दोस्रो इन्द्र बराह इन्द्र बराह एम्युचर ओपन गल्फ प्रतियोगिता हुने

धरान/धरानको निर्वाणा कन्ट्री गल्फ रिसोर्ट गल्फ खेलाडीहरुका लागि उपयुक्त स्थान बनेको छ ।
धरान १८ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको यो रिसोर्टमा बार्षिक २० देखि ३० वटा विभिन्न टाइटलका गल्फ प्रतियोगिता हुने गरेका छन् । एउटा प्रतियोगिता सकिन नपाउदै अर्को प्रतियोगिता गर्न आयोजकलाई भ्यान नभ्याई हुने गरेको छ ।
१९६२ मा गल्फ खेल कोर्षको स्थापना गरेको यस स्थानामा हाल दर्जनभन्दा बढी प्रोफेशनल र एम्युच्योर गल्फ प्रतियोगिता हुने गरेका छन् ।
यसैक्रममा शनिवार यस मैदानमा रामप्रसाद सुशिला एक्युचर गल्फ प्रतियोगिता सम्पन्न हुनासाथ दोस्रो इन्द्र बराह इन्द्र बराह एम्युचर ओपन गल्फ प्रतियोगिता हुने आयोजक धरान गल्फ क्लबले जानकारी दिएको छ ।
गत बर्षको कार्तिक ३० गते पहिलो प्रतियोगिता सम्पन्न गरेको बराहले यसपटक भने फागुन २९ गने शुक्रबार प्रतियोगिताको आयोजना गर्ने भएको
छ । शनिवार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक धरान गल्फ क्लबलका अध्यक्ष पूर्ण सुब्बाले सो
बारेमा जानकारी दिनुभएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार नगद बराबरको उपहार, ट्रफी र प्रमाणपत्र, द्वितीय हुनोलाई ५ हजार बराबरको उपहार, ट्रफी र प्रमाणपत्र र तृतीय हुनेलाई ३ हजार बराबरको उपहार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यसैगरी महिला तर्फ प्रथम हुनेलाई २ हजार, जुनियरतर्फ विजयी बन्ने खेलाडीलाई २ हजार नगद
बराबरको उपहार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको आयोजकले जानकारी दिएको छ ।
यसैगरी प्रतियोगितामा मोस्ट बर्डिज, लङ्गेस्ट ड्राइभ, नियरिष्ट द पिन, क्लोज टु द लाइन, वेष्ट स्पोर्टसमेनसीप लगायतका उपाधि हासिल गर्नेलाई समेत पुरस्कृत गरिने बताइएको छ ।
प्रतियोगितामा ६० भन्दा बढी खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ । १ लाख २४ हजार लाग्ने यस प्रतियोगितामा
बराहले १ लाख रुपैया प्रयोजन
गरेको छ भने खेलाडी शुल्कवापत २४ हजार उठाउने आयोजकले जानकारी दिएको छ
प्रतियोगिता १५ बर्षसम्म
निरन्तर आयोजन गर्ने बराह ज्वेलरी इण्ष्ट्रिज प्रा.लि र धरान गल्फ क्लबबीच सहमति भएको छ ।

तपाईको प्रतिक्रिया