पाता फकाईन्छ
नेपालका हावा पर्धानमन्तरीका हावा भाषण सुनेर होला हिजो आज घण्टाघर पनि हावा हावा सोच्न थालेको छ । अब हेरौ न अस्तिका दिन पर्धानमन्तरी खप्रओ आÏनो घरेलु जिल्लामा पुगेछन् । त्यहाा पनि उन्ले हावा वाणी फालिहालेछन् । बडो गजक्क परेर खप्रओले भनेछन् अब यो मावा खोला र रतुवा खोलाको पाता फर्काइन्छ । उनेरु झल्याास भएछन् हाम्रा
पर्धामन्तरीको बोलीको टुंगो छैन है । पश्चिमतिरका तुइन हाटाएर पक्की पुल बनाइदिन्छु, भुकम्प पीडितलाई ग्वाम ग्वाम दिन्छु, मधेश आन्दोलन चााडै टुंग्याउाछु भनेका खप्रओले कुनै काम गर्न नसकेको सम्झेछन् । अब खोलाकै पाता फर्काउछु भनेर बोल्न थालेसी’ जिल्लाबासीले पत्याउने कुरा पनि
भएन । कि कसो हौ ?
नदिने भए
आफ्नै पराई भएसी’ कस्को के लाग्दो रहेछ र ? अब हेरौ न हाम्रा पर्धानमन्तरीले गोडातीनेक महिना सिंहदरबारको हल्लिने कुर्सीमा विताउन पाएका छैनन् र्पू प्रम झल्लाझलु ओली सरकार हाटाएर राष्ट्रिय सरकार बनाउनुपर्छ भन्दै डंका पिट्न थाल्या छन् , झलुलाई एकाएक राष्ट्रिय
सरकार बनाउनु पर्छ भन्ने कुरा खोपडीमा कहााबाट घुस्या होला ? झलुले त्यसो भन्दा सबैले त्यसलाई गम्भीर षड्यन्त्र मान्या छन् । विचारा ओलीबाले हम्मरले हानेर मन्त्रलाय फुटाई आसेपासेलाई बल्ल बल्ल कनिकुत्थी भागबण्डा पुर्याएका छन् । आÏना जोरी पारिको थुतुनो बल्ल बुझ्याए भनेर पुलंकित भएका ओलीबालाई झलुको भनाईले गम्भीर झड्का दिएको छ ।
छुट्टै सरकार
नेपालमा आजसम्म सबैले एउटै सरकार देख्दै आएका थिए । अब भने सबैले दुईवटा सरकार देख्न पाउन भएका छन् । एउटै सरकार हुादा जनताले कहिल्यै न्याय पाएनन् । विकासका कामहरु पनि आगाडि बढेनन् । एउटा सरकार हुादा भ्रष्ट र कालो बजारीमात्र मैलाए । अब यी सबै कुराबाट जन्ताले मुक्ति पाउने भएका छन् । एउटा आाखाको के भर, एउटा हातको के
भर, एउटा खुट्टाको के भर भनेर हाम्रा बाजे बराजुले त्यसै भन्या हैनन् ।
सरकार पनि एउटा हुादा जन्ताले साह्रै दु:ख पाए । अविल्पव माओवादीले जनपरिषद माने जनसरकार गठन गरेर जन्तालाई द्रुत सेवा दिने भएको छ । भ्रष्टाचारी, माफिया, तस्करी, कालो बजारी, कमिशन खोर, विचौलिया सबैलाई उसले ठिङ्ग्याउने भएको छ । बााची बचिरहे के के देखिन्छ भन्ने हो रै’छ, घण्टाघरलाई शंका लाग्न थाल्या छ कही विप्लवको जनसरकारले खुई खुई काम गर्दियो भने ओली सरकार Ïलप पो हुने हुन कि ?
क्षेत्र निर्धारण
मधेशवादी दलसाग निर्णायक वार्ता गर्ने डम्फू बजाएको सरकारले आज सम्म डम्फू बजाउनै जान्या छैन । वार्तामा बस्छन् रोष्ट, चिकेनचिल्ली, वर्गर खाएको दाात देखाउाछन् अनि अर्को दिनलाई वार्ताको मिति सार्छन् । वार्तामा नमिलेको
कुराचाहिा गोडा तीनेक रै’छन् । त्यसमध्ये जनसंख्याको आधारमा क्षेत्र निर्धारण पनि एउटा रै’छ अब मधेशवादी दल, तिनका कार्जेकर्ताहरुले परिवार नियोजन नै गर्दैनन् , ६–६ महिनामा सन्तान उत्पादन
गरिरहन्छन् । यो योजना लागू भएको छ पहाडे समुदायमा रै’छ । अब जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्ने हो भने दुई सन्तान ईश्वरको बरदान भनी फकाइ फकाई परिवार नियोजन गर्न बाध्य बनाइएकाहरुलाई सरकार।ले क्षतिपूर्ति सहित हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गर्नुपर्यो । नत्र भने यो माग सरकारले पूरा गर्नु हुादैन । कि कसो हौ ?
