धरान/फजुल खर्च नगरौा मितव्यायी बनौं भन्ने उद्देश्यले ब्राम्हण समाज धरान नगर समितिको आयोजनामा धरानमा नि:शुल्क सामुहिक ब्रतबन्ध संस्कार हुने भएको छ ।
यसभन्दा अगाडि समाजले गर्दै आएको सामुहिक ब्रतबन्ध र गुन्युचोली जस्ता संस्कार नाममात्रको केही रकम लिएर गराउदै आएको थियो । तर यसपटक पूर्ण रुपमा नि:शुल्क गर्ने निर्णय कार्य समितिले गरेको व्राम्हण समाज नेपाल धरान नगर समितिका अध्यक्ष उद्धवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
आगामी फागुन १३ गते विहीबार धरान १४ स्थित पिण्डेश्वर परिषरमा नि:शुल्क सामुहिक व्रतबन्ध संस्कार हुने र उक्त कार्यक्रममा सुनसरी, मोरङ्ग, झापा, धनकुटा, इलामदेखिका वटुकहरु सहभागी हुने अध्यक्ष अधिकारीले जानकारी
दिनुभयो ।
