एन्फा अध्यक्ष थापालाई १० बर्षको प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष गणेश थापाले फिफाले आफूलाई न्याय नगरेको प्रतिक्रिया दिएका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई निर्दोष सावित गर्नका लागि लड्ने उद्घोष पनि गरेका छन् । ‘मैले आज बिहान फिफाको अनुसाशन कमिटीले मलाई १० वर्षका लागि फुटबलबाट प्रतिवन्ध लगाएको जानकारी पाएा । म एकदमै निराश छु र मलाई यसमा न्याय भएको जस्तो लाग्दैन’ जारीले भनेका छन् ।
आफूले विगत चार वर्षदेखि फिफाले गर्दै आएका अनुसन्धानमा पूर्ण रुपले सहयोग गरेको उल्लेख गर्दै थापाले यो निर्णयका पछाडिका कारणहरुको विस्तृत विवरण माग्ने उल्लेख गरे ।
‘सबै विवरण प्राप्त भएपछि आफूलाई निर्दोष सावित गर्नका लागि म फिफाका आवश्यक प्रक्रियाहरु अनुशरण गर्नेछु’ उनले भनेका छन्(‘आवश्यक पर्रुयो मुद्दा पनि हाल्ने छु ।’ अनलाइन खबरसितको कुराकानीमा थापाले यस विषयमा आफूले अहिले धेरै बोल्न नमिल्ने बताए ।

तपाईको प्रतिक्रिया