तेस्रो बराह गोल्डपकको फाइनलमा एभरेष्ट

गोविन्द बस्नेत
धरान, १७ कार्तिक : तेस्रो बराह गोल्डको फाइनलमा एभरेष्ट फुटबल क्लब पुगेको छ ।
आज भएको पहिलो सेमी फाइनल खेलमा एभरेष्टले न्यू त्रिजुगा स्पोर्टिङ्ग क्लबलाई २ का विरुद्ध ३ गोल गर्दै आफ्नो फाइनल यात्रा सुरक्षित गरेको हो ।
खेलको ६ मिनेटमै एभरेष्टका तर्फबाट निशान लिम्बुले खाता खोलेका थिए । त्यसपछि खेलको १३ औ मिनेटमा रोशन भुजेलले १ गोल थपेका थिए भने ५१ औ मिनेटमा पुन : निशान लिम्बुले अर्को गोल थपी खेलको म्यान अफ द म्याचको उपाधी पाएका थिए ।
यता त्रिजुगाको तर्फबाट खेलको ३० मिनेटमा भुसन सुब्बा र ५९ मिनेटमा देवु लामाले मात्र गोल गर्न सफल भएका थिए ।
भोलिको खेल आयोजक बराह ११ र विर्तामोड स्र्पोटिङ क्लब झापाबीच हुने आयोजकले जानकारी दिएको छ ।
कार्तिक १३ गतेदेखि सञ्चालित सो प्रतियोगितामा मोफसलका ८ वटा टिमले भाग लिएका थिए । भोलिको सेमी फाइनल खेलको विजेताले कार्तिक २० गते एभरेष्टसंग फाइनले खेल्ने छ ।
विजेताले ८५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सदस्य भीम विष्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया