नेपाली कााग्रेसको तेह्रौ महाधिवेशनमा निर्वाचित अधिकांश केन्द्रीय सदस्य पुरानै अनुहार केन्द्रीय सदस्यमा डा. शेखर कोइरालालाई अत्याधिक वहुमत : कतिपयले सय पनि कटाउन सकेनन्

धरान/सुदुरपश्चिमका रमेश लेखक र सदुर पूर्वका विश्वप्रकाश शर्मा (भण्डारी) बाहेक नेपाली कााग्रेसको १३ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यमा पुरानौ अनुहार दोहोरिएका छन् । विधान त कााग्रेसको ६४ सदस्यीय केन्द्रीय समितिमा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका ३६ जना निर्वाचित भएका छन् भने रामचन्द्र पौड्याल निकट मानिएका २८ जना निर्वाचित भएका छन् ।
अत्यन्तै सुस्त गतिमा भएको मत गणनाको सम्पूर्ण परिणाम सोमबार सााझमात्र बाहिर आएको हो । झण्डै एक हप्ता पछि सार्वजनिक खुल्ला तर्फको २५ केन्द्रीय सदस्यमा सर्वाधिक मत डा. शेखर कोइरालाले ल्याउनु भएको थियो भने २५ औं स्थानमा डा. मिनेन्द्र रिजाल पुग्नु भएको थियो । खुल्लातर्फको २५ सिटमा ९० जनाको उमेद्वारी
परेपछि कतिपयले एकसय मत समेत कटाउन सकेनन् । खुल्ला आरक्षणमा, मधेशी, जनजाति, दलित, महिला, मुस्लिमको परिणाम आउनु भन्दा अगाडि महामन्त्रीमा डा. सशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित हुनुभएको थियो । उहााहरु दुवै पौड्याल निकट मानिनुहुन्छ ।
खुल्लातर्फको केन्द्रीय सदस्यमा दोस्रो नम्बरमा खुमबहादुर खड्का र तेस्रो स्थानमा प्रकाशमान सिंह रहेका छन् । भ्रष्टाचार, जेल सजाय भोगेको भन्दै केही कााग्रेसीहरुले खड्काको विरोध गरे तापनि प्रजातन्त्रको लागि आजीवन उहााले पुर्‍याउनु भएको योदान तत्कालीन सत्ताबाट उहााले पाएको यातना आदिको स्मरण गर्दै कााग्रेस महाधिवेशन प्रतिनिधिरुले उहााको उच्च मुल्यांकन गरेका छन् । यसैगरी खुल्लातर्फ निर्वाचित हुनुभएका कुलबहादुर गुरुङ्ग चौथो स्थानमा ओगटिन पुग्नुभएको छ । खुल्लातर्फबाट निर्वाचित हुने अन्यमा प्रदीप गिरी, प्रदीप पौड्याल, बालकृष्ण खााड, धनराज गुरुङ्ग, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, बलबहादुर केसी, महेश आचार्य, सुजाता कोइराला, रामशरण महत, एनपी साउद, शंकर भण्डारी, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, प्रकाशशरण महत, बद्री पाण्डे, नारायण खड्का हुनुहुन्छ ।
यसैगरी प्रदेशका तर्फबाट प्रदेश नं. १ बाट गुरु घिमिरे, भिष्मराज आङदेम्बे, प्रदेश नं. २ बाट आनन्दप्रसाद ढुंगाना, रमेश रिजाल, प्रदेश नं. ३ बाट नविन्द्रराज जोशी, मोहनबहादुर बस्नेत, प्रदेश नं. ४ बाट गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, प्रदेश नं. ५ बाट दिपक गिरी, देवेन्द्रराज पाण्डे, प्रदेशन नं. ६ बाट हृदयराम थामी, जीवनबहादुर साही, प्रदेश नं. ७ बाट दिलेन्द्रप्रसाद बढु र वीरबहादुर बलायर छन् । महिलातर्फको ६ स्थानमा डिला संग्रौला, पुष्पा भुसाल, कमला पन्त, इश्वरी न्यौपाने, अम्बिका बस्नेत, सरिता प्रसाई निर्वाचित भएका छन् । मधेशी कोटाको ५ स्थानमा कुमार चौरसिया, महेन्द्र यादव, पर्वती डिसी चौधरी, किरण यादव, जनजातिका तर्फका ५ स्थानमा चीनकाजी श्रेष्ठ, बहादुर सिंह लामा, कल्याणकुमार गुरुङ्ग, सीता गुरुङ्ग, रत्ना शेरचन, दलित कोटाबाट पुरुषतर्फ जीवन परियार, मानबहादुर विश्वकर्मा मिन विश्वकर्मा र महिलातर्फ लक्ष्मी
परियार, सुजाता परियार र मुस्लिमतर्फ एक स्थानमा फरमुल्लाह मन्सुर विजयी भएका छन् । यसपटकको निर्वाचनमा कााग्रेसभित्रका हस्ती भनेर चिनिएका पदम नारायण चौधरी, तरुण दलका अध्यक्ष उदय शमशेर राणा, जिपछिरिङ लामा, डिना महालक्ष्मी, पूर्व महामन्त्री तथा गृहमन्त्री समेत भइसकेका गोविन्दराज जोशी, मनमोहन भट्टराई, अशोक
कोइराला, पूर्व सभामुख एवम् कााग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट,
चिरञ्जीवि वाग्ले, रामकृष्ण ताम्राकार, सूर्यमान गुरुङ, पूर्णकुमार शेर्मा, युवा नेता रामहरि खतिवडा, पुष्करनाथ ओझा, सोभाकार पराजुली, अर्जुनकुमार जोशी, भरतकुमार साह लगायत पनि पराजित भएका छन् ।

तपाईको प्रतिक्रिया