खराब प्रहरीमाथि कारबाही

धरान/बद्री र पदीय आडमा सर्वसाधारणमाथि ज्यादति र असुलीको धन्दा गर्दै आएका तथा खराब आचार भएका आधा दर्जन प्रहरी कारबाहीमा परेका छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले त्यस्ता प्रहरीमाथि
कारबाही गरेको हो । पूर्व क्षेत्रीय प्रहरी कार्यालयको कार्यभार सम्हाल्न केही दिन अगाडि मात्र आउनु भएका डिआइजी केशरीराज घिमिरेले खराव आचरण भएका प्रहरीमाथि
कारबाहीका लागि एउटा छड्के जााच तथा अनुगमन टोली नै बनाएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
सर्वसाधारणको गुनासो र उजुरी समेतलाई ध्यानमा राखी छड्के जााच तथा अनुगमन टोलीले कोशी, मेची र सगरमाथा अञ्चलका माहतत प्रहरी कार्यालयमा कार्यरत खराब आचरण भएका प्रहरीको गोप्य रिपोर्ट तयार गरेपछि कारबाही प्रक्रिया अगाडि बढाउने गरिएको डिआइजी केशरीराज घिमिरेले जानकारी दिनुभयो । क्षेत्रीय प्रहरी कार्यालयका अनुसार हाल कारबाहीमा परेकामा मोरङ्गको नेमुवा प्रहरी कार्यालयमा कार्यरत सही काजीबहादुर बस्नेत र प्रहरी जवान डिल्लीराम दर्जी रहेका छन् । यसैगरी सुनसरीको दुहवी इलाका प्रहरी कार्यलयमा कार्यरत सई धमेन्द्र कार्की, मोरङ्ग जिल्ला प्रहरी कार्यालयमा कार्यरत सई तुलसी श्रेष्ठ, जवान सुरज चौधरी समेत कारबाहीमा परेका छन् । राम्रो काम गर्ने तथा शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेल्ने प्रहरीलाई पुरस्कृत गर्ने र गलत काम गर्ने तथा खराब आचारण भएकालाई कारबाही गर्ने डिआइजी घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया