आसनग्रहण नगराइएकोमा असन्तुष्ट

धरान/बीसौ विश्व आदिवासी दिवसका अवसरमा किराात राई स्वासित संघ र लिम्बुवान स्वाशासित संघ
सुनसरी धरानले आयोजना गरेको
अन्तरक्रिया कायक्रमममा किराात राई स्वाशसित संघका केन्द्रीय सह–संयोजक एलिबी खालिङ्गलाई कार्यक्रमका दौरान मञ्चमै आसन नगराएपछि पार्टीभित्रको विवाद चुलिएको छ ।
साउन २५ गते स्थानीय मोति भवनमा आयोजित कार्यक्रममा नगर र जिल्ला स्तरीय कार्याकर्तालाई मञ्चमा आसन ग्रहण गराई मन्तव्य समेत राख्न दिएको तर आफूलाई कार्यक्रममा उपस्थित हुादा हुादै पनि आशनग्रहण
नगराइएपछि उहााले आपत्ति जनाउनु भएको थियो । उहााले भन्नुभयो पार्टीको भातृ संगठन किराात राई स्वशासित संघको केन्द्रीय सह–संयोजक नै कार्यक्रममा उपस्थित हुादा नियतबस नगर सचिव पारस सुब्बाले अपमान गरेका हुन् खालिङ्गले भन्नुभयो । यतिमात्र हैन आफूले आपत्ति जनाउादा बाहिर निकाल्ने काम समेत भयो । उहााले भन्नुभयो ममाथि भएको अपमानको छानबिन हुनुपर्छ । एउटा नगर सचिवले केन्द्रीय सह–संयोजक माथि अपमन हुनु पार्टीभित्रको अनुशासन उलंघन मानिन्छ खालिङ्गको तर्क थियो ।
उता आयोजक नगर समितिका सचिव पारस सुब्बाले भन्नुभयो केन्द्रीय सह–संयोजक खालिङ्गले २०/२१ गते नै भोजपुर जान्छु भनेर हिाड्नु भएको थियो । आयोजकको नाताले उहाा जिम्मेवारीबाट पन्छिनु भयो । कार्यक्रम शुरु हुनुभन्दा तीन घण्टा अगाडिमात्र उहाा सम्पर्कमा आउनुभयो । उहााको अनुपस्थितिमा हामीले जिम्मेवारी अरुलाई दिइसकेका थियांैं । आसनग्रहण नगराएर उहाालाई वाइपास गराउन खोजिएको चाहिा होइन । मैले पनि आफ्नो तर्फबाट गल्ति भएको महसुस गरेको छु । हामी चााडै नै यस सम्बन्धमा वैठक राखी सकारात्मक र नकारात्मक कुराको समिक्षा गछौंै । वैठकमा केन्द्रीय सह–संयोजक खालिङ्गलाई समेत बोलाउाछौं र आगामी दिनमा पुन: गल्ति नदोहोर्‍योस् भन्नेतर्फ सतर्क रहन्छौ, सुब्को कथन थियो ।

तपाईको प्रतिक्रिया