घण्टाघरबाट हेर्दा

ठूला माछा
अख्तियारका प्रमुख लोकमानसिंह साना माछा मार्दा मार्दा र्हैरान भा’थे । विभिन्न पोखिरीका मालिकले विचारा कार्कीलाई जिस्क्याइरहेका थिए, के झिनामसिना साना माछा मात्र समातेको ? ठूला माछा समात्नु नि । कार्कीलाई पनि साह्रै जंग चलेछ । आफ्नो बल्छीमा अलि मोटो धागो लगएर उनले विभिन्न पोखरीमा दुवाली थापे । त्यसपछि बल्छीमा ठूलै आकारका माछा बल्झेका छन् । अब त्यसलाई तान्ने कसरतमा कार्की लाग्नु भएको छ । तर पोखरी मालिकले कार्कीलाई थर्काउन थालेका छन् । जसले ठूला माछा समाउन सल्लाह दियो उसैको पोखरीमा दुवाली खेल्ने भनेर उनेरले कार्कीको सातो लिन थाल्या छन् । अर्काको पोखरीमा आएर त्यसरी माछा मार्न नपाइने पोखरी मालिकको तर्क छ । पोखरी मालिकले जतिसुकै ख्याउा ख्याउ गरेपनि लोकमानले बल्छीमा परेमा माछा छोड्लान् जस्तोचाहिा छैन । आखिरी लोकमान न परे ।
विज्ञापन
यतिबेला खप्रओ लगायत उनका चारतिर थुतुनो फर्काएका मन्त्रीहरु संविधान प्रचार अभियानमा लागेका छन् । आठ बर्ष लगाएर चोसा र चोसी भएपनि आफूले उत्पादन गरेको संविधानको प्रचार गर्नु राम्रै हो । आफूले उत्पादन गरेको वस्तुले बजार पाएन भने लगानी पनि डु र उत्पादकको पनि विल्लीवाठ हुने भएपछि उनेरु विज्ञापन व्यस्त भएका हुन् । बजरमा विक्री नभएपछि विज्ञापन त गर्नै पर्‍यो । संविधान प्रचार गर्न खप्रओले एउटा टोली नै खटाइएका छन् । उनीहरु राम्रो, बलियो, भरपर्दो, धेरै टिकाउ भएका नयाा संविधान आयो भनेर बजारमामात्र हैन गाउाघरतिर समेत प्रचार गरिरहेका छन् । ६/६ वटा भाषामा उल्था  गरेर प्रचार गरे पनि कमसल देखिएकोले किनिदिनेहरु कतै देखिएका छैनन् ।, उच्च गुणस्तरको, विदेशी प्रविधिद्वारा नेपालमै उत्पादन भएको भन्दा पनि कसैले किनने छााटकाट नै देखाएका छैनन् । तराइतिर आगो तापन यसो अलअलि किनेर लगे रे । त्यसै पनि राईमा चार महिनादेखि शतलहर चलेको छ ।
डस्विनमा लगानी
सरकारको काम कारबाही देख्दा यतिबेला सैयौको जर्नि जरेर आउाछ । गोडा आठेक बर्षसम्म ढुकुटी चपाएर बसेकाहरलई फेरि यो सरकारले आजीवन ढुकुटी चपाउने बन्दोबस्त गर्दिएछ । अब हेरौ न राष्ट्रपति,
उपराष्ट्रपति, सभामुख, पूर्व सरकार प्रमुख, उच्च पदस्थहरुलाई जन्ताले गाास काटेर तिरेको करबाट आजीवन आवास, ६०/७० लाखको गाडी, मासिक भत्ता, नानी सुसरोहरु सबै दिने घोषणा गरेछ । यसबाट अब ३ अर्ब रुपैयााको व्यय भार बढ्ने भएछ । यो खप्रओको बुद्धिले देशलार्य नै सत्यानस पार्ने भयो ,। ३ अर्बले २० मेघाबाट विद्युत उत्पादन हुन्छ । डस्विनमा फालिएका माथि त्यत्रो खर्च किन गर्नु ? विनाश काले विपरीत बुद्धि भनेको यही यही हो । कि कसो
हौ ?
सर्रर्र चीन भ्रमण
जुनै जोगी आए नि कानै चिरेको । आफूलाई सर्वहाराको नेता भन्ने
तर सर्वहारालाई दनक दिन खप्पीस मानिने शक्तिबहादुर बस्नेत उर्फ गृहमन्त्रीले यसटक सबैलाई आश्चर्यचकित बनाइदिएका छन् । वैसाखमा गएको भुकम्पले १० हजारको ज्यान लियो, हजारौ अंगभंग भए, लाखौ घर भत्किए, चीन सरकारले भुकम्प पीडितका लागि केही युवा युवतीलाई चीनको भ्रमण गर्न निम्तो दियो । तर बस्नेतले प्रचण्डाउका छोरी, नातिनी, केन्द्रीय सदस्यका श्रीमति, आफ्ना नातागोताहरुलाइ त्यसतर्प पठाएछन् । चीन भ्रमनमा जाने माउवादीका कुनचाहिा आफन्त, एमालेका कुनचाहिा आफन्त कहााका भुकम्प पीीडत हुन् ? सत्तामा हुादा शक्तिबहादुरले आफ्नो शक्ति देखाए  आपन्त हुादाहुादै वेÏवाकमा अरुलाई किन पठाउने भन्ने सोचेर शक्तिले यसो गरे छन् । हुन त शक्तिबहादुरदलाई मात्र के दोष दिनु ? बामदेव गौतमले पनि आफ्ता छोरालाई सहीदको बोटामा चीनमा पढ्न पठाएकै हुन् । मौका पर्दा कसले चाहिा पो छोडेका छन् र ? कि कसो हौ ?
