मोटोपना स्वास्थ्यको लागि घातक

धरान/ खानपान र शारीरिक व्यायाम नहुदा अहिले मानिसहरुको मोटोपना बढेसंगै मृत्युको मुख्य कारण बन्न पुगेको कार्यक्रममा सहभागी चिकित्सकहरुले बताएका छन् ।
सन्तुलित आहार र व्यायाम नहुदा शरीरको तौल वृद्धिसगै विविध रोगबाट संक्रमित हुने र मोटोपनकै कारण
मृत्युवरणसम्म पुग्ने गरेको धरान हेल्थ होम सातौ शाखाको उद्घाटनका
अवसरमा बोल्ने अधिकांश चिकित्सकहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्रसुति विभागका प्राध्यापक चिकित्सक मोहनचन्द्र रेग्मीले मानिसको हरेक रोगको कारण मोटोपन नै भएको बताउनुभयो । उहाले मोटोपन एक
प्रकारको रोग भएकोले यसबाट डाइभेटिज, मुटु रोग, उच्च रक्तचाप, मृगौलामा खराब लगायतका रोगहरु उत्पन्न हुने भएकोले समयमै मोटोपनलाई घटाउन सुझाव समेत दिनुभयो । उहाले विकसित सहरहरुमा बस्ने मानिसहरुको जीवनशैलीकै कारण यो अवस्था आएको बताउनुभयो ।
यस्तै धरान हेल्प हाउसका सिओ डा. कृष्ण भण्डारीले मोटोपनकै कारण दैनिक मानिसको मृत्युमा वृद्धि भएकोले यसलाई सन्तुलित बनाउनका लागि नेपालका विभिन्न सहरहरुमा शाखा कार्यालय खोलिएको बताउनुभयो । उहाले शारीरिक व्यायमका र सन्तुलित आहारको विषयमा जानकारी गराउने पद्धति भएकोले यहा उपचारका लागि आउनेहरुलाई नकरात्मक असर नहुने  े बताउनुभयो ।
यस्तै नेपालकी चर्चित अभिनेत्री करिष्मा मानन्धरले समेत आफूले
धेरै समयदेखि यस प्रकारको उपचार गराइराखेको बताउदै यसकै कारण अहिलेसम्म स्वास्थ्य रहन सहयोग पुगेको बताउनुभयो ।
धरान ९ गौतमपथमा खोलिएको सो हेल्थ हाउसको उद्घाटन प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा अञ्चल प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी पवनप्रसाद खरेल, महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्य लगायतले यस हाउसको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
यो विधि प्रयोग गर्दा एकै महिनामा ४ देखि ५ केजी तौल घट्ने समेत सञ्चालकले जानकारी
दिनुभयो ।

तपाईको प्रतिक्रिया