काठमाडौं/ प्रकाशन भएको एकमहिनामा नै परराष्ट्र मन्त्री
रमेशनाथ पाण्डेको साङ्ग्रिला बुक्सले प्रकाशन गरेको आत्मकथा ‘राजनीति र कुटनीति’को दोस्रो संस्करण बजारमा आएको छ ।
प्रकाशनको पहिलो महिनामै पहिलो संस्करण बिक्री भइसकेको यो पुस्तकले नेपाली पुस्तक बजारमा नयाा कीर्तिमान समेत बनाएको छ ।
राजनीति र कुटनीतिसागै पत्रकारिताको समेत अनुभव सम्हालेका पूर्वमन्त्री पाण्डेले पुस्तकमा ६ दशकको नेपाली
राजनीति र कूटनीतिका क्षेत्रमा लुकेर रहेका सनसनीपूर्ण तथ्य एवं सारयुक्त अनुभवहरु लिपिबद्ध गरेका छन् ।
वि.सं. २००७ सालमा प्रजातन्त्रदेखि ०६४ मा गणतन्त्र घोषणा भएसम्मका राजनीतिक
परिवर्तनको घटनाक्रम र सन्दर्भ यसमा समेटिएको छ । नेपालले सामना र निर्वाह गरेका सकारात्मक र नकारात्मक कुटनीतिक भूमिका र त्यसले नेपाली राजनीतिक विकासक्रममा पारेको दिर्घकालिन प्रभावहरूको व्याख्या यो पुस्तकमा
छ । नेपाली राजनीतिको विकासक्रम र परराष्ट्र नीति बुझ्न चाहनेका लागि पुस्तक सन्दर्भ सामग्री बनेको छ ।
