पियन, खरदार, मुखिया, वैदार र केही कार्यालय प्रमुखहरुको मात्र भ्रष्टाचार अभियोगमा कठालो समात्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनैतक र गुण्डागर्दीको आडमा अथाह लुट मच्चाएकाहरुलाई पत्र काटेपछि त्यसै नेपालको भ्रष्टहरुको सञ्जालमै ठूलो भुइाचालो ल्याइदिएको छ ।
एमाले, नेपाली कााग्रेस, माओवादीलगायतका दलका कथित प्रभावशाली भनाउादा नेताहरुलाई केही दिन अगाडि अख्तियारले पत्र काटी उनीहरुको अकुत सम्पत्तिका सम्बन्धमा बुझ्न मात्र बोलाउादा त्यसले सर्वत्र तरंग ल्याइदिएको छ । पत्र काटिएका व्यक्तिहरुले
राज्यको सम्पति हिनामिना गरेका थिएनन, गलत र अवैध ढंगले सम्पत्ति आर्जन गरेका थिएनन् भने उनीहरुले कोकोहोलो मच्चाएर चिच्याउनु पर्ने थिएन ।
अख्तियारको पत्र ज–जसले पाएका छन् ती यतिबेला विचलित मात्र हैन अख्तियारको सक्तो सरापमा लागेका छन् । उनीहरु अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि नै महाअभियोग लगाएर हाटाउनुपर्छ भन्दै आक्रोस पोख्न थालेका छन् । एउटा संवैधानिक निकायका प्रमुखमाथि उनीहरु जसरी खनिने दुष्चेष्टा गर्दैछन् त्यसबाट प्रष्ट हुन्छ उनीहरु भ्रष्टाचारी मात्र हैन महा भ्रष्टाचारी हुन् । भ्रष्टाचार नगरेको भए उनीहरु त्यसरी बर्बराउने, आक्रोस पोख्ने गर्ने थिएनन् । एउटा संवैधानिक आयोगका प्रमुखमाथि त्यसरी खनिने थिएनन् ।
२०४६ साल भन्दा अगाडिका कााग्रेस, एमाले र राप्रपाका नेता र २०६३ साल पछिका माओवादीका नेताहरुको आर्थिक हैसियत हेर्दा जुनसुकै नेपालीले जिब्रो टोक्नु पर्ने अवस्था आएको छ । यो २५ बर्षको अवधिमा मलुक अद्योगतितिर धकेलिको छ , हरेक नेपालीको टाउकोमा करोडौ रुपैया वैदेशिक ऋणको भार छ । तर राजनैतिक पार्टीका नेता र तिनका आसोपासेहरुको आर्थिक हैसियत रातारात चुलिएको छ ।
राजनैतिक आडमा राष्ट्रलाई दोहन गरी छोटो समयमा यिनले आर्जन गरेको सम्पत्तिको स्रोत के हो ? हिजो प्लाटिक्सका चप्पल लगाएर गल्ली, चियापसल र ठर्राको भट्टी चहार्दै हिड्नेहरु आज करोडौको गाडी चढ्छन् । राजधानीका सुविधा सम्पन्न ठाउामा आलिशान महल खडा गरेका छन् । आफ्ना सन्तानहरुलाइर् स्वेश तथा विदेशका महंगा स्कुलमा पढाएका छन् । आखिरी यत्तिका सम्पत्ति कहााबाट आयो ?
के यतिका सम्पत्ति यिनका पैतृक हो ? के यिनका बाउ उद्योगपति, कुनै जमिन्दार थिए ? के ससुरालीका तर्फबाट यिनलाई गार्धन प्राप्त भएको थियो । यदि सो हो भने अख्तियारले पत्र काट्नासाथ यिनले विचलित हुनुपर्ने अवस्था थिएन । गलत ढंगले, राजैनिक आडमा आर्जन गरेको सम्पत्ति भएकैले यिनीहरु विचलित भएका हुन् । आज अख्तियारले जे कदम उठाउने सहास गरेको त्यसको सबैले सह्राना गर्नैपर्छ । आफ्नो हैसयत उदांगो हुने र नांगिने भयले पत्र काटिएका भ्रष्टहरु चिच्याएको बुझ्न अब कसैलाई अप्ठ्यारो पर्दैन । सांसद भएर मेडिकल कलेज खोल्न्े, क्रसर उद्योग चलाउने, तस्कर र माफियाको विश्वास पात्र बन्ने, गुण्डा पाल्ने भएपछि देश आज अद्योगतितर्फ लागेको हो । अख्तियारले आफ्नो काम गर्न नपाउने, उसलाई आफ्नो दायरामा
रहेर काम गर्न नदिने हो भने त्यसलाई खारेज गरिदिए भइगयो । नत्र अख्तियारका प्रमुख विरुद्ध भ्रष्टहरुले खनिनुको तुक हुादैन । वास्तवमा यो मुलुम भ्रष्टहरुकै कारण आजको दुर्दान्त अवस्थामा आइपुगेको हो । नीति निर्माण तहमा बस्नेहरुले आफ्नो पदीय मर्यादा उल्लंघन गर्दा नेपालीको यो हविगत भएको हो । वास्तवमा भन्ने हो भने राजनैतिक दलका नेताहरुमा राष्ट्रप्रतिको चिन्तन र जिम्मेवार भइदिएको भए यो २५ बर्षमा नेपाल धेरै विकसित भइसक्ने थियो । दाताले देला र खाउला भन्ने अवस्थामा रहने थिएन । तसर्थ अख्तियारले ढिलै भएपनि शाहसिक कदम अगाडि बढाएको छ । त्यसमा हामी सबैले साथ र सहयोग गनैंपर्छ ।
