धरान/धार्मिक, दृश्यावलोकन तथा कुनै कुराको जानकारी हाासिल गर्ने उद्देश्यले धरानका केही ट्राभल व्यवसायीहरुले भारतको विभिन्न स्थानमा धरानबाट ठूलो संख्यामा नेपाली पर्यटक लिएर जाने गरेको भएपनि अब भारतबाट समेत ठूलो संख्यामा पर्यटक पूर्वाञ्चल भ्रमणमा आउने भएका छन् ।
विगत केही समय अगाडि सञ्चालनमा आएको अमन टुर्स एण्ड ट्राभल्सले यसको व्यवस्थापन गर्न थालेको छ । अमन टुर्स एण्ड ट्राभल्सका सञ्चालक सत्रुघन अन्सारीले यही मंसिर २९ गते सिक्किमबाट ३० जना भारतीय पर्यटकको टोलीलाई धरान लगायत पूर्वाञ्चलका धार्मिक एवम् यहााका रमणीय स्थलको भ्रमण गराउदै हुनुहुन्छ ।
सिक्किमबाट आउने ३० जनाको भारतीय पर्यटक मंसिर २९ गते इटहरी आइपुग्ने भएको छ । जसमा क्ष्लष्यअिजग त्चबखभकि क्ष्पपष्m का निर्देशक सुरेन प्रधान, सिक्किम नेवा गुठीका महासचिव मणिकुमार प्रधान, उद्योगी, व्यवसायी, प्राध्यापक लगायत रहने छन् । उनीहरुले २९ गते इटहरी नेवार एकता समाजसाग नेवार परम्परा, सास्कृति आदिका विषयमा छलफल गरी धरानको
रत्ना इनमा बस्ने कार्यक्रम तय भएको अमन टुर्स एण्ड ट्राभल्सका सञ्चालक अन्सारीले बताउनुभयो । उहााका अनुसार पौष १ गते धरानका प्रसिद्ध धार्मिक स्थल दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, पञ्चकन्या, बराहक्षेत्रको दर्शन गरिसकेपछि धरानका नेवार एकता समाजका पदाधिकारीसाग वृहत अन्तरक्रिया गर्ने भएका छन् । उहाहरु पौष २ गते चैनपुर पुग्ने र फर्कदा धनकुटा, भेडेटार लगायतका स्थानहरुको भौगोलिक अवस्था बुझ्ने छन् ।
