द्वन्द्वको घाउ जस्ताको तस्तै, पाएनने उपचार

धरान/ देश शान्ति प्रक्रियामा आएर संविधान निर्माण भइसक्दा पनि जनयुद्धका कारण घाइते भएका माओवादी पुर्व लडाकुहरुको अझै उपचार हुन सकेको छैन । पुर्व लडाकुहरु अझै पनि द्वन्दका निशान लिएर बााच्न बाध्य छन् । माओवादीकै नेतृत्वमा २ पटक सरकार बन्यो र पटक पटक सरकारमा सहभागी भयो उनीहरुले मल्हम पट्टी पाउन सकेका छैनन् ।
साना ठुला गरि ३० ओटा युद्धमा लडेका माओवादी पुर्व लडाकु दोलखाका अमृत बहादुर बस्नेत ( रामचन्द्र) यतिवेला शरिरमा बमका ७० ओटा छर्रा बोकि धरान २३ पानमारामा परिवार सहित बस्दै आएका छन् । डेरा गरि पसल चलाएर जीन्दगी विताउन भन्दा शरीरमा गडेका बमको छर्राको पिडा सहन निकै गाह्रो भएको उनि दुखेसो गर्छन ।
तत्कालिन शाहि सेनाको अत्याचार सहन नसकेर माओवादी प्रवेश गरेका बस्नेतको सपना थियो धनि गरिव समान भएको हेर्ने । तर आज त्यो सपना वालुवाको घर रहेछ भन्ने उनलाई लागेको छ । हेर्दा हेर्दे आाफै सागका साथिहरु राज्य सञ्चालनको मुख्य स्थानमा पुगेर रुप रागनै परिवर्तन गर्दा समेत आफ्नो युद्धको घाउमा कसैले मलम नलगाइ दिादा असली क्रान्तिको अर्थ बुझ्न निकै ढिला गरेछु भन्ने उनलाई पछुतो भएको छ ।
९ वर्ष र ३ वर्षका दुइ छोरालाई पढाउन एउटा किराना पसल थापेका बस्नेतलाई आफ्नो नियमित उपचारका लागि रकमको अभाव छ ।
माआवादी पुर्व लडाकु नै रहेकी श्रीमतीले उनलाई पसलमा निकै सहयोग गरेकि छिन् । शरिर भित्र गडेका बमका छर्राले निकै चर्‍याउने गर्छ । शरिरका विभिन्न भागमा अप्रेसन गरिएको छ । अझै टाउका, हात, पिठ्युा तथा खुट्टामा बमका छर्रा बााकि नै छन् । जसको तत्काल अप्रेसन नगरे प्यारालाइसिस तथा क्यान्सर हुन सक्ने चिकित्सकले बताएका छन् । स्वअवकाशमा घर फर्केका बस्नेत, आफ्नो पार्टीका
धेरै नेतालाई हार गुहार गर्दा समेत अहिले सम्म सहयोग नगरिएको भन्दै निराश जीवन लिएर बााच्न विवश छन् । देश जनताको नाममा युद्ध लडाइएका उनि जस्तै थुप्रै पुर्व लडाकुहरुको अव्वस्था यस्तै छ अमृत त उदाहरण मात्र हुन् । राज्य भन्दा पनि माओवादीले यीनीहरुको उपचार गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया