खप्रओको वहिर्गमन
सरकारको जग दह्रो भएकोले कसैले हल्लाउन, उचाल्न, पछार्न र भत्काउन सक्दैन भन्दै कुर्लिदै हिाडेका पर्धानमन्तरी खप्रओको यतिबेला नौनारी गलेर आएा छन् । कााग्रेसलई पनि आÏनै नेतृत्वको सरकारमा सहभागी गराउाछु भन्दै हिडेका खप्रओले बूढो भएनि’ शेरले घाास खाादैन सिकारै गर्छ भन्ने कुरा भुसुक्कै विर्सैका रा’न । नव निर्वाचित कााग्रेसको पहिलो बैठकले नै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि खप्रओको वाल्वाटारबाट बहिर्गमन हुने दिन गन्ति शुरु भएको छ । मधेशको समस्या समाधान गर्न नसकेको, घुस्याहा भ्रष्टहरु, कालो
बजारीयाहरुलाई ज्वाइसरह पोसेको, भुकम्प पीडितहरुका लागि वरको सिन्को पर नसारेको कााग्रेसले ठहर गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेसी’ विचरा खप्रओको टेन्सिन बढ्न थालेको छ । अर्थोक केही नभए नि, केही गर्न नसके नि, खप्रओले आफ्नो कार्यकालमा उखान तुक्का भनेरै भए नि अभावमा भएका जन्तालाई निराशचाहिा हुन दिएनन् । उन्का कार्यकालको यो नै सबैभनदा ठूलो उपलब्धी हो ।
लकरमा गोली
अखितयारले माउवादी सभासद ल्हाररुक्याल लामाको बैंक लकरबाट १४ थान गोली फेला पारेसी’ उनलाई ससुराली खलक प्रहरीको जिम्मा लगाइदे’छ । अवैध धन्दा चलाएर, अरबौ आर्जन गरेका लामालाइृ केही दिन अगडिदेखि नै अख्तियारले स्याल खेदाए झै खेदाउदै आएको थियो । ल्यहारक्याललाई प्रहरीले हायलकायल बनाएर गोलीका बारेमा सोध्दा पनि ज्यान गए थुतुनो खोल्दैनन् । सोध्दा सोध्दा प्रहरी नै हैरान भैसके । कहिले लकारचाहिा आफ्नो हो गोलीचाहिा साथीको भन्छन्, साथीेको नाम भन्दै भन्दैनन् । ल्हारक्यालसाग बयान लिादा लिादा प्रहरी नै हैरान भैसक्या छ । लामाले मुख नखोलूनको कारणचाहिा माउवादीको आर्शीवाद नै हो रे । कस्ता कस्ता खैजडीहरुको थुतुनो उघारेका नेपाल प्रहरी पनि हैरान भैसक्या छन्
रे । आखिरी उनी माउवादी सभासद जो ठहरिए ।
सफाई अभियान
नयाा शक्ति नामाकरण गरेर
पुरानै अनुहारका बाउराम भट्टराईले
राजधानीको पशुपतिनाथ क्षेत्रमा २४ घण्टे सफाई अभियान चलाएछन् । हिजो मन्दिरका पुजारीको टुप्पी काट्ने, मन्दिर दुर्घन्धित र फोहोर बनाउने बाउरामलाई कसरी मन्दिर सफा गर्ने सद्बुद्धि आएछ कुन्नि । निर्वलहरु धर्मकर्ममा लाग्छन् भन्थे हो रै’छ ,। अब बाउराम पनि निर्वल भएरै मन्दिरतिर धाउन थाल्या छ होलान् नि । बलिया भए त सिंहदबार सफा गर्न छिरिहाल्थे नि । सिंहदबारभित्र जस्तो फोहोर नेपालका अन्य कुनै ठाउामा पनि छैन । भुकम्प पीडितको नाममा पनि बजाउने, पुल पुलेसा सडकमा पनि बजाउने, हरेक क्षेत्रमा बजाउने । सिंहदबारको कुना काप्तामा कुर्सी
राखेर बस्नेहरु सबै बजाएर फोहोर भएका छन् , दंगदंती गन्हाएका छन् । त्यो अचाक्ली फोहोर सफा गर्ने अभियान चलाएको भए पो हा भन्नु ? जहाा सफा गर्नुपने हो त्यहाा गर्नु छैन जहाा गर्नेै पर्दैन त्यहाा सफा गरेर किन लोक हासाउनु ?
ताइ न तुइको सुनुवाई
धरान उपमहानगरपालिकाले अस्तिका दिन पानमारातिर पुगेर सार्वजनिक सुनुवाई गरेछ । आची गर्नेलाई भनदा देख्नेलाई लाज भनेको यही हो । सेवाग्राही हरेक कामबाट कर्मचारीले रकम असुलेर हैरान बनउाने गरेको सार्वजनिक सुनुवाइमा आएकाहरुे गुनासो पोखेपछि नगरपालिकाका मुखियाहरुको अनुहार क्षणभरमै रातो, कालो हरियो भएर विग्र्रिछ । माल नलिई कामै नहुने प्रतिवेदन ै सार्वजनिक भएछ । नगरपालिकाका मुखिया माने अधिकृत टिकादत्तध् राईले त्यस्ता कुरालाई ढाकछोप गर्न न्वारानदेखिकै बल लगाएछन् । तर फुइय्याा हुन्थ्यो ? सूर्यलाई हत्केलाले छेकेरे छिकिने भए पो ? सेवाग्राहीले अतिरिक्त शुल्क नकुलेसम्म तले टेबलको फाइल पल्लो टेबलमा सम्म सर्दैन भन्ने कुरा विचरा मुखिया बालाई पत्तो नभा’ हो कि पत्तो भएर पनि ढाकछोप गर्या हुन् ? त्यो त कुनै बेला अख्तियार मुल गेटबाठ छिरेपछि थाहा हुन्छ । कि कसो हौ । जेहोस् सार्वजनिक सुनुवाही भयो । माने सुन्ने काम भयो, । अरु कुरा त उही ऐजन ऐजन ।
चर्न निस्के जादव
देउतिकट लागेर झण्डै सात बर्षसम्म शितल निवासमा अपानवायु छोड्दै बसेका रामवरन जादवलाई ललितपुरतिरको
सरकारी घरमा बस्दा बस्दा पट्यार लागेछ कि क्या हो । अस्तिका दिन उनी अगुवा पछुवा लगाएर राजानीबाट धाइफल ठोकेर विराटनगर आइपुगे । उन्ले पत्रकारहरु खोजेर आफ्ना गन्थन पस्केछन् । संविधान संशोधनले मधेशीका ९५ प्रतिशत माग पूरा गरे पनि सात प्रदेश, सघीय खाका र सिंकाकनमा आफूलाई चित्त नबुझेको बताएका छन् । मधेशीका ५ प्रतिशत मात्र माग सम्बोधन हुन बााकी छ भने तर उनले के के भन्ने कुराचाहिा बाहिर फुत्काएकानछन् । किन नफुत्काएको होला न् ? सरकारले लाखौ भत्ता दिएर, ्भाडा
तिरेर बस्न घर दिएको छ, सुरक्षाकर्मी दिएको छ, स्वकीय सचिव दिएको छ, सुसारे, भान्सेहरु दिएको छ, लाखौको गाडी ड्राभरु र इन्धन दिएको छ । कम्ता बाठा छन् लजादव, प्वाक्क बोल्यो भने
सरकारले सबै कुरा खैचिदेला भनेर नबोलेका होलान् ।
स्वछता नीति
काम छैन बुहारी पाडाको पिाध कन्या भनेझै यो सरकारले काम नपाएको देख्दा कहिलेकाहीा घण्टाघरको जर्नी त्यसै त्यसै जकिएर आउाछ । अस्तिका दिन यो
सरकारले खाद स्वच्छता नीति ल्याउने निर्णय गरेछ । भुत्राको खाद्य स्वच्छता नीति ? सडक छेउमा भएका होटलले सातदिनको दल, भात खुवाएर हजारौ यात्रीलाई विरामी बनाउादा, एक खान खान नपाएर दाम्रिएका मकवानपुरका चेपाङ्ग र रोल्पा रुकुमतिरका गरिबले खाद्य स्वच्छता नीति टोक्नु कि चपाउनु ? त्यसतालाई खाद्य दिन नसक्ने अनि खाद्य स्वच्छता नीति ल्याउने ? लुट्नेलाई कारबाही गर्न नसक्ने,
संगुरले पूर्णिमाको जुन हेरेर बसेझै बस्नेले खाद्य स्वच्छता दिनु गरिबका लागि बाादरको पुच्छर लौरो न हतियार मात्र हो, कि कसो हौ ?
माउवादी एकता
नेपालका सम्पूर्ण कम्युनिस्ट बीचमा एकता गराई एउटै कम्युनिष्ट पार्टी बनाउने ध्वाास पिट्दै हिाडेका माउवादीका अध्येक्षे भ्गाुगताको धार्नी कहिल्यै नपुग्ने भयो । आफ्नैबाट छुट्टिएर गएकाहरुलाई त मिलाउन नसक्नले किन जगै हसाउने गरी ध्वाास पिटेका होलान् ? बाउरामसाग त प्रचण्डाउको छोइछिट्टै पर्या छ । एकले र्आलाई देख्यो कि कुकुरले झै ङयार्र गसिरहाल्छन् । बुढा वैधाउलाई फकाउन सकिन्छ कि भनेर प्रचण्डाउ जोरवल गरिरा’छन् । वैधाउले नि अहिलेसम्म ग्रिन सिगल दिलएका छैनन् । मातृका जादव, मणि थापाहरुलाई प्रचण्डाउको सासै गन्हाउछ । रहे विप्लव । विप्लव प्रचण्डाउको माकुरी जालमा साह्रै फस्लान जस्तो छैन । बरु प्रचण्डाउ नै विप्लवको जालोमा फास्लान जस्तो पो छ । जनसरकार, प्रान्तीय सरकार भटाभट व्युाताउदै हिडेका विप्लसाग कार्जैकर्ताको तााती लाग्न थाल्या छ । प्रचण्डाउको एकता हिस्स बूढी हरिया दाात होला जस्तो छ ।
अन्तेमा
अन्तत: पर्धानमन्तरी खप्रओ जम्बो टोलि लिएर उत्तर चीन फन्को मार्न निस्केका छन् । यहााका राजनैतिक दलले यत्रो जम्बो टोली नलौजानुस, चीनले पनि नल्याउनुस भन्दाभन्दै खप्रओले जमबो टोली लिएरै हिडे । उन्फाको धन फूपूको श्राद्ध । आफ्नो पकेटथको ढेउवा जाने भए पो ? भमण टोलीमा सोल हुनेको अनुहार हेर्दा पनि हनिमुनमा हिड्न लागेका जस्ता छन् । तिन्ले त्यहाा गएर लाटाले पापा हेर्या झै हेर्ने त हुन नि । न च्या–च्या र चुाचुा गरेर बोल्न आउाछ न बुझ्छन् । पााच केजीको टाउको घरी दायाा घरी बायाा, घर तल घरी माथि बटार्नु भन्दा तिन्लाई अर्थोक पुक्कीभाङ्ग केही ग्यान छैन । अनि मुलुक के उाभो लागोस् ?
