जनतालाई आधारभूत आवश्यकताको व्यवस्था गर्न नसक्ने सरकार राज्यको ढुकुटीबाट पूर्व सत्ताधारी पाल्दैछ भुकम्प पीडित चिसोले मर्दै गर्दा घर, गाडी, भत्ता, भान्से, कर्मचारी, इन्धन दिनुले सरकार नांगिदैछ

धरान/केही दिन अगाडि इलामको लारुम्बा पुगेका पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ्गलाई सञ्चारकर्मीले सोधेका थिए, राज्यबाट पदमा नरहादा पनि तपाईले घर, भत्ता, महंगो गाडी, कर्मचारी, इन्धन, भान्से, गाडी मर्मत खर्च लिनुभएको हो ? प्रत्युत्तरमा उनले आफूले केही नलिएको बताएका मात्र थिएनन् त्यस्तो विद्येयक संसदमा दर्ता हुन लाग्दा आफूले नै फिर्ता पठाइदिएको बताएका थिए ।
आज तिनै पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले संसद सचिवालयले राज्यको ढुकुटीबाट खरिद गरेको ७० लाखको महागो गाडी लिएका छन् । उनले गाडी मात्र हैन चालक, इन्धन, मर्मत खर्च, घर, भत्ता, भान्से, कर्मचारी समेत लिएका छन् । नेम्बाङ्गमात्र हैन पूर्व सत्ताधारीहरु सबैले राज्यको ढुकुटी दोहन गरिरहेका छन् । अर्थात जनताको आधारभूत आवश्यकताको व्यवस्था गर्न नसक्ने सरकार राज्यको ढुकुटीबाट पूर्व सत्ताधारीहरुलाई पाल्न बार्षिक आठ अर्ब रुपैया खर्च गर्दैछ ।
भुकम्प पीीडतहरु आज चिसोले मर्दैछन्, बााचेकाहरु चिसो र खान नपाएर दीर्घरोगी बन्दै छन्, एउटा सिटामोल सम्म राज्यले उनीहरुलाई उपलब्ध
गराउन सकेको छैन तर पूर्व सत्ताधारी हरुलाई विलासी गाडी, चालक, इन्धन, भत्ता, सुरक्षित घर, भान्से, कर्मचारी, गाडी मर्मत खर्च, इन्धन दिएर सरकार नांगिदैछ भने पूर्व सत्ताधारीहरु अझ बढी नांगिएका छन् । उनीहरु सरकारले दिएका सुविधमा मस्त छन् , पूर्व गृहमन्त्री तथा एमालेका उपाध्यक्ष बामदेव गौतम २०७२ साल कार्तिकदेखि सरकारले दिएको स्र्कापियो गाडीमा हिडिरहेका छन् । चौतर्फी तिब्र आलोचनाको उपेक्षा गर्दै सरकारले कानुनमै नभएको अर्थात कानुन
विपरीत पूर्व विशिष्ट सत्ताधारीदेखि बहालावाला सांसद समेतलाई गाडी, चालक, इन्धन, घर, गाडी मर्मत खर्च उपलब्ध गराएको छ । यस्तो सुविधा पाउनेमा वा लिनेमा कहिल्यै मन्त्री वा अन्य कुनै विशिष्ट पद धारण नगरेका नेपाली कााग्रेसका शांसद अमरेशकुमार सिंह समेत रहेका छन् । उनले २०७१ साल फागुन १५ गते देखि नै वा ११ च ६४३७ नम्बरको स्किार्पियो जिप र दुईजना सुरक्षाकर्मी लिएका छन् ।
बाहिर जनताको सेवामा समर्पित भनेर ठूलठूला भाषण छााटेपनि केवल आफ्ना लागि मात्र राज्यकोषबाट सेवा र सुविधा लिन हदैसम्मको गति छाड्नेहरुमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, दोस्रो सविधानसभा निर्वाचन गराएका मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्व
राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा लगायत रहेका छन् । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई २०७१ फागुन ४ गतेदेखि वा १ झ ६४९८ नम्बरको इसुजु जिप, झलनाथ खनाललाई २०७१ जेठ १९ गतदेखि वा ११ च ६४३८ नम्बरको स्कार्पियो जिप दिइएको छ ।
रेग्मीलाई २०७१ मंसिर २४ गतेदेखि वा २ झ ११३ नम्बरको स्कार्पियो जिप, पूर्व राष्ट्रपति यादवलाई सहरी विकास मन्त्रालयले मासिक डेढ लाख रुपैयााको भाडाको आवास घर, चार कर्मचारी
रहेको सचिावलय सहित डेढ करोडको विलासी गाडी दिएको छ । उता राष्ट्रपति कार्यालयले पनि यादवलाई टोयोटा प्राडो गाडी, चलक, इन्धन, मर्मत खर्च उपलब्ध गराएको छ । उपराष्ट्रपति कार्यालयले पूर्व उपराष्ट्रपति परमानन्द झालाई टोयोटा प्राडो गाडी सहित सम्पूर्ण सुविधा उपलब्ध गराएको छ । यहाा स्मरणीय कुरा के छ भने पूर्व राष्ट्रपति रामवरण यादवलाई हाल सरकारले उपलब्ध गराएको घर भन्दा ५ सय मिटर दूरीमा यादवको आफ्नै आलीसान भवन रहको छ । यसैगरी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम
भट्टराई, सुशिल कोइरालालाई पनि विलासी गाडीसागै अन्य सुविधा दिने तयारी
भइरहेको छ । यसभन्दा अगाडि पनि सबै पूर्व प्रधानमन्त्रीलाई सुरक्षाकर्मी सहित सुविधायुक्त सवारी साधन दिइएको छ ।

तपाईको प्रतिक्रिया