वार्तामा जिम्मेवार प्रस्ताव चाहियो : यादव

मंसिर १, २०७२( संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्ऽ यादवले वार्ताका लागि सरकारी गम्भीरता नदेखिएको गुनासो गरेका छन् । जति चरणमा वार्ता भए पनि मधेसमा दुई प्रदेशको बटमलाइनबाट पछि नहट्ने उनको भनाइ छ । प्रस्तुत छ राजधानीस्थित पार्टी केन्ऽीय कार्यालयमा उनीसाग भएको कुराकानी :
कांग्रेससहित शीर्ष नेताको सहभागितामा वार्ता हुनुपर्ने माग गर्नुभयो । वार्ता पनि भयो । कुरा किन मिलेन ?
उहााहरूले हाम्रो आन्दोलनको संवेदनशीलता नै बुझ्नुभएन । हाम्रो कुनै नयाा माग छैन । संविधान निर्माण हुनुअघिदेखि नै पहिलेकै सहमति पालनाको माग दोहोर्रुयाइरहेका छौं । कांग्रेस, एमाले, एमाओवादीले सहमति गरेका हुन्, उहााहरूकै रोहवरमा प्रधानमन्त्रीले हस्ताक्षर गरेको विगतको सहमति पालना होस् भन्ने मात्रै हाम्रो भनाइ हो । उहााहरू कार्यान्वयन गर्दिन पनि भन्न नसक्ने, गर्दा पनि नगर्ने । त्यसैले वार्ता नमिलेको हो ।
पूर्व र पश्चिमका दुई जिल्लालाई विवादित जिल्ला घोषणा गरी संघीय आयोगबाट टुंग्याउने, बााकीको सीमांकन हेरफेर गर्ने मध्यमार्गी प्रस्ताव पनि आएको छ नि । के भन्नुहुन्छ ?
त्यो त कुनै जिम्मेवार प्रस्ताव नै भएन । मधेसलाई हिमाल, पहाडसाग जोड्नु भनेको मधेसमै मधेसी जनतालाई अल्पसंख्यक बनाउनु हो । विगतमा मधेसीलाई मधेसबाटै यसरी विस्थापित गर्ने कुशल खेलाडी राजा महेन्ऽ थिए । उनले तराईको जंगल कटाएर मधेसीलाई कमजोर बनाएका थिए । यो प्रस्ताव त्यसैको निरन्तरता हो ।
उत्तर–दक्षिण चिरिएको प्रदेशचाहिा किन हुनै नहुने हो त ?
किनभने त्यसले तराई मधेसको आकांक्षालाई प्रतिनिधित्व गर्दैन । त्यो हामीले उठाउादै आएको मागविरुद्ध हुन्छ ।
उसोभए मिलनविन्दु के हो ?
संघीयताको विषयमा राज्यपुनर्संरचना आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ । अरू विषयमा विगतको आठबुादे सम्झौता, त्यसमा पनि जनसंख्याका आधारमा राजनीतिक प्रतिनिधित्व, निर्वाचन क्षेत्र निर्धारण । दोस्रो माग, सरकारी सेवा, सेना, निजामति, शैक्षिक, न्यायिक सेवामा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्रुयो । अर्को, हाम्रो भाषा, संस्कृति, इतिहासको पहिचान कायम हुनुपर्रुयो । मधेस मात्रै नभई आदिवासी, जनजाति, थारू र अल्पसंख्यकको माग सम्बोधन नगरी राजनीतिक स्थिरताको खोजी गर्न सकिन्न भन्ने हाम्रो भनाइ हो ।
प्रतिपक्षी कांग्रेससाग तपाईंहरूको निकटता बढ्न थालेको हो ?
टाढा पनि छैनौं, निकट पनि
छैनौं । मुद्दाका आधारमा एमाओवादी, एमालेसाग पनि निकट भएकै हो । कहिलेचाहिा सबैसाग टाढा पनि भएकै हो । उहााहरू हाम्रो मुद्दासाग नजिक हुादा हामी नजिक हुने हो, नत्र टाढा ।
नाकाबन्दी कहिले खुल्छ ?
त्यो नाकाबन्दी भन्ने शब्द
मिलेन । सीमानाकामा धर्ना, अवरोध हो
ठीकै छ, सीमानाकामा धर्ना कहिले खुल्छ ?
जबसम्म मधेसका मुद्दा सम्बोधन हुादैन, तबसम्म आन्दोलन जारी रहन्छ । आन्दोलन चलुन्जेल सीमानाका ठप्पै हुन्छ ।
देशले यतिका दुस्ख पाइसक्यो । आन्दोलनको स्वरूप बदल्ने बेला भएन ?
डेढ महिनासम्म हामीले स्वरूप बदलेकै हो नि । त्यो बेला राज्यले नसुन्ने । उल्टै ४८ जना मारिए । त्यसैले असहयोग आन्दोलन गर्न हामी बाध्य भयौं । विगतको सम्झौता कार्यान्वयन होओस् न, हामी सबै अवरोध हटाउाछौं । यो राजनीतिक संकट पनि हट्छ ।
तर, अहिलेको संकट राजनीतिकभन्दा पनि मानवीय संकट भएन र ?
निश्चित रूपमा पहाडका जनताले दुस्ख पाउनुभएको छ । उपत्यकामा पनि पीडा छ । हामी पनि यसमा औधी दुस्खी छौं । तर, मधेसमा त मान्छे मरिराखेका छन् नि । यसमा पनि त सबैको आवाज उठ्नुपर्‍यो । त्यसकारण यस समस्याको समाधान तुरुन्तै होस ।
अंगीकृत नागरिकलाई राष्ट्रको उच्च पद चाहियो भन्नेजस्ता माग पनि छन् त्यसले कसरी समाधान हुन्छ ?
त्यो हाम्रो मागै होइन । न मोर्चाको माग हो, न हाम्रो पार्टीको ।
मोर्चाकै नेताको मुखबाट कसरी आयो त यो माग ?
कसैलाई व्यक्तिगत रूपमा उठाउन मन लाग्यो होला । त्यो अलग कुरा हो । तर, मोर्चाको माग होइन, हुादैन पनि । हाम्रो न त विगतमा यस्तो माग थियो, न त २२ बुादे र आठबुादे सहमतिमा छ । न त पछि नै हुन्छ । हाम्रो एजेन्डामा यस्तो माग पर्दैन ।
अबको वार्ता कसरी अघि बढ्छ ?
हाम्रो माग सम्बोधन हुने भए वार्ता नगरे पनि हुन्छ । विगतको सम्झौता कार्यान्वयन हुनुपर्रुयो । विशेषगरी सीमांकनमा मधेसको चासो सम्बोधन हुनुपर्‍यो ।
तर, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू र मन्त्री मात्रै नभई विपक्षी कांग्रेससमेत समथर भूभाग मधेस एक्लैलाई छाड्न सकिन्न भनिरहनुभएकै छ ?
त्यो मधेसका जनताले निर्णय गर्ने कुरा हो । केही नेताको जमिनदारीभित्रको कुरा होइन

तपाईको प्रतिक्रिया