धरान/उपचार, अनुसन्धान र अन्तर्राष्ट्रिय स्तरको शिक्षण संस्थाको रुपमा ख्याति आर्जन गरेको नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूसाग भएको स्रोत साधनलाई आन्तरिक व्यवस्थापन गरी थप सात बेडको सघन उपचार कक्ष (आइसियु) सोमबारदेखि सञ्चालनमा ल्याएको छ ।
यसभन्दा अगाडि पनि प्रतिष्ठानले आफूसाग भएको स्रोत साधनको आन्तरिक व्यवस्थापन गरी अत्याधुनिक ब्लड बैंक, बाल आकष्मिक कक्ष, प्रसुति सेवामा उपकरण थप, स्पेशियालिटी, कार्डियोलोजी, कोर्डियो थ्रेसिक सर्जर एपोन्ट गरिसकेको छ । सोमबारदेखि सञ्चालनमा ल्याइएको सात बेडको थप सघन उपचार कक्षका लागि डक्टरहरुको अन्तरर्वाता लिएर नियुक्ति गर्ने काम केही दिन अगाडि नै सम्पन्न गरिसकेको थियो । यसै सम्बन्धमा जिज्ञासा राख्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. अरविन्दा सिन्हा भन्नुहुन्छ बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान टर्चरी केयर हस्पिटल भएकोले हामी सुपर स्पेशियालिटीतर्फ अगाडि बढिरहेका छौं । सकभर यहाा भएका सम्पूर्ण डिपार्टमेन्टमा सुपर स्पेशिलिर्टी शुरु गर्ने हाम्रो सोच छ । केही डिपार्टमेन्टमा यो सेवा शुरु गरिसकेका छौ भने आउने दिनमा अन्य डिपार्टमेन्टमा पनि यो सेवा शुरु गर्छौ, निर्देशक सिन्हाले भन्नुभयो ।
निर्देशक प्रा.डा. सिन्हा भन्नुहुन्छ यो हस्पिटल टर्चरी हस्पिटल भएको हुनाले हामीले सबै भन्दा ठूलो समस्या सघन उपचार कक्षको लागि फेस गरिरहेका थियौं । विगतमा धेरै विरामीहरु हामीले यहााबाट रेफर गर्नुपरेको थियो । यो सबै सघन उपचार कक्षको प्रयाप्तता नभएर नै थियो । सघन उपचार कक्षको लागि हस्पिटल, स्थानीय जनता र पूर्वाञ्चलकै आवश्यकतालई सर्बैले मनन गरेर २९ वेडको आइसियु (सघन उपचार कक्ष) बनाउनका लागि मन्त्रालयमा गुरु योजना पेश गर्यौं । निर्देशक प्रा.डा सिंन्हा भन्नुहुन्छ यो गुरुयोजना पेश गरेको पनि ७/८ महिना भइसक्यो । त्यो त्यहााबाट एप्रुवल भइसकेपछि बजेट आएर, विल्डिङ्ग बनाएर, इस्टुमेन्ट किनेर सञ्चालन गर्न धरै समय लाग्ने भएकोले भएकै स्रोत, साधनलाई आन्तरिक व्यवस्थापन गरेर इमजेन्सीको अब्जरभेसनलाई आइसियु (सघन उपचार कक्ष) मा कन्भर्ट गरेर हामीले ७ बेडको आइसियुको व्यवस्था गरी विरामी एडमिट गर्न थालिसकेका छौं । उहााले भन्नुभयो पछिका लागि हामीसाग धेरै योजनाहरु छन्, हाललाई यो नै सबैभन्दा ठूलो उपलब्धी हो निर्देशक प्रा.डा. सिन्हाको कथन छ ।
