सिमसाग खेति गरेर मनग्गे आम्दानी

धरान/खोलाको बगरमा सिमसागको खेती गरि धरान २१ कालिमाटीका स्थानियवासीले मनग्गे आम्दानीबाट जिविकोपार्जन गरिरहेका छन् । सागसब्जी मध्ये अग्र्यानिक सिमेसागको व्यापार मासिक १ लाख रुपैया सम्मको व्यापार हुने गरेको
छ ।
खोलाको बगरमा कसैले पनि खेती लगाउन चाहदैनन् । खोलामा आउने बाढीले खेती बगाउने डर हुन्छ । तर धरान २१ कालीमाटीका किसानहरु बगरकै खेतीबाट आफ्नो जिविकोपार्जन गरिरहेका छन् । पानीमै उम्रने सिमसागको खेतीले उनीहरुको जिवन धानीरहेको छ । साउन लागे देखिनै सिमसागको खेति शुरु हुन्छ । खेती शुरु गरेको २२ दिन पछिनै बिक्री गर्न सकिन्छ । सिमसागको खेतीबाट मासिक रुपमा डेढ लाख रुपैया सम्म आम्दानी हुने गरेको स्थानिय बताउाछन् । कालीमाटी वरिपरिका स्थानियवासीको ५ महिनाको मुख्य आम्दानी भनेको सिमसाग खेती हो । धरान, विराटनगर सम्मको सिमसागको व्यापारले ५ महिना सम्म
आरामले घर धान्ने गरेको छ । दैनिक जसो सिमसाग ४५ रुपैयाका दरले डेढ सय मुठा सम्म बिक्रि हुने गरेको कृषक पदम
राईको भनाई छ ।
सिमसार क्षेत्रमा उनीहरूले हरेक वर्ष नगदेबालीका रुपमा सिमसागको खेती गर्दै आइरहेका छन् । सिमसाग खरिद गर्न व्यापारी घरघरमै आउने गरेकाले उनीहरू सिमेसागको खेतीप्रति झनै आकर्षित हुादै गइरहेका छन् । खोलामा पानी आउन्जेल सम्म सिमेसागको खेतीमा हुन्छन् भने त्यस पछिका सिजनहरुमा अन्य सागसब्जी मुख्य पेशाको रुपमा रहेको छ । सागहरुमा अग्र्यानिक मानिएको सिमसाग अन्य सागहरुको तुलनामा राम्रो व्यापार हुने
गरेको शिवलक्ष्मी राईले बताउनुभयो ।
खोलाको पानीमै उम्रने भएकाले सिमसागको खेतीलाई कुनै रासायनिक मल लगाउन पर्दैन । धेरै दुख पनि गर्नु नपर्ने भएकाले त्यस क्षेत्रका किसानहरु सिमसाग खेती तर्फ आकर्षित छन् । पुख्यौली पेशाको रुपमा रहेको सिमसागको खेति शिवझट्टाको फेदी देखि भालु खोला सम्मको बगरका किनाराहरुमा लगाईएको छ । कुनै पनि रासायनिक मलको मिसावट बिनानै स्वच्छ खोलामा बग्ने पानीमा उमारिएको अग्र्यानिक सिमसागको व्यापारलाई बढाउन व्यापारिक केन्द्रहरुको ध्यान पुग्न सके यस खेतीले अन्य बाली जस्तै महत्व पाउने
थियो ।

तपाईको प्रतिक्रिया