किरात जनस्वायत्त जनपरिषद गठन

उदयपुर/नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको माओवादीले सोमबार २५ सदस्यीय किराात स्वायत्त जनपरिषद गठन गरेको
छ ।
उदयपुरको गाइघाटमा किराात प्रदेशका जिम्मेवार पार्टी कार्यकर्ताहरुको भेलाले
रविन किराातीको अध्यक्षतामा उक्त समिति गठन गरेको हो । पूर्वी व्युरो इन्चार्ज समेत रहेका नेत्र विक्रम चन्द नेतृत्वको केन्द्रीय जन परिषद् उपाध्यक्ष समेत रहेका विकास
किराातीको प्रमुख आतिथ्यमा जन परिषद् गठनको प्रक्रिया सम्पन्न भएको थियो ।
समाजमा रहेका विकृति, विसंगति, भ्रष्ट र तिनका पिछलग्गुुहरुलाई पार्टीको निर्देशन बमोजिम कारबाही गर्ने र गाउा, नगर, जिल्लामा भएका र हुने
गरेका विकास निर्माणमा रचनात्मक सहयोग पुर्‍याउने हेतुले किराात स्वायत्त जनपरिषद् गठन गरिएको पूर्वी व्युरो इन्चार्ज तथा प्रमुख अतिथि विकास किराातीले बताउनुभएको थियो । किराात स्वायत्त प्रदेशमा पूर्वका ६ जिल्ला सोलुखुम्बु, ओखलढुंगा, खोटाङ्ग, भोजपुर, उदयपुर र सप्तरीमा रहने बताइएको छ । यसैगरी उक्त पार्टीले बुधबार २२ गते लिम्बुवान स्वायत्त जन परिषद् गठन गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया