धरान/धरान उपभोक्ता तदर्थ समिति धरानले आइतबार यहाा एडिवीको विरुद्धमा विशाल र्यालीको आयोजना गरेको छ ।
धरानका ५ हजार भन्दा बढी उपभोक्ताहरुले नेपाल खानेपानी संस्थान धरानमा जम्मा भई हातमा प्ले कार्ड बोकी नाराबाजी गर्दै धरान उपमहानगरपालिकामा पुगी कार्यकारी अधिकृत टिकादत्त राईलाई ज्ञापनपत्र बुझाएका थिए ।
उपभोक्ताहरुले अल्पकालीन योजना चाहिादेन, भ्रष्टाचारीलाई लेखेट्छौं–लखेट्छौं, पानीको नाममा भ्रष्टाचार गर्न पाइादैन, खानेपानी संस्थान हटाउन पाइदैन भन्दै नारबाजी गरेका थिए । त्यसभन्दा अगाडि उपभोक्ता तदर्थ समितिका उपाध्यक्ष एवम् भूतपूर्व सैनिकहरुमाझ अत्यन्तै लोकिप्रय धनकुमार राईले खानेपानी संस्थानमा भेला भएका धरानका उपभोक्ताबीचमा सम्बोधन गर्दै भन्नुभयो जनताको भावना विपरीत धरान उपमहानगरपालिकाले एडिवीसाग दुई अर्ब १६ करोड ऋण लिएर संस्थान कब्जा गरी हालकै पानी महागो मूल्यमा बेच्ने तयारी गरेकोले हामी सचेत हुनुपरेको हो । हामी संस्थान कुनै पनि हालतमा कब्जा गर्न दिादैनौं । राज्यको दायित्व जनताका
आधारभूत आवश्यकता खानेपानी, शिक्षा, स्वास्थ्य सर्वसुलभ रुपमा उपलब्ध
गराउनु पनि हो । तर यहाा नगरपालिकाले षड्यन्त्रपूर्ण ढंगले अल्कालीन रुपमा ऋणको भार बोकाई महागो मूल्यमा संस्थानकै पानी वितरण गर्न खोजिदैछ । उपाधयक्ष राइले भन्नुभयो एडिवीको खानापानीमा लगानी धनकुटा, विराटनगर, राजविराज, बुटवल, नेपालगञ्ज, बनेपा सबैतिर असफल भइसकेको दृष्टान्त समेत दिनुभएको थियो । उहााले भन्नुभयो हामी एडिवीको ऋण खाादैनौ भन्दा पनि
जबरजस्ती घिचाउने काम हुादैछ, यसको प्रतिकार गर्नैपर्छ । सो अवसरमा रत्नमणि राई, समाजसेवी शुभ राई लगायतले बोल्नुभएको थियो ।
