पूर्वाञ्चलमै पहिलो पटक प्याग्लाइडिङ प्रतियोगिता हुने

धरान/ धरान पर्यटकीय स्थलको रुपमा परिचित हुदाहुदै पनि पर्यटकीय स्थलको रुपमा सोचेजस्तो विकास नभएपछि धरानका जुझारु युवाहरुले धरानलाई साहसिक पर्यटन स्थलको रुपमा परिचित गराउन विभिन्न साहसिक खेलहरुको प्रवद्र्धन गर्ने भएका छन् ।
धनकुटाको तम्बरदेखि सुनसरीको सप्तकोशीसम्म व्यवसायिक र्‍याफ्टिङको व्यवसायिक सफलता पाएको पूर्वाञ्चलले अहिले फेरि पश्चिमको पोखरापछि पूर्वको धरानलाई प्याग्लाइडिङको विकास गर्दै साहसिक पर्यटन स्थलको रुपमा परिचित गराउन धरानका साहसिक पर्यटन सम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाहरु लागि परेका छन् ।
यसैक्रममा राष्ट्रिय खेलकुद
परिषद् र नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ एसोसिएनको आयोजना, एक्सट्रिम धरान, बुढासुब्बा
प्याराग्लाइडिङ र स्काइ एडेभेन्चर प्रालिको संयाजनमा पूर्वाञ्चलमै पहिलो पटक यही चैत्रको दोस्रो साता प्याग्लाइडिङ एकुरेसी च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ ।
चैत्र १२ गतेदेखि १४ गते सम्म हुने प्रतियोगिताको साहसिक खेलको रुपमा रहेको प्याराग्लाइडिङलाई पूर्वमा स्थापित गराउने र पोखराको विकल्पको रुपमा विकास गरेर लाने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक एवम एक्सट्रिम
धरानमा अध्यक्ष लेखिराज जिमीले जानकारी दिनुभयो ।
गत असोज २२ गतेबाट स्काई एड्भेन्जर प्रालिले सञ्चालनमा ल्याएको प्याराग्लाइडिङ पोखराजस्तै धरान पनि उपयुक्त स्थान भएको ठहर गरी पोखराको विकल्पको रुपमा विकास गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ ।
पोखरामात्र केन्द्रित प्याग्लाइडिङलाई पर्यटकहरुको चासोलाई ध्यानमा राखेर आयोजना गर्न लागिएको पूर्वमा आफूले
प्याराग्लाइडिङ शुरु गरेको नेपाल प्यराग्लाइडिङ एण्ड हेण्डङग्लाइडिङ एसोसिएसनका केन्द्रीय सदस्य
रोशन अधिकारीले जनकारी दिनुभयो । पूर्वमै पहिलोपटक स्काई एड्भेञ्चर प्रालिको स्थापना गरी व्यवसायिक प्याग्लाइडिङको उडान गर्दै आउनुभएका उहाले प्रतियोगितामा स्वदेशी तथा विदेशी प्याराग्लाइडिङका पाइलटहरुले भाग लिने भएकोले पूर्वमा प्याराग्लाइडिङको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा नेपाली र विदेशी गरी ७० जना भन्दा बढीले प्रतियोगितामा भाग लिने भएका छन् । ५ लाख बजेटलाग्ने सो प्रतियोगिताका लागि २ लाख रुपैया राखेपबाट प्राप्त भएको र बाकी
रकम स्थानीय स्तरबाट संकलन गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: १५, १० र ५ हजार प्रदान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया