दिल्लीमा कला प्रदर्शन

राजधानी– विभिन्न देशमा अन्तर्रा्ष्टि्रयस्तरको कला प्रदर्शनी गर्दै आइरहेको अन्तर्रा्ष्टि्रय वाटर कलर सोसाइटीले पहिलोपटक भारतको नयाा दिल्लीमा कला प्रदर्शनी गरेको छ ।
दुई–दुई वर्षमा गरिने कला प्रदर्शनीमा ३८ देशका २०० भन्दा बढी कलाकार सहभागी थिए भने ३५० कलाकृति राखिएको थियो ।
प्रदर्शनीमा नेपालबाट ११ जना कलाकार सहभागी भएका थिए ।
सो सोसाइटीका नेपाल च्याप्टर अध्यक्ष एनबि गुरुङको संयोजनमा सहभागी कलाकार नयाा दिल्ली गएका थिए । डिसेम्बर ३–८ सम्म जारी सो बायनाले (प्रदर्शनी)ले नेपाली कलाकार र कलालाई
अन्तर्रा्ष्टि्रय रुपमा चिनाउन मद्दत पुर्‍याएको अध्यक्ष गुरुङले बताए । उनले डेमोष्ट्ेरशन कार्यक्रममा भूकम्प र नाकाबन्दीले नेपालमा
पारेको मानवीय प्रभावलाई चित्रमार्फत प्रस्तुत गरेका थिए ।
‘पिस एण्ड हार्मोनी थ्री वाटर कलर’ शीर्षकमा भएको सो प्रदर्शनीमा नेपाली कलाकारले सहभागिता जनाउनु पनि ठूलो उपलब्धि रहेको गुरुङले बताए । नेपालबाट सो प्रदर्शनी एनबि गुरुङ, डिराम पाल्पाली, सुर्य बराइली, भीम श्रेष्ठ, डिबी राई, सुरेश स्याङतान, मनोज तामाङ, गोपाल
दराई, छेतेन शेर्पा, सरिता अग्रवाल र थमन सुनार रहेका छन् ।

तपाईको प्रतिक्रिया