कमिशनको खेल
विराट आयलमा लगानी गरेका नेपाल आयल निगमक कार्यकारी निर्देशक गोपालबहादुर खड्का यतिबेला तेलको कालो बजारीमा ज्यान फालेर लागेका छन् । अस्तिका दिन त खड्काले रुमालले थुतुनो छोपेर पत्रकार सम्मेलन गरेरै भने भारतबाट उक थोपा तेल आएको छैन । निगमकै विवरणमा १८ प्रतिशत तेल भारतबाटै आइरहेको देखाइएको छ । विराट आयललाई मनखुशी १९९ रुपैयाामा तेल ल्याउन खड्काले ठेक्का दिएसी’ सरकारबाहेक सबैले तिन्को उद्धित्तो काढे । भन्नन पनि कसरी सक्या होलान् संकटका बेला कमिशनको खेल त भइहाल्छ नि । विराटलाई ठेक्का दिएर अरबौ कमशन कुम्ल्याउन खड्ककाको योजनाले हावा खाएसी’ अहिले ती दिउासै बर्बराउन थाल्या छन् । खड्का बर्बराउनु कमिशनकै तोड हो भन्ने कस्ले बुझ्या छैनन् र ? यत्रो खेल हुादा नि पर्धानमन्तरी खप्रओ थुचुनो नउघार्नु अर्को आठौ आश्चर्य हो । हुन त अप्रओ पनि िके बोलुन कमिशन उन्को वालकोटको ढोकाबाट पनि आठौ आश्चर्य हो । हुन त अप्रओ पनि के बालुन कमिशन उन्को बालकोटको ढोकाबाट पनि भिभत्र छिर्नेै वाला थियो । आखिरी संकटकाल हो कमिशनको खेल त भैहाल्छ नि । कि कसो हौ ?
प्रचण्डाउको गुप्तबास
एमाउवादीका अध्येक्षे प्रचण्डाउ आÏनीलाई लिएर सिन्धुपाल्चोकतिर गुप्तबास गा’छन् रे । प्रचण्डाउलाई गुप्तबास नै बस्नुपर्ने के यस्तो परेछ कुन्नि । हुन त मनको वह कर्सलाई नकह भन्छन् । प्रचण्डाउ पनि गूपतबास कसैलाई नकहीकन गा’का होलान् । प्रचण्डाउ टेन्सिन भएरै गुप्तबास गा’ होलान् । पछिल्लो पटक बाउरामले उन्लाई साह्रै ठूलो टेन्सिन दिए । उन्ले पार्टीमात्र छोडेर हिडेनन् आधाउधी कार्जेकर्ता खल्यात खुलुत लगिदिए । गुप्तबास जानु अगाडि उन्ले भनेका थे त्यो बाुराम भन्ने जन्तुलाई अचेट्नै गाह्रो । २५ बर्षसम्म आफूले अचेटे पनि अब राज्यले अचेट्छ । त्यसभनदा अगाडि वैधाउले बूढीऔाला देखाए गए, मातृका चोरी औला देखाएर गए, मणि थापाहरुले सक्तो सराप गर्दै गए । यत्रो टेन्सिन भएसी प्रचण्डाउ गुप्तबासमा नगएर खुल्ला ठाममा कसरी जान सक्छन् ?
फुइयाँ हुन्छ ?
हाम्रा गठ्ठे काकाले यसपालिको दशैमा आफ्ना पिलन्धरे छोरालाई टिका लगाउदा आर्शीवाद दिए धेरै पढेस तर बाउराम जस्तो चाहिा नभएस् है । घण्टाघरले मनमनै सोच्यो हैन हौ यी गठ्ठे काकाकले के आर्शीवाद द्या होलान् पिलन्धरेलाई । तर एक मनले भन्यो मान्छे गठ्ठे भएनी बुछिमान रहेछन् । अस्तिका दिन भट्टराईले अपाmूले गठन गरेको नयाा शक्तिले ३५ बर्षमा देशलाई विकसित स्तरमा पुर्याउन भन्नुर काकाले दिएको आर्शीवादले मेल खाएपछि घण्टाघर दंगदाश भएको छ । दश बर्षमा ५० बर्षसम्म उठ्न नसक्ने अवस्थामा मुलुकलाई पुर्याएका मुरख विद्वान बाउरामले ३५ बर्षसम्मा त नक्सैबाट गायव बनाइदिेलान् जस्तो छ । नयाा बोतलमा पुरानो रक्सी खालेर यतिबेला नयाा शक्तिको दुहार्य दिादै हिड्ेका बाउरामले फेरि कति विझाइ गर्ने हुन् ? अन्तका कम्युनिस्ट थोरै भाषन गर्छन् अनि काम ज्यादा गर्दछन्, यहााका कम्युनिस्ट भाषण ज्यादा गर्छन् कामचाहिा भुत्लोभाङ्ग गर्दैनन् । अनि फुइय्याा हुन्छ ?
साखुल्ले प्रचण्डाउ
जता मल्खु उतै ढल्काु स्वभावका प्चण्डाउले अस्तिका दिन मधेशवादी दलहरुलाई दह्रोसाग उचालेछन् । कुम हल्लाई हल्लाई अरुलाई उचाल्न त प्रचण्डाउलाई कसले भेट्न्े ? मधेशवादी दलहरुसाग गएर उन्ले भनेछन् म तपाईहरुकै पक्षेमा छु ।दुई प्रदेश मधेश हुनैपर्छ भन्दै उनी मधेशवादी दलका अगडि साखुल्ले बनेछन् । मधेशमा दुई प्रदेशमात्रै हुनुपर्छ भन्दै तीन महिना अगाडिदेखि आन्दोलन गदर् ै हाएका मधेशीहरुको कटर विरोधी खप्रओ नै भएकोसम्म भन्न प्रचण्डाउले भ्याएछन् । अप्रओसाग चोचोमोचो गरेर, खप्रओको राजकानी कन्याएर आफ्नो ८ जना लाउकेहरुलाई मन्त्री मण्डलमा भर्ना गर्न भ्याएका प्रचण्डाउले अब फेरि कस्तो खेल खेल्ने हुन् कुन्नि ? आखिरी खेलाडी नम्बर वान न ठहरिएन । खेल नखेली यी त्यसै चूपचाप बस्न सक्दैनन् । हेरौ यिन्को खेलको अगाामी रुप कस्तो हुन्छ ?
भकभके बोले
मधेश आन्दोलनका बारेमा तीन महिनादेचि चाइाचुइा नबोली आरजुको आज्ञाकारी भएर बूढानिलकण्ठतिरै गुप्तबास बसेका नेप्लीज लााग्रेसका नेता शेरबहादुर देउवाले अस्तिका दिन थुचुनो खोलेका छन् । भक्तपुरतिरका ज्यापुहरुले तिहारको शुभकामना आदान पप्रदानमा बोलाएसी’ बूढी बाख्राको जस्तै खुट्टो बंग्याउदै र नाक कोट्याउदै पुगेका शेरको नभएर स्यालको जस्तो स्वभाव भएका देउवाले भनेछन् नाकाबन्दीलाई सहयोग पुग्ने गरी मधेशमा भएको आन्दोलनले कसैको भलो गर्दैन । हैन हौ शनिवार दिव्यज्ञान नै प्राप्त भएछ कि क्या हो देउवालाई हा ? यस भनदा अगाडि यिन्ले थुतुनो खोलेकै थिएनन् । पक्कै पनि यिन्लार्य आरजुले चुल्होमा ग्याास सिद्धियो भनेर कचकच गर्या हुनुपर्छ ।
सिध्याउने भए
नेपालमा हिजो जंगलमा बसेर आन्दोलन गर्नेहले नै जंगल सिध्याउने छााटकाट देखिन थाल्या छ । अब हेरौा न भारतले नाकाबन्ी लगायो भनेर यतिका दिनसम्म आाखाबन्दीर र नाक बन्दी गरेर बसेको अप्रओको सरकारले काठमाण्डौका जनतालार्य खाना पकाउन दाउरा बेच्ने काम शुरु गरेछ । के निहुा पाउा कनिका बुक्याउ भन्ने दाउमा बसेका माउवादीका वनमन्त्री यतिबेला गजक्क पर्या छन् । उहिताको छेरोटी लाग्या वन अब माउवादीका भाते कार्जेकर्ताहरुको रैदलो हुने पक्का भएको छ । अब माउवादीका कार्जेकर्ताहरुले दह्रो काम पाउने भएका छन् । ट्रकका ट्रक काठ राजधानी भित्र्यायो मा आर्जन गर्यो । भगवान चचाहे तो छप्पर फारके देता है भन्या यही हो । अब अरु दलका कार्जेकर्ता पनि सिजनल रुपमै भएपनि माउवादीमा प्रवेश गरेर दाउराको व्यापारतिर लागे वेश । कि कसो हौ ?
नागरिक अगुवाको खोजी
उकताका देशमा छिस्रिस्क्क हुादा नागरिक अगुवा हौ भन्दै सडकमा धर्ना दिनेहरु हिजोआज कता मुन्टिए कुन्नि । २०४६ र २०६२ सालको
आन्दोलनमा यिन्ले कस्ता उत्पादत मच्चाएका थिएनन् । हिजोआज यिन्का थोपडा बत्ती बालेर खोज्दा पनि भेटिन छाडेका छन् । घण्टाघरले विगत तीन महिनादेखि नागरिक अगुवाहरुको खोज्ी गर्न थाल्य हो । हुन त माछो देखे दुलामा हात सर्प देखे दुलाबाहिर हात राख्नेहरु नै नागरिक अगुवा हुन् भन्थे हो कि क्या हो ।यत्रो हाहाकार मच्चिाएको छ, जताततै अराजकताको खेती शुरु भएको छ, अप्रओको सरकार वाल्वाटाराा उत्तानोटाङ्ग लगाएर बस्या छ । तर हिजोका न ागरिक अ नुवाहरु चाइाचुइा बोल्दैनन् । शायद खप्रओको सरकारले चास्नी चटाइद्या होला ।
अन्तेमा
यसपटकको देउसीले चौपट्टै
गरेछ । रातभरि देउसी खेलेर युवायुवती हिडेपछि औषधि पसलेहरु मालामाल भए रे । घण्टाघर त एकछिन अलमलमा पर्यो । युवायुवतीले देउसी खेल्दा औषधि पसले कसरी मालामाल भए छ ? यो घण्टाघरको बुद्धि पनि कहिलेकाही पछिल्तिर हुन्छ कि क्या हो । जाबो त्यति कुरा बुझ्न नसक्ने । भए छ के भने देउसी खेल्द ै रात विरात हिाड्ने युवा युवतीदेिउसीमात्र खेलेर नभइए लठारिदै हिडेपछि कार्तिके भुस्याहा जस्तै भैगए । परेन फसाद ? त्यसपछि व्याकुल भएर पसल पसलमा ७२ घण्टे खोजदै हिडेछन् । अब देउसी भैलो खैलनेले ७२ घण्टे र किड्स खोजेर खरिद गरेसी औषधि पसले मालामाल भएनन् त ?