भात पचाउने मेलो
नेपालका पूर्व राष्ट्रपति डा्.
रामवरण जादवले सरकारी भात पचाउने आइडिया निकाल्न थालेछन् । सरकारी घरमा बसेर, सरकारी सवारी साधन चढ्ने, मासिक रुपमा सरकारी भत्ता डकार्ने
सरकारी सुरक्षाकर्मीबाट सुरक्षा लिएका जादवले अस्तिका दिन मधेशी मोर्चालाई सीमा नाकामा धर्ना बस्न छाडेर वार्ताबाट समसइा समाधान गर भनेछन् । जादवका त्यस्तो भनाई सुनेकी’ घण्टाघर पनि एकछिन् जिल्लियो । हैन हाउ यी जादवले के भन्या हा ? यति नबोले सरकारी दानापानी नपच्ने भएरै बोया होलान् , खैर केही छैन । राष्ट्रपति हुादा मधेशवादी दलका नेतालाई शितल निवासमा बोलाएर उचाल्ने अनि अहिले थान्को लागेसी वार्ताबाट समस्या समाधान गर भनेर लोलोपातो घस्ने ? जे होस जादवले भात पचाउने आइडियाचाहिा गजबै निकालेछन् ।
वार्ता
मधेशवादी दल र स रकारबीचको वार्ता बडो गजबले अगाडि बढेको छ  आज वार्ता, विहान वार्ता, बेलुका वार्ता । वार्ताको ध्वाास पिट्न सञ्चारमाध्यमलाई पनि सरकाररले बोकै बनाएर प्रचार
गराउाछ । अन्तेमा वार्ता मिलेर भनेर मधेशवादी नेत ार सरकारी नेता बाहिरिन्छन् । निणायक वार्ता भन्यो निर्णचाहिा केही हुादैन । निर्णय नै केही नहुने वार्तालाई भुत्राको निर्णायक हुने भनेर फुइा लगाएर प्रचार गर्नु ? निर्णायक वार्तामा चिया, विस्कुट, हाासीइमजाक र उखान तुक्काचाहिा गजबले सुनाउदो रै’छ । आखिरी उखान तुक्काको डिस्नरी नै परे पलोको पलाकेकै गछृन् रे । वाताृमा उठाउनुपर्ने कुरा नउठाकनै वार्ता सिद्धिदो रै’छ । त्यस्तो जग हसाउाउने वार्ता गरेर मधेश
आन्दोलन लम्ब्याउन सरकारले सहयोग पुर्‍याइरहेको छ छ भन्थे हो
रैछ । अब वार्ताको नाटकको पर्दा लगाउादा नै ठीक होला । कि कसो
हौ ?
जुट्दै फुट्दै
जुट्नुको पनि टुंगो छैन फुट्नुको पनि टुंगो छैन भनेर कसैले प्रश्न गरे त्यसको ठीक जवाफ लिम्बुवान पार्टी हुने भएो छ । लिम्बुवान पार्टीको नियति नै जुट्नु फुट्नु हो कि क्या हो ? अब हेरौ न केही महिना पहिला पााचवटा लिम्बुवान पार्टी सुनसरीको भेडेटारमा जम्मा भए । खास खुस गरे । त्यसपछि पत्रकारलाई बोलाएर हामी जुट्यौ भनेर मच्चिइ मच्चिई सुनाए । त्यसको खुशियालीमा पत्रकारहरुलाई मुर्छा परुन्ज्याल चोक्टा र झोलको व्यवस्था गरियो । चोक्टा चपाएर झेल घुट्क्याउदै पत्रकारले नि भंगेरे अक्षरमा समाचार लेखे । तर त्यसको नशा उत्रन नपाउदै फेरि उनीरु पहिलेकै अवस्थामा माने साइजमा आएका छन् । एकले अर्कालाई सक्तो सराप गर्न थाल्या छन् । केही ग्रेटर नेपालका पक्षपाति त कोही नौ जिलका हिमायित रे । ग्रिट नेपालवालाले उाभो तिर बन्द हड्ताल गर्देछन् नौ जिल्लावाला मधेशी मोर्चासाग भाषण गर्दै हिड्या छन् । यसो भएसी फुइय्यााको लिम्बुवान प्राप्त हुनु ?
अन्तेमा
काठमाण्डौका जन्तालाई पानीको छेलोखेलो गराउमछौ भन्दै एडिवीका दलालहरुले काठमण्डौ खानेपानी संस्थान कब्जागरे । कब्जा गर्नासाथ ९ दिनमा अलिकता पानी चुहिन
थाल्यो । पहिला पहिला दैनिक पानी आउने धारा एडिवीको असक्ति अनुहार र नजर पार्नासाथ काठमाण्डौ काकाकुल बन्यो । अब एडिवीले काठमाण्डौमा पानी खुवासन नसक्ने भन्दै हात झक्ने तरखर गर्न थाल्या छ रे । कमिशन डकार्न एडिवीको ऋण लिएको सरकारले भएको संरचनामा सुधार गर्नुपर्नेमा अरुलाई जिम्मा लगाएसीि भुत्राको काठमाण्डौबासीले पानी पाउाछन् । हैन हौ नेपालीको कर्मै घटिया हो कि क्या हो ?

तपाईको प्रतिक्रिया