कार्जेकर्तामा सन्त्रास
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक ठाउामा दरबन्दी भएर अर्को ठाउामा बसी मोज गरिरहेका काजे
कर्मचारीको विवरण गृह मन्त्रालयसाग माग गरेपछि काजेहरुमा खैलाबैला मच्चिएको छ । मन्त्रालयका उच्च कर्मचारी, मातहतका हाकिमले गर्नुसम्म चाकडी गरेर मालदार ठाउामा बसेका काजेहरुले अब गन्हाउने मुख लगाएर मालदार ठाउा छोड्नुपर्ने चिन्ताले भुटभुटिएका छन् । सामान्य प्रशासन मन्त्रालयले समेत काजेहरुको काज फिर्ता गर्ने तयारी शुरु गरेको छ । जे होस् ठूला माछामा हात हालेर प्रशंसा कमाएको अख्तियारले काजेहरुको डडेल्नु सेक्ने अभियान अगाडि बढाएकोमा घण्टाघर कम्ता गदगद् छैन । यतिबेला अधिकांश काजेहरु नेता, मन्त्रीको दौराको फेर समातेर गुहार माग्न थाल्या छन् रे ।
सिजन लाग्यो
नेपाली कााग्रेसका नेता कार्जेकर्तालाई यतिबेला सिजन लाग्या छ । मने कााग्रेसको १३ औं महाधिवेशन आउन लाग्या छ महाधिवेशनबाट पद फुत्काउन उनेरु यतिबेला सहर र गाउातिर लावालस्कर लागेर झर्दैछन् । अरुबेला भेट हुादा जुम्ल्याहा हात गर्दा समेत फर्केर हेदैनन् थिए । यतिबेला आफै जुम्ल्या हात गर्छन् । दंगदंगी गन्काउने मुख खोलेर जय नेपाल भन्दै जम्ल्याहा हात पर्साछन् । कोही तोत्यांग्रो बोल्दै पूर्वतिर हानिन्छन्, कोही भकभकाउदै पश्चिमतिर दौडन्छन् कोही आवा न चवाले पहाडतिर उक्लछन् । अरु बेला नि यसैगरी दौडिया भए कति वेश हुन्थ्यो । काठमाण्डौ छोडेर बाहिर जानुपर्यो भने बाबुको क्रिया बसेझै गर्थे । अहिलेचाहिा बोलाउ न सोलाउ लिाडे पुच्छर डोलाउ भनेझै आफै मुन्टिछन् । जे होस् कार्तिकका खै के जातिलाई सिजन लागे जस्तो भा’छ ।
प्रचण्डको बकबक
हिजोआज माउवादीका अध्येक्षे प्रचण्डाउ अलि ज्यादा बकबक गर्न थाल्या छन् । हुन त आफन्त सबैले छोडेर हिडेपछि विचरा विरक्तिएका होलान् । तैपनि त्यति साह्रो बकबक गर्नुचाहिा सुहाउने कुरै होइन । कहिले मोरङ,सुनसरी, झापा टुक्र्याएर मधेशीका माग पूरा गर्नपर्छ भन्छन्, कहिले तीन महिनाको सट्टा एकै महिनामा सीमांकन विवाद टुंग्याउनुपर्छ भन्छन । झन अस्तिका दिन इटहरीमा आएर १५ दिनमै टुंग्याउनुपर्छ भनेर ग ुड्डी हााके । कहिले के भन्छन् कहिले के भन्छन् । पूर्वमा आएर एउटा कुरा गर्छन, पश्चिमतिर पुगेर उल्टो भइदिन्छन । राजधानी पुगेर अकै कुरा फलाक्छन् । हिन्दी फिल्मका हिरो गजनीमा क्षणक्षणमै भुल्ने बानी जस्तै प्रचण्डाउमा पनि
रोग छ कि क्या हो ? प्रचण्डाउ यस्तै हो भने भोलिका दिनमा सबै कार्जेकर्ताले छोड्लान है । अलि हेक्का राखेर बोल्दा वेश हुन्थ्यो कि ?
अन्तेमा
बाउराम भट्टराईले तीन महिना पछि पार्टी घोषणा गर्ने रे । किन त्यसो गर्न लाग्या होलान् ? अहिले विचरा कुनै पार्टीमा छैनन्, कुनै पार्टीका ेनेता पनि हैनन उनमा कुनै जिम्मेवारी पनि छैन । आफैले बनाएको संविधानलाई बेकारको भन्दै हिाड्छन् । सीमांकन अहिल्यै टुंग्याएर मधेश आन्दोलनको समाधान हुनुपर्छ भन्छन् । लछारपाटो चाहिा केही लगाउादैछनन् । यसो पढे लेखेको मान्छे केही खालो सारि पो हाल्छन् भन्या थ्यो अन्तेमा उही गुएलाको फूल । पुरानाले त यहाा केही लछारपाटो लगाउन नसक्या बेला नयााा पार्टीले के लोपार्ला र ? बरु पुरानैतिर फर्केर पुरानै ठाउामा बसे यसो नोता सम्म त भन्थे । कि कसो हौ ?
