प्राकृतिक प्रकोप, नालायक दल र लाचार सरकार

पहुाच र शाक््िरमा नरहेका करोडौ नेपालीहरुलाई यस देशको नागरिक हुा भन्न पनि लज्जाबोध हुन थालेको छ । केही दिनको अविरल बर्षाले सैयौको मृत्यु भयो, हजारौ घरबारविहीन भए, कैयौ बेपत्ता भएका छन् । पीडितहरुले मुुलुकमा सरकार भएको अनुभूति गर्न सकेका छैनन न त निर्वाचनका बेला लम्पसार परेर हात जोड्दै आउने नेताहरु तथा तिनका दललाई वास्ता छ ।
साउन १७ गते सुनकोशी पहिरोबाट शुरु भएको विपत्ति क्रमश : मुलुकका अन्य भागसम्म फैलदै गएको भए तापनि तिनलाई राहत, उद्वार, औषधोपचार सरकारका तर्फबाट टाढाको कुरा भएको छ । बर्षाको बाढीले मानवीयका साथै भौतिक रुपमा भयानक क्षति पुर्‍याएको छ ।
यस्तो विपत्तिको अवस्थामा समेत सरकारमा रहेका जिम्मेवार दलहरुले एउटा समवेदनासमेत दिएका छैनन् । धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेका छैनन् । सरकारमा सहभागी एमाले गुण्डा नाइके चरीको मृत्यु प्रकरणमा अल्झिएको छ । एउटा गुण्डा जसले सैयौ व्यक्तिलाई दु:ख दिएको थियो, कैयौको घर उजाडेको थियो, कैयौलाई अपांग बनाएको थियो, कैयौसाग अपहरण गरी फिरौती असुल गरेको थियो । त्यस्तो आपराधिक पृष्ठभूमि भएको व्यक्ति प्रहरी कारबाहीमा मारिदा राष्ट्रिय एजेन्डा बनाउने एमाले विपदमा परेर मृत्यु भएका, घरवार विहिन भएका, घाइते भएकाहरुप्रति छलफल गरी राहतका लागि किन अग्रसर हुन सकिरहेको छैन ? मृतक र अप्ठोरमा परेकाहरु एमालेको छलफलको एजेन्डा नै बनेन । उता माओवादीको वैठक विपत्तिका समयमा धेरैपटक बस्यो । दाहाल र भट्टराईबीचको द्वन्द्वले वैठक तात्तियो, केन्द्रीय सदस्यलाई कारबाही भए तर पीडितको पक्षमा एक शब्द कुरा उठेन ।
मधेशवादी दलहरुलाई पहाडमा आएको विपत्तिसाग
सरोकारै छैन । यिनले न विगतमा चासो देखाएका थिए न अहिले चासो देखाउलान् भन्ने कसैले विश्वास गरेको छ । सिन्धुपाल्चोकमा पहिरोले नदी थुनिादा पश्चिम नेपालका बासिन्दालले राहत सामाग्री उठाएर पठाए, ताप्लेजुङ्गका बस्तीबाट राहत सामाग्री संकलन भयो, राजधानीका विभिन्न संघ संस्था, व्यक्ति, व्यवसायिक प्रतिष्ठानबाट राहत सामाग्री संकलन गरेर सम्बन्धित ठाउामा पठाइयो । धरान, इटहरी, झापा, मोरङ्ग, उदयपुर, ओखलढुंगा, भोजपुर, तेह्रथुम, पााचथर, रामेछापबाट राहत सामाग्री संकलन भयो र प्रमुख जिल्ला अधिकारीमार्फत त्यहाा पठाइयो । तर
तराईका कुनैपनि ठाउाबाट त्यस्ता राहत सामाग्री संकलन
गरिएन । २०६५ साल भदौ २ गते सप्तकोशीको पूर्वी तटबन्द भत्किएर हजारौ मधेशी मुलका सर्वसाधारण प्रभावित हुादा उनीहरुलाई ताप्लेजुङ्ग, पााचथर, सोलुखुम्बु, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुरका बासिन्दाले राहत सामाग्री संकलन गरेर दिएका थिए । अर्थात मधेशमा कुनै पनि विपत्ति आइलाग्दा हरसम्भव पहाडका बासिन्दाले राहत प्रदान गरेका छन् । तर मधेशबाट आजसम्म त्यस्तो सदासयता देखाइएको छैन ।
सरकार त त्यसै लाचार छ । मृतक र पीडितका नाममा आएको दातृ निकायहरुको सहयोग रकम पीडितको निरीक्षणमा भन्दै हेलिकोप्टर चढ्न र गोष्ठी तथा सेमिनार गरेरै सिध्याउाछ ।

तपाईको प्रतिक्रिया