवश्यकता हो । एमाओवादी नेता प्रचण्ड र डा. बाबुराम भट्टराई चीन भ्रमणमा जाादा हाम्रा आकाक्षा अनुरुप केही आएन द्वय उग्र वाम भन्दा समाजवादी वाम ओलीलले हिम्मत गरे ती सबै नभएपनि केही आउाछ । त्यो होला भन्ने अपेक्षा नेपालीले राख्नु स्वभाविक नै हो । मित्रराष्ट चीन जाादा जस्तो आउदाको रस्वादन लिने बेला भएको छैन । किनभने चीनले ओलीको भारत
राजकीय भ्रमणलाई नजिकबाटै हेरेको हुनसक्छ । अर्कोतर्फ गौण गर्दा ओली प्रधानमन्त्री भएको गठबन्धन सरकारको आयु छोटिदै गएको कुरा पनि चीनले अध्ययन गरेको होला ।
राजनीतिक दृष्टिले हेर्दा सम्पन्न भइसकेको नेपाली कााग्रेसको १३ औं महाधिवेशनले शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुादा उहााको योग्यता स्वयम् क्षमताको कदर गर्दै नेपालका समग्र मित्रराष्ट्रहरुले बधाईज्ञापन गर्नुले देउवाको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण आवश्यक महसुस भएको बुझाउछ । स्थिर सरकार आवश्यक हुन्छ । नेपाली कााग्रेस जस्तो ऐतिहासिक पार्टीलाई पाखा लगाएर गठबन्धन यो सरकारको नेतृत्व
परिवर्तन हुने निश्चित प्राय: देखेपछि आश्वासनको झोला दिएर फिर्ता गर्न जोकोही उद्धत रहेका हुन्छन् । जबसम्म मधेश केन्द्रित आन्दोलित राजनीतिले सिंहदरबारभित्रका ठूला घरका मालिक भएर आराम गर्न बञ्चित हुन्छन । नेपालको शन्ति स्थिरता सम्भव छैन प्रम ओली चीन गएर फिर्ता मीठा मीठा भाषा शब्दहरु लिएर आउने छन् । यो मेरा चीन भ्रमण फदलायी रहयो । चीनले धेरै सहयोग र्ने आश्वासन दिएको छ । आशा गरौ भारतलाई यो चुनौति हुनेछ । तर भारत, चीनसाग नेपालको समदृष्टि रहनु पर्छ भन्नेमा दुईमत नहोला ।
नेपालको ओलाङचुङगोला, हटियागोलासम्म चीनले रेलमार्ग द्रत गतिमा निर्माण गरी नेपालतर्फको
राजमार्ग पनि निर्माण गरिदिएमा भारतको नेपालप्रतिको एकाधिकार निस्तेज हुने थियो भन्ने आम जनधारणा रहेको पाइन्छ । अत : हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली यी कुरामा कतिसम्म सफल भएर आउालान् हेर्न बाकी छ । अस्तु ।
