धरानर डिपो स्कुलको आयोजनामा आयोजित ्१२औ ललित अम्वर डिपो कपको उपाधि एसओएस स्कुल इटहरीले चुमेको छ ।
आइतबार भएको फाइनल खेलमा एसओएसले पूर्व क्षेत्रिय प्रहरी स्कुललाई १–० गोलले पराजीत गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । एसओएसको तर्फवाट खेल शुरु भएको २० औ मिनेटमा सन्देश थापाले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।
अत्यन्तै प्रतिष्पर्धात्मधक सो खेलमा गोल प्रहरी स्कुलका खेलाडीले गोल फर्काउन खोजे पनि अन्तत स् असफल भए र खेल १–० मै टुंगियो । विजेता टिम एसोएसल ट्रफि संगै नगद ७ हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन । दोस्रो हुने प्रहरी विद्यालयले नगद ५ हजार,ट्रफि, प्रमाणपत्र र मेडलमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगितामा उत्कृट खेलाडि एसओएसका आभुसन लम्साल, हाइस्कोरर सन्देस थापा एसओएस, वेस्ट गोलकिपर आयोजक डिपोका निरजसारु मगर, वेस्ट डिफेन्स प्रहरीका आयुस उप्रेति, उदयमान खेलाडि डिपोका विवस श्रेष्ठ र खेलको म्यान अफ द म्याच पुर्व क्षेत्रिय प्रहरीका सुजन राई घोषित भए । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि डिपो स्कुलका पुर्व व्यवस्थापन समितीका अध्यक्ष अम्वरवहादुर लिम्वु, स्कुल व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार लिम्वु, प्रतियोगिता संयोजक भिमराज तुम्वा, प्राचार्य राजकुमार राई लगायतले पुस्कार वितरण गरेका थिए ।
अघिल्लो दिननै सम्पन्न भएको डिपो कपको तेस्रो उपाधिको विजेता आयोजक डिपो स्कुल र प्लेट चयाम्पियनका विजेत भिक्टोरी स्कुल तथा उप विजेता
मेरिल्याण्ड स्कुललाई फाइनलखेलको दिननै पुरस्कार वितरण गरीएको थियो । प्लेट च्याम्पियन विजेत तथा उपविजेताले क्रमश नगद ३ हजार, २ हजार , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
