पोयमाण्डुको ३० औं संस्करण राजधानीमा आइतबार सम्पन्न

राजधानी/विश्व कविता दिवसका अवसरमा भरतीय
राजदुताबास, बीपी कोइराला भारत नेपाल फाउन्डेशनले आइतबार पोयमान्डुको ३० औं संस्करण सम्पन्न गरेको छ ।
नेपाल भारत लाइब्रेरी, नेपाल वायु सेवा निगम न्यू रोडमा सम्पन्न भएको पोयमाण्डुको ३० औं संस्करणमा प्रमुख अतिथि हुनुहुन्थ्यो नेपालका
बरिष्ठ साहित्यकार, लेखक एवम भाषाविद प्राध्यापक तुलसी दिवस । प्रमुख अतिथि दिवसले सो अवसरमा शिवकुमार मिश्रद्वारा लिखित :बगल ब्पबतजथब पुस्तक सार्वजनिक गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्राध्यापक तुलसी दिवसले कविता एउटा यस्तो विधा हो जसले कुनैपनि देशको कला सास्कृति, रहनसहन, भाषा, धर्म, मानवीय सम्वेदनशिलाता आदिका
बारेमा अन्य मुलुकलाई यथार्थ बोध गराउाछ । आज कुनैपनि देशका कवि, लेखक तथा साहित्यकारहरुको चर्चा संसारका कुनैपनि देशमा हुनु यही स्थापित मान्यताकै आधारमा भएको हो । प्राध्यापक तुलसी दिवसले आफ्नो छोटो सम्बोधनसागै केही घतलाग्दा कविताहरु समेत सुनाउनु भएको थियो ।
बीपी कोइराला नेपाल भारत फाउन्डेशनकी सचिव श्रीमति रुवी जसप्रित शर्माले आगन्तुक कवि, कवयित्री, साहित्यकार, लेखक एवम् स्रोताहरुलाई ३० औं पोयमाण्डु संस्करमा स्वागत गर्नुभएको थियो । सो अवसरमा तीन दर्जनभन्दा बढी साहित्यकारहरुको उपस्थिति रहेको थियो भने नेपाली, हिन्दी, मैथिली, भोजपुरी र उर्दु भाषामा कवि तथा कवयित्रीहरुले कविता वाचन गरेका थिए ।

तपाईको प्रतिक्रिया