धरान/सुन्दा पनि धेरैलाई अचम्म लाग्न सक्छ । नेपाल सरकारद्वारा सञ्चालित दर्जनभन्दा बढी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत हालसम्म पूर्वाञ्चलबासीले उपभोग गर्न पाएका छैनन् भन्दा । तर वास्तविकता र यथार्थ यही हो । पूर्वाञ्चलबासीले हालसम्म उपभोग गरेको विद्युत भारतको कटैयाबाट आयात गरेको विद्युत नै हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षभित्र मुलुकलाई लोडसेडिङ्गमुक्त गराउछु भनेर डिङ्ग हााकेका छन् । त्यसभन्दा अगाडि एमाओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुादा दशहजार मेघावाट विद्युत उत्पादन गर्न भनेर मुड्की उज्याएका थिए । तर प्रचण्डको अभिव्यक्ति भाषणमै सीमित भयो भने केपी ओलीको भाषण पनि भाषणमै थन्किने देखिएको छ ।
यसतर्फ सरकारले हालसम्म कुनै ठोस योजना नै अगाडि बढाउन सकेको छैन भने जलविद्युत आयोजनाको लाइसेन्स दलाललाई बेच्ने काम मात्र सरकारले गरिरहेको छ । पूर्वाञ्चल झण्डै ३० बर्षदेखि भारतको विद्युतले धानेको छ । घरेलु तथा औद्यौगिक प्रयोजनका लागि हालसम्म पूर्वाञ्चलबासीले भारतको कटैयाबाट आयात गरिएको विद्युतकै भर पर्नुपरेको छ । हाल भारतको कटौयाबाट १ सय २५ देखि १ सय ३० मेघावाट विद्युत पूर्वाञ्चलमा सप्लाई भइरहेको छ । सिरहाको कमला खोला पूर्वका सबै ठाउा यही विद्युतले धानिरहेको छ । लोडसेडिङ्गका समयमा सरकारले यही कटैयाबाट आयात गरिएको विद्युतमध्ये १९ मेघावाटसम्म विद्युत ढल्केबर सब स्टेशन पुर्याउाछ । नेपाल विद्युत प्राधिकरण ग्रिड शाखा दुहवीका इन्जिनियर रेवतकुमार चौधरी भन्नुहुन्छ खोला नालामा पानीको वहाव कम भएर विद्युत उत्पादन घटेपनि भातरतले आÏनो तिर लोडसेडिङ्ग गरेर भएपनि कटैया पावर हाउसबाट १ सय २५ देखि १ सय ३० मेघाबाट विद्युत सप्लाई दिइरहेको छ । उहाा भन्नुहुन्छ यो विद्युतले पूर्वाञ्चलमा लोडसेडिङ्ग नै हुदैन । यही मान्यता छ नेपाल विद्युत प्राधिकरण धरान शाखाका प्रमुख खिलनाथ अर्यालको । उहाा भन्नुहुन्छ सरकारले काठमाण्डौ लगायतका ठाउाहरुमा ९ घण्टा लोडसेडिङ्ग शुरु गरिसकेको छ । तर पूर्वाञ्चलमा तुरुन्तै लोडसेडिङ्गको सम्भावना छैन । दुहवी गृडका प्रमुख अफताव आलमसाग सम्पर्क राख्दा उहााले कार्यालय बाहिर भएकोले तत्काल विस्तुत जानकारी दिन आफू नसक्ने जानकारी दिनुभयो ।
इन्जिनियर रेवतकुमार चौधरी भन्नुहुन्छ दशै तिहारका समयमा मात्र पूर्वाञ्चलमा नेपालबाट उत्पादन भएको थोरै विद्युत आउाछ । अन्य समय भारतबाटै आउने हो । दुहवीबाट कटैया सम्मको ४३ किमीको दूरीको बीचमा केही ठाउामा चुहावट समेत हुन्छ । तर त्यसले सप्लाइमा कुनै व्यवधान गरेको छैन । यद्यपी पूर्वाञ्चलमा विद्युतको डिमाण्ड धेरै छ । पूर्वाञ्चलमा पिक लोडको डाटा २ सय ५० मेघावाटसम्म रहेको छ । उहाा भन्नुहुन्छ कटौयामा सुपौल र फारवीसगञ्जबाट दुई/दुई वटा १ सय ३२ केभीको सर्किट आउाछ । सिन्क्रोनाइजचाहिा फारविसगञ्जमा गरिन्छ । चौधरी भन्नुहुन्छ, चार वटा लाइनमध्ये एउटा विग्रेमा ८० मेघावाटमात्र सप्लाई हुन्छ ।